जारी विश्वकप क्रिकेटमा भारतलाई पहिलो झट्का, इंग्ल्याण्ड संग पराजित
प्रकाशित मिति : २०७६, १६ असार सोमबार ०८:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । जारी विश्वकप क्रिकेटमा भारतलाई पहिलो झट्का लागेको छ।अपराजित रहेको भारतलाई आयोजक इंग्ल्याण्डले हारको स्वाद चखाएको । आइतबार राति भएको भएको खेलमा इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ ।
Advertisement
यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा छ ।इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो । उसका लागि जोनी बेयरस्टोले १११ रन योगदान गरे । उनी म्यान अफ द म्याच भए ।
यस्तै बेन स्टोक्सले ७९ र जो रुटले ४४ रन बनाए । बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिए ।
३३८ रनको लक्ष्य पछ्याएको भारतले ५ विकेट गुमाउँदै ३०६ रन मात्र बनाउन सक्यो । भारतका लागि रोहित शर्माले १०२ र बिराट कोहलीले ६६ रन योगदान गरे । कप्तान बिराट कोहली र रोहित शर्माले दोस्रो विकेटका लागि १३८ रनको साझेदारी गरे ।
रोहित शर्मा । फोटो स् आईसीसी
त्यसपछि ऋषभ पन्तले ३२, हार्दिक पाण्ड्याले ४५ र महेन्द्र सिंह धोनीले ४२ रन बनाए । इंग्ल्याण्डका लागि लियाम प्लंकेटले ३ र क्रिस वोक्सले दुई विकेट लिए ।
इंग्ल्याण्डको ब्याटिङ जबर्जस्त थियो । जेसन राय र जोनी बेयरस्टोले पहिलो विकेटका लागि २२ ओभरमा १६० रनको साझेदारी गरे । त्यसपछि जोय रुटले पनि ४४ रन जोड्दै इंग्ल्याण्डलाई मजबुत स्थितिमा पुर्याए । इंग्ल्याण्डको स्कोर २०५ हुँदा बेयरस्टो आउट भए ।
त्यसपछि कप्तान इयान मोर्गनलाई पनि मोहम्मद शमीले पेभिलियन फर्काएर भारतीय टिमलाई खेलमा फर्काएका थिए । तर बेन स्टोक्सले ७९ रनको अर्धशतकीय पारी खेल्दै इंग्ल्याण्डलाई सात विकेटको क्षतिमा ३३७ रनको विशाल स्कोरमा पुर्याए ।
इंग्ल्याण्डलाई विश्वकपमा सन् १९९२ पछि भारतविरुद्ध पहिलो जित मिलेको हो । जारी विश्वकपमा भारतको भने यो पहिलो हार हो। अब सेमिफाइनलमा पुग्नका लागि इंग्ल्याण्डले ३ जुलाईको खेलमा न्युजिल्याण्डलाई हराउनु पर्नेछ ।
यदि इंग्ल्याण्डविरुद्धको खेलमा भारत विजयी भएको भए अष्ट्रेलियापछि सेमिफाइनलमा पुग्ने दोस्रो टिम बन्थ्यो । तर, अब उसले अर्को खेल कुर्नुपर्ने छ । भारतको आगामी प्रतिस्पर्धा २ जुलाईमा बंगलादेशविरुद्ध छ ।अहिले सम्म अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेको छ भने भारत दोश्रो स्थान, न्युजिल्याण्ड तेस्रो,इंग्ल्याण्ड चौथो स्थानमा छ भने पाकिस्तान पाचौंमा र बाङ्गलादेश अन्तिम ६ स्थानमा रहेको छ।