मोदी सरकारद्वारा कश्मिरका दुई पुर्व मुख्यमन्त्रीहरु नजरबन्दमा
प्रकाशित मिति : २०७६, २० श्रावण सोमबार १०:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नयाँ दिल्ली ।भारतको कश्मिर राज्यका दुई पूर्व मुख्यमन्त्रीहरु नजरबन्दमा परेका छन् ।मोदी सरकारले कश्मिरमा फोन र इन्टरनेट समेेेत बन्द गरिदिएको छ भने राज्यका दुई पूर्व मुख्यमन्त्रीहरुलाई घरमै नजरबन्दमा राखेको छ।
Advertisement
पुर्व मुख्यमन्त्रीहरु ओमार अब्दुल्लाह र मेहबुबा मुफ्तीलाई उनीहरुको घरमै गए रातिदेखि नजरबन्दमा राखिएको छ।
प्रमुख प्रतिपक्षी दल कंग्रेस आई र कम्युनिष्ट पार्टीका केहि नेतालाई पनि गिरफ्तार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
भारतीय कश्मिर सहरका धेरैजसो ठाँउमा ल्याण्डलाइन फोन, मोवाइल र इन्टरनेट पनि काटिएको जनाएको छ।श्रीनगर जिल्लाभरीनै सेना र सुरक्षा फौजको गस्ती बढाइएको छ भने सबै शैक्षिक संस्थाहरु बन्द गरिएको छ। कश्मिरमा कर्फ्यु घोषणा नगरिएपनि कुनै पनि प्रकारको भेला तथा र्याली गर्न प्रतिबन्ध लगाइएको छ।केन्द्र सरकारले यस अघिनै कश्मिरमा रहेका पर्यटक र पाहुनाहरुलाई श्रीनगर छाडेर फर्किन सुचना जारी गरेको थियो।