विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु
हुम्ला।एक जना चिनियाँ महिलाको हत्यापछि चीनले हुम्लाका स्थानीयलाई चीन प्रवेशमा कडाइ गरेको छ। हुम्लाबाट तिब्बतको ताक्लाकोट नेपाली कामदारमाथि चिनियाँ प्रहरीले धरपकड गरी फिर्ता पठाइदिएको छ। हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जेठ पहिलो साता ताक्लाकोटमा काम गर्न गएका सर्केगाड गाउँपालिका, सर्कीदेउका तिर्थ खडेरालाई चिनियाँ महिलाको हत्या आरोपमा पक्राउ गरिएको थियो। ‘बैंक जान लागेकी महिलालाई रडले हानेर मारेकाले समातेका हौं। उनलाई थप अनुसन्धानका लागि ल्हासा लैजाँदैछौं भनेका थिए,’ सहायक प्रजिअ पोखरेलले ...
दुर्गा खनाल, काठमाडौँ : २०७२ असोज ३ गते संविधान जारी गर्ने मिति तय भएपछि असोज १ गते प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर काठमाडौं उत्रेका थिए, तत्कालीन भारतीय विदेश सचिव एस जयशंकर । झन्डै चौबीस घण्टा काठमाडौं बस्दा उनले नेपाली नेताहरूसँग जसरी व्यवहार गरे त्यसबारे राजनीतिक वृत्तमा सुमधुर सम्झना छैन । उनी फर्किनासाथ नेपालमा संविधान घोषणा भयो, लगत्तै भारतले अघोषित नाकाबन्दी लगायो । तिनै तत्कालीन विदेश सचिव जयशंकर पुनः निर्वाचित मोदी सरकारका विदेशमन्त्री बनेका...
नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतबाट निम्तो आएको छ। नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा भारतबाट प्रधानमन्त्री ओलीलाई बोलाइएको हो। बिहिबार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका हुन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओली जेठ १६ गते दिल्ली जानेछन् । सोही दिन मोदीको सपथग्रहण छ । ओली सपथग्रहण र मोदीसँग द्विपक्षीय वार्तापछि जेठ १७ गते नै स्वदेश फर्किनेछन् । मोदीको सपथग्रहण समारोहमा विमस्टेक...
नेपालगन्ज ।उत्तरी ब्राजिलको कारागारमा कम्तीमा ४२ कैदी मृत भेटिएका छन् । अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन् । ब्राजिलका सरकारी अधिकारीहरुका अनुसार, अमेजन राज्यको राजधानी मानसस्थित ४ वटा कारागारमा गरिएका निरीक्षणका क्रममा कैदीहरु मृत भेटिएका हुन् ।अक्सिजन अभावले श्वासप्रश्वासमा अवरोध भई कैदीहरुको ज्यान गएको अमेजन राज्यको प्रिजन एजेन्सीले जनाएको छ । घटनापछि यसबारे सरकारी अधिकारीहरुले छानबिन थालेको बताइएको...
काठमाडौं । बेलायतकी प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले ७ जुनमा कन्जÞर्भे्टिभ पार्टीको नेताको पदबाट पनि राजीनामा दिने भएकी छन्। अर्को प्रधानमन्त्रीको टुंगो नलागुन्जेल भने उनी यथावत रहनेछिन्। आज लन्डनस्थित डाउनिङ स्ट्रिटमा भावुक भाषण गर्दै उनले आफ्नो कार्यकालमा युरोपेली युनियनबाट बाहिरिने सम्बन्धमा सन् २०१६ मा भएको जनमतसंग्रहअनुसार आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्न सकेको दाबी गरेकी छिन्। तर, युरोपेली युनियनबाट बाहिरिने सम्झौता (ब्रेक्जिट)लाई भने कार्यान्वयनमा ल्याउन नसकेकोमा गहिरो...
नेपालगन्ज । मुम्बई ईन्डियन्स आईपीएल क्रिकेटको सबैभन्दा बढी पटकको बिजेता बनेको छ।आईपीएल क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा चेन्नाई सुपर किंग्सलाई १ रनले स्तब्ध पार्दै मुम्बईले चौथो पटक आईपीएलको उपाधि उचालेको हो । हैदरावादको राजीव गान्धी स्टेडियममा पहिले टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनको योगफल बनाएको थियो । १५० रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २०...
विवाह भएको ११ महिनामा बेलायती मेगनले छोरालाई उनीहरूको पहिलो बच्चा छोरा जन्मिएको छ।राजकुमार ह्यारीले आफूहरू दुवैजना एकदमै खुसी भएको भन्दै मेगन गर्भवती हुँदा सर्वसाधारणले देखाएको समर्थनका लागि धन्यवाद दिएका छन्। उनले मेगन मार्कल र बच्चा राम्रो स्वस्थ्य अवस्थामा भएको बताएका छन्।उनले नवजात शिशुको नामबारे अझै पनि सोचिरहेको बताएका छन्। स्थानीय समय अनुसार बच्चाको जन्म ५ बजेर २६ मिनेटमा सोमवार भएको हो।बकिङ्घम राजदरबारका अनुसार बच्चाको तौल ३ दशमलव २ किलोग्राम रहेको छ...
नेपालगन्ज । २३ जना नेपाली युवतीहरुको भारतबाट उद्धार गरिएको छ।वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट बिहीबार उद्धार गरिएको छ । भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरुलाई बिहान १०ः३० बजे काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा राखिएको झापाका प्रजिअ जनकराज दाहालले बताउनुभयो । म्यानमारसँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फाईबाट ती महिलालाई उद्धार गरिएको थियो । केही महिनाअघि म्यानमारसँग...
मस्को : एक रुसी यात्री विमानमा आगो लाग्दा कम्तिमा पनि ४१ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार यात्रु बोकेको विमानमा आगो लागेपछि मस्को स्थित विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो । विमानमा कुल ७८ यात्रु सावर थिए जसमध्ये ३७ जनामात्र जीवित बचेको प्रमुख जाँचकर्ताले जानकारी दिएका छन् । रुसी सरकारी सञ्चारमाध्यमहरुले दुर्घटनामा ४१ जनाको ज्यान गएको सरकारी अधिकारीलाई उदृत गर्दै लेखेका छन् । रुसको सरकारी विमान कम्पनी ‘एयरोफ्लोट’ का अनुसार विमान देखिएको समस्या...
नेपालगन्ज ।बाँके र भारतको बहराइच जिल्लाका सीमामा नेपाली र भारतिय सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेका छन् ।भारतमा हुन लागेको लोकसभा निर्वाचन तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल भारत सीमा क्षेत्रको दशगजामा दुईदेशका सुरक्षा निकायले संयुक्त गस्ती गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाह र भारतीय सशस्त्र सीमा सुरक्षा बल( एसएसबि) बटालियन नंम्बर ४२ को कम्पनी ई मुन्सीपुरवाका कम्पनी कमाण्डर...