विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु

ब्राजिल कोपा अमेरिका कप २०१९ को फाइनलमा

नेपालगन्ज ।आयोजक  ब्राजिल कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ।बुधबार विहान भएको खेलमा घरेलु मैदानमा  ब्राजिलले अर्जेन्टिनालाई २-० गोलले पराजित गर्दै फाइनलमा पुगेको हो। ब्राजिलका लागि  रोबर्टो फिरमिनो र ग्राबियल जेससले गोल गरे।१९ औं मिनेटमा जेससले गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए। खेलको ७१ औं मिनेटमा फिरमिनोले ब्राजिलको अग्रता दोब्बर पारे। योसँगै विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको देशका लागि उपाधि जित्ने लक्ष्यमा फेरि धक्का लागेको छ।अब उपाधिका लागि ब्राजिलले बिहीबार...

मुम्बईमा बर्षाले गर्दा पर्खाल भत्किएपछि १८ जनाको ज्यान गयो

मुम्बई ।भारतको मुम्बईमा बर्षाले गर्दा पर्खाल भत्किए पछि १८ जनाको ज्यान गएको छ। ६ जना घाइते भएका छन्।मंगलबार बिहान देखि आएको अविरल वर्षाका कारण पर्खाल भत्किएको भारतीय समाचार एजेन्सीले जनाएका छन् । ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ लाख क्षतिपूर्ति दिने मुख्यमन्त्री देवेन्द्र फदनाभीसले बताए।बिहानदेखिको भारी वर्षाले मुम्बईबाट मादगाउँ जाने रेलवेसमेत अवरूद्ध भएको छ। मुम्बईका लागि उडेका ५५ हवाई जहाजहरूलाई अन्तै पठाइएको छ भने ५२ उडानहरू रद्द गरिएको छ।शुक्रबारसम्म वर्षा जारी रहने विभागले जनाएको ...

अफगानस्थानमा सोमबार बिहान बम विस्फोट हुँदा ३४ भन्दा बढीको मृत्यु

काबुल ।अफगानस्थानमा सोमबार  बिहान तालिवानीले समुहले बम विस्फोट गराएको छ। शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको ज्यान गएको अफगानी समाचार एजेन्सीहरुले जनाएका छन् । कम्तीमा ६० जना बढी  घाइते भएका छन् । विस्फोटक पदार्थ बोकेको एक कार राजधानी काबुलमा विस्फोटन भएको हो । विस्फोटमा घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ । तालिवानी समुहले घटनाको जिम्मेवारी लिँदै अफगान सैनिकलाई लक्षित गरेर आक्रमण गरेको बताएको छ ।...

जारी विश्वकप क्रिकेटमा भारतलाई पहिलो झट्का, इंग्ल्याण्ड संग पराजित

नेपालगन्ज । जारी विश्वकप क्रिकेटमा भारतलाई पहिलो झट्का लागेको छ।अपराजित रहेको भारतलाई आयोजक इंग्ल्याण्डले हारको  स्वाद चखाएको । आइतबार राति भएको भएको खेलमा इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा छ ।इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो । उसका लागि जोनी बेयरस्टोले १११ रन...

दक्षिण अफ्रिकालाई पराजित गर्दै पाकिस्तानले आफ्नो सम्भावना जिबित बनायो

नेपालगन्ज । पकिस्तानले आफ्नो सम्भावनालाई अझै जिबितनै राखेको छ। पाकिस्तान आइतबार राती दक्षिण अफ्रिकालाई पराजित गरेको छ।पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिएको छ । लर्ड्समा आइतबार राति सम्पन्न खेलमा पाकिस्तानसँग दक्षिण अफ्रिका ४९ रनले परा । पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिएको छ । लर्ड्समा आइतबार राति सम्पन्न खेलमा पाकिस्तानसँग दक्षिण अफ्रिका ४९ रनले पराजित भएको हो । आफ्नो पाँचौं खेलमा हार ब्यहोरेसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ...

