देशमा रहेका समाचारहरु

सेनाले बारा–पर्साका हावा पीडितका लागि आजबाट घर बनाउन सुरु

काठमाडौं । बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन भएका सर्वसाधारणको घर निर्माण आजबाट सुरु भएको छ। नेपाली सेनाले साउन १२ गते हस्तान्तरण गर्नेगरि बारा र पर्सामा १४ सय ५३ वटा घर निर्माण गरीने छ । यसका लागि सेनाका २६ सय अधिकृत र जवान फिल्डमा खटिनेछन्। सेनाले निर्माण अवधिभर फिल्डमै ब्यारेक बनाएर काम गर्नेछ।‘अप्रेसन जनता आवास’ नाम दिईएको निर्माण कार्यको २८ बाहिनी अड्डाले प्रदेश २ सरकारसँग समन्वयनमा काम गर्नेछ। प्रदेश मुख्य...

दाङमा फैलियो झाडापखाला,२० जना भन्दा बढी बिरामी

काठमाडौ । दाङको शान्ति नगरमा झाडापखाला फैलिएको छ। शान्तिनगर गाउँपालिका–३ भलानेटीमा झाडापखाला फैलिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो । उहाँका अनुसार बिहीबार रातिदेखि फैलिएको झाडापखालाबाट २० जना बिरामी परेका छन्।बिरामीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। झाडापखाला प्रभावित क्षेत्रमा अहिले गाउँपालिकाको टोलीसँगै राप्ती प्रादेशिक अस्पतालबाट चिकित्सकको टोली त्यसतर्फ गएको छ। तर, झाडापखाला लाग्नुको कारण खुल्न नसकेको गाउँपालिका अध्यक्ष डाँगीले बताउनुभयो । गएको वर्ष पनि दाङका शान्तिनगर–३...

‘मेरो सरकार’ नेपाली जनतको सरकार हो की महामहिम राष्ट्रपति ज्यू ?

काठमाडौं । राष्ट्रपतिको सम्बोधन गणतन्त्रपूर्व तत्कालीन राजाले प्रयोग गर्ने सम्बोधनको भाषासँग मिलेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।सामाजिक सञ्जालमा सरकार श्री ५ को सरकारबा ‘मेरो सरकार’  बढुवा भएको टिप्पणी भइरहेको छ । ...

आजदेखि सकियो ट्राफिक सप्ताह, अन्तिम दिनमा नेपालगन्जमा पम्प्लेट वितरण

नेपालगन्ज ।“सवारी दुर्घटना न्युनिकरणको लागी ठाउँको ठाँउ सुधार ”  अन्तर्गत आज शनिबार सात दिने कार्यक्रम समापन भएको छ।  समापन कार्यक्रममा आज  नेपालगन्जको धम्बोझी र बिपि चोकमा ट्राफिक नियम सम्बन्धी पम्प्लेट र पर्चा वितरण गरिएको छ। कार्यक्रममा आज ट्राफिक, प्रहरी लगायत अन्य आम नागरिक सबैले सवारी चालकहरुलाई ट्राफिक नियम बारे जनचेतना दिएको नेपालगन्ज ट्राफिक प्रमुख भिमराज ओलीले जानकारी दिएका छन्। समापन कार्यक्रममा नेपालगंज  उप-महानगरपालिकाका उप-प्रमुख उमा थापा मगर  तथा जिल्ला प्रहरी कार्यालय...

विद्यार्थीको कुटाईवाट एकजना मजदुर गम्भीर घाइते

घोराही,( दाङ) । दाङमा स्कूले विद्यार्थीको कुटपिट वाट एकजना मजदुर गम्भीर घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नं १७ रत्ननाथ माध्यामिक विद्यालय चौघेरामा कक्षा १० मा अध्यनरत १६ बर्षीय आषिश र १६ बर्षकै सुशिल चौधरीको कुटपिट बाट सोही ठाउँ निवासी २६ बर्षीय सुमन चौधरी गम्भीर घाइते भएका छन् । सामान्य विवाद पछि विद्यालयको भवन निर्माणको काम गर्दै आएका सुमनलाई आषिश र सुशिलले लाठीले टाउको, अनुहार तथा शरिरका विभिन्न भागमा...

ट्राफिक सप्ताहको छैठौं दिनमा बाँकