देशमा रहेका समाचारहरु

सूचनाको हकलाई हरेक नागरिकले प्रयोग गर्नु पर्नेमा जोड

सोम गुरुङ, नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिका वडा नं।५का वडा अध्यक्ष कैफुलवरा जोलाहले स्थानीय तहमा सुशासन कायम गराउनमा सूचनाको हक एक प्रभावकारी औजार भएको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडानं। ५को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको जनप्रतिनिधी र कर्मचारीहरुका लागि सूचनाको हक सम्वन्धी अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष जोलाहले सुशासनको लागि सूचनाको हकलाई हरेक नागरिकले प्रयोग गर्नु पर्ने बताएका हुन् । साथै उहाँले स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता...

इमेज एफएममा कार्यरत सन्चारकर्मी श्रेष्ठको निधन

काठमाडौं ।इमेज एफएमका एक जना सन्चारकर्मीको निधन भएको छ।संचारकर्मी तथा गायककार सुरज श्रेष्ठको निधन भएको छ । उनको शनिबार बिहान निधन भएको हो । दुई दशकदेखि गीत संगितमा साधना गर्दै आएका श्रेष्ठ पछिल्लो समय इमेज एफएममा कार्यरत रहेका थिए । पछिल्लो समयमा म्युजिक भिडियोमार्फत नयाँ नयाँ प्रयोग गर्दै आएका उनले म्युजिक भिडियोको क्षेत्रमा आफ्नै स्थान बनाएका थिए । उनले रेडियोकर्मी, भिडियो निर्देशकलगायत विभिन्न क्षेत्रमा रही काम गर्दै आएका थिए। ...

सशस्त्र प्रहरीद्वारा अबैध कपडा बरामद

धनगढी । सशस्त्र प्रहरीले अबैध कपडा बरामद गरेको छ।कैलालीको धनगढी उपमहानगरापालीका वडा नम्बर ४ बषपार्क ईलाकाबाट सशस्त्र प्रहरीले अबैध कपडा बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट सशत्र प्रहरी नायव निरीक्षक केशब बहादुर शाहीको कमान्डमा खटिएको टाली उक्त सामान बरामद गरेको हो । भारतबाट भन्सार छलेर ल्याएको करीब १ लाख २७ हजार ८ सय ९ रुपया बराबरको लेडीज कपडा र किरानाका सामान सशस्त्र प्रहरीले बामद गरेको छ...

रुकुम पश्चिममा विप्लवका एक कार्यकर्ता पक्राउ गर्न हवाई फायर

रुकुम पश्चिम। रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन्।जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो। शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइते समेत भएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। ...

ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

भैरहवा ।ट्रिपरको ठक्करबाट कपिलपस्तुमा एकजनाको मृत्यु भएको छ। भैरहवा–तौलिहवा सडकखण्ड अन्गर्गत कपिलवस्तु दोहनीचोकमा बिहीबार लु १ ख ६१६८ नम्बरको टिपरले लु २८ प ६१५४ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा बालजी धोबीको मृत्यु भएको हो । टिप्परले ठक्कर दिएर गम्भीर घाइते भएका धोवीको भैरहवामा उपचारको क्रममा मृत्यु भएउको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । मृतक धोबी कपिलवस्तु ७ धरमपानीका स्थाइ बासिन्दा भएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले ट्रिप्परमाथि आगजानी गरेका थिए...

नेपालगञ्जको वडा नंं २२ मा स्थानीय युवाहरुलाई खेलकुद सामग्री सहयोग

नेपालगञ्ज ।नेपालगञ्ज उप महानगरपालिका २२ नंं वडा कार्यालय आज स्थानीय ४ वटा युवा तथा स्पोट्स क्लबहरुको लागि खेलकुद सामग्री तथा ड्रृस सहयोग गरेको छ । स्थानीय स्तरमा रहेको युवाहरुलाई संगठित गरी खेलकुद तथा सामजिक विकासको कार्यक्रम लाग्न उत्प्रेरण दिने उद्धेश्यले २२ नं. वडा कार्यालयले आज २२ नंं वडा क्लब, खाखी बाबा युवा स्पोर्ट्स क्लब, करस खुकुरी युवा क्लब र एकता युवा क्लबलाई क्रिकेट बेट, बल, स्टाम्प, खेल ड्रेस करिब १...

ग्रामिण लघु बित्त वित्तीय संस्थाको डुडुवामा एक दिने गोष्ठी सम्पन्न

नेपालगन्ज ।ग्रामिण लघु बित्त वित्तीय संस्थाले एक दिने गोष्ठी सम्पन्न गरेको छ। संस्थाको डुडुवा गाउँपालिकाको बेतहनी शाखाको आयोजनामा एक दिने गोष्ठी सम्पन्न भएको हो। ग्रामिण लघु बित्त वित्तीय संस्थाको कामबाट सेवाग्राहीलाई कस्तो प्रभाव परेको  छ भन्ने बारेमा उक्त एक दिने गोष्ठी कार्यक्रम गरिएको हो।कार्यक्रममा अब आउने दिनहरुमा सेवाग्राहीहरुका लागि संस्थाबाट दिने सेवालाई अझ कसरी छिटो छरितो र प्रभाबकारी बनाउने बारेमा समेत छलफल गरिएको थियो। क्षेत्रिय प्रवन्धक  खगेन्द्र अर्यालको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न...

४७ किलो चरेश बोकेको भारतीय गाडीसहित १ नेपाली पक्राउ

चितवन ।प्रहरीले लागुऔषध बोकेको भारतीय गाडीसहित १ जनालाई धादिङबाट पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले ४७ किलोग्राम चरेशसहित जयपृथ्वी नगरपालिका–८, बझाङका काल्चे बोहोरालाई सोमबार बिहान १ बजे गजुरीको सोतीखोलाबाट नियन्त्रणमा लिएको हो ।विशेष सूचनाका आधारमा पुगेको प्रहरीले टोलीले भारतीय नम्बर प्लेटको डीएल ३ सीएडी ७०८१ नम्बरको मारुती सुजुकी कारसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए। ...

पशुपंक्षी प्रजनन् नीति बनाउन नेपालगन्जमा सुझाब संकलन

नेपालगन्ज। राष्ट्रिय पशुपंक्षी प्रजनन् नीति तथा संक्रामक पशु रोग नियन्त्रण ऐनको मस्यौदा तर्जुमा गर्न नेपालगञ्जमा आज सरोकारवालासंग अन्तरक्रिया गरिएको छ । नेपाल पशु चिकित्सा परिषद् र नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा पशु सेवा तालिम केन्द्रमा भएको अन्तरक्रिया कार्यक्रममा पशुपंक्षी विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । डा.हेमराज अवस्थी र डा.खगेन्द्र राज सापकोटाले पशुपंक्षी पालन व्यवसाय र पशुपंक्षी प्रजनन्को वर्तमान अवस्था, चुनौति र अवसर, डा. कृष्णराज पाण्डे र डा.विष्णु धितालले संक्रामक पशु रोगको...

शम्शेरगन्जमा यात्रुबहाक बससँग टिपर ठोक्किदा ५ जना घाइते

शम्शेरगन्ज( बाँके )।  बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्ज नजिकै यात्रुबहाक बससँग टिपर ठोक्किदा ५ जना घाइते भएका छन् । काठमाडौंबाट कोहलपुरतर्फ आइरहेको रात्रीबससँग तिव्र गतीमा रहेको टिपर आज बिहान ठोक्किएको छ । सो दुर्घटनामा परेर ५ जना यात्रुहरु घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । भे १ च २८९२ नम्बरको टिपरले आफ्नै लेनमा रहेको ना ६ ख १३४० नम्बरको बसलाई अगाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा बसमा सवार ३ जना र टिपरमा...