देशमा रहेका समाचारहरु
झापा । भान्जी बलात्कार गर्ने मामालाइ प्रहरीले पक्राउ गरेको छ। आफ्नै भान्जी बलात्कार गरेको आरोपमा झापाको शिवसताक्षी—११ स्थित दुधेबाट एक व्यक्ति पक्राउ परेका छन् । तर, सहोदर मामाले जबरजस्ती करणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएको समेत खुलेको छ । दुधेका ४१ वर्षिय मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया भान्जीलाई करणी गरेपछि घटना ढाकछोपको प्रयास भएको हो । बिहिबार बिहान घरमा कोही नभएको मौकाछोपी मामाले करणी गरेको र...
नेपालगन्ज । जेठ २३ गते सार्बजनिक बिदा हुने भएको छ।सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद् बैठकको पछिल्लो निर्णयबारे जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो । मुस्लिम आयोगको सिफारिसमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २३...
काठमाडौं । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित बजेट प्रस्तुत गर्नु भएको छ । स्वास्थ्यमा ६८ अर्ब ७८ करोड रकम विनियोजन गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा १२ अर्ब बढी हो । यसवर्ष स्वास्थ्यमा सबै वडाहरुमा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गरिने, न्यूनतम एक चिकित्सकको व्यवस्था गरिने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिने, नागरिक आरोग्य कार्यक्रम लगायत विगतका केही कार्यक्रमलाई निरन्तरता दिइएको छ । यस्तै...
काठमाडौँ । काठमाडौँको सुकेधारा र घट्टेकुलोमा हिजो अपराह्न भएको विस्फोटमा ज्यान गुमाउनेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ । घट्टेकुलोको घटनामा नेत्रविक्रम चन्द नेतृत्वको विद्यार्थी नेता प्रज्जवल शाहीको निधन भएको प्रहरीले पुष्टि गरेको छ । यस्तै घट्टेकुलोमा रविन केसी घाइते भएका थिए । उता सुकेधाराको घटनामा कालिकोटका २८ वर्षका विभुराम विक भन्ने दिपेन बिक, करिब ४५ वर्षका निरन्तर मल्ल र दाङको बबई नगरपालिकाका ३२ बर्षीय गोकुल रानामगरको निधन भएको प्रहरीले जानकारी दिएको...
नेपालगञ्ज। द आर्ट अफ लिभिङले स्वदेशमै रोजगारीको सम्भावना खोज्न युवाहरुलाई अभिप्रेरित गर्ने उद्देश्यले पहिलोपटक पोखरामा युथ इन एक्सन परियोजना सञ्चालन गर्न लागेको विषयमा आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । यही जेष्ठ १६ गतेदेखि १८ गतेसम्म हुने परियोजना अन्तर्गत्को पहिलो कार्यक्रममा युवाहरुलाई उत्प्रेरणा जगाउने खालका विभिन्न क्रियाकलाप सञ्चालन गर्न लागिएको द आर्ट अफ लिभिङ नेपालगञ्जका संयोजक सञ्जय थापाले जानकारी दिनुभएको छ । देशभरका जुनसुकै ठाँउका यसमा रुची भएका...
लक्ष्मण बस्नेत/दाङ ।दोस्रो उपराष्ट्रपती चिल्ड्रेन गेम अन्तरगत दाङ जिल्ला स्तरिय छनोट प्रतियोगिता आज देखी सुरु भएको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा संचालित प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथ्लेटिक्स, र कराँते छनोट प्रतियोगिता २०७६ का जिल्ला स्तरिय छनोट सुरु गरिएको हो । दाङ तुलसीपुरको वेल्झुण्डीमा एथ्लेटिक्स, तुलसीपुरमा कराँते, र तेक्वान्दो खेलका छनोट सुरु गरिएको दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीले जानकारी दिनु भएको छ। जिल्ला छनोटमा पर्न सफल स्वर्णधारी...
नेपालगञ्ज। नेपालगन्ज ७ निबासी बोन म्यारो पीडित पुनम नेपाली बादीको जीवन रक्षाका लागि सहयोगको अपील गरिएको छ । प्लाष्टिक एनिमीया कारण पुनमको ५ महिनादेखि बोन म्यारोमा समस्या देखिएको हो । उपचारका लागि विभीन्न अष्पतालमा लाखौं रुपैया खर्च गरिसकिएपनि अझै सुधार नआएको पुनमका पति सुरेश नेपालीले जानकारी दिनु भयो । हाल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अष्पताल नेपालगञ्जमा उपचार भइरहेपनि थप उपचारका लागि आर्थिक अभाव भएपछि जीवन रक्षका लागि परिवारले सार्वजनिक अपील गरेको...
धादिङ।नेपालमा भुकम्पले अझै त्रास दिन छोडेको छैन् ।धादिङमा शुक्रबार दिउँसो पाँच रेक्टर स्केलको भूकम्प भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ मिनेट जाँदा धादिङको कुम्पुर आसापास केन्द्रविन्दु बनाएर उक्त भूकम्प भएको हो। भूकम्पको धक्का छिमेकी मकवानपुर, गोरखा र नुवाकोटमा पनि महशुस भएको छ। केन्द्रले २०७२ वैशाख १२ को भूकम्पको परकम्पको रूपमा आजको भूकम्प भएको जनाएको छ। ...
धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदेश स्तरीय युवा सम्मेलन हुने भएको छ । युवा सम्मेलनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाहरुबाट दुई सय ४४ युवा जेठ १ र २ गते धनगढी आउने भएका छन् सो प्रदेश स्तरीय युवा सम्मेलन युवाहरुलाई नेपाल युवा परिषदले युवा सशक्तीकरणको बारेमा तालिम दिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । नेपाल भमर्ण बर्ष २०२०, जलवायु परिवर्तन तथा युवा नेतृत्वका बारेमा परिषदले युवाहरुलाई प्रशिक्षण दिने...
दाङ । दाङमा मलामी गएका एक जनाको मृत्यु भएको छ। आफ्नै सानी आमाको मलामी गएका एकजना व्यक्तिको राप्ती नदीमा डुवेर मृत्यु भएको छ । आफ्नी आमाको बहिनी (सानी आमा) लमही नगरपालिका वडा नं ९ अमेलिया बजार निवासी ७२ बर्षीया जैसरा घर्तीको मृत्यु पछि मलामी गएका राजपुर गाउँपालिका वडा नं। ५ राजपुर निवासी ५२ बर्षीय कर्णबहादुर घर्तीको डुवेर मृत्यु भएको छ। मृतकको दाहासंस्कार पछि नुहाएर घर फर्किने मान्नेता अनुरुप नुहाउन भनि...