कोपनहेगनमा शुरु भयो कांग्रेस जनसम्पर्क समितिको विश्व भेला

यूरोप ।डेनमार्कको कोपनहेगनमा कांग्रेसका ३३ वटै जनसम्पर्क समितिमा आबद्ध नेता कार्यकर्ताका लागि विश्व भेला एवं प्रशिक्षण कार्यक्रम सुरु भएको छ । शुक्रबार राति उद्घाटन भएको कार्यक्रम लगातार तीन दिनसम्म चल्नेछ । कार्यक्रमका लागि नेपालबाट झन्डै दुई दर्जन कांग्रेस नेताहरू कोपनहेगन पुगिसकेका छन् । कार्यक्रमको उद्घाटन कांग्रेस उपसभापति विमलेन्द्र निधिले गरेका छन् । निधिसहित कांग्रेस महामन्त्री डा.शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरू डा. मीनेन्द्र रिजाल, भीष्मराज आङ्देम्बे, धनराज गुरुङसहितका नेता सहभागी...

ड्रोन खसालेर इरानले भयङ्कर गल्ती गर्‍यो: ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले भयङ्कर गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन्। उनले ड्रोन खसाल्ने काम शायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको हुन सक्ने सङ्केत गरे। मानवरहित उक्त ड्रोन विमान आफ्नो हवाई क्षेत्रमा आएकाले खसालिएको इरानको भनाइ छ। उसले सो ड्रोनका टुक्रा आफ्नो समुद्री क्षेत्रबाट बटुलेको पनि बताएको छ। तेहरानले भनेको छ उक्त अमेरिकी ड्रोन आफ्नो हवाई क्षेत्रमा घुसेकाले उसले जानाजान नै त्यसलाई खसालिदिएको...

अमेरिकाले अर्को सातादेखि गैरकानुनी आप्रवासीलाई देश निकाला गर्दै

वासिङ्टन ।अमेरिका गैरकानुनी रुपमा बसेका आप्रवासीमाथी कडा रुपले प्रस्तुत हुने भएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गरिने बताएका छन्। मंगलबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले अध्यागमन र भन्सार कार्यान्वयन गर्ने एजेन्सीका अधिकारीहरूले अर्को सातादेखि आप्रवासी हटाउन थाल्ने बताएका छन्। ‘जतिसक्दो चाँडो उनीहरूलाई हटाइनेछ,’ ट्रम्पले लेखेका छन्। उनले गैरकानुनी आप्रवासी रोक्न छिमेकी मेक्सिकोले गरिरहेको कडाइको पनि तारिफ गरेका छन्। एक महिनाअघि भएको वार्तामा मेक्सिकोले मध्यअमेरिका हुँदै अमेरिका...

ओमनको खाडीमा दुई पानीजहाजमाथि आक्रमण

मध्यपूर्वमा अस्थीरता बढ्ने संकेत देखिरहेका बेला ओमनको खाडीमा दुई मालवाहक पानीजहाजलाई लक्षित गरी आक्रमण भएको छ । हर्मुजको स्ट्रेटनजिक तेल बोक्ने दुई पानीजहाजलाई लक्षित गरी आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणपछि पानीजहाजका चालक दलका सदस्यलाई सुुरक्षित स्थानतर्फ लगिएको जनाइएको छ । आक्रमणमा परेका पानीजहाजमा फ्रन्ट अल्टेइर नामक मार्शल टापुको ध्वजावाहक र अर्को कोकुका करिजियस नामक पानामाको ध्वजावाहक पानीजहाज रहेको जनाइएको छ । दुबै पानीजहाजका चालकदलका सदस्य सुरक्षित छन् । आक्रमणमा...

नेदरल्यान्डस नेसन्स लिग फुटबलमा इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा 

नेदरल्यान्डस नेसन्स लिग फुटबलमा इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको छ। नेदरल्यान्डले अब उपाधिका लागि पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार राति भएको खेलमा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयसम्म दुवैै टिमले १–१ गोलको बराबरी खेलेपछि अतिरिक्त समय थप गरिएको थियो। अतिरिक्त समयमा नेदरल्यान्ड्सले थप दुई गोल गर्न सफल भयो ।३२ औ मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्ममा १–० गोलको अग्रता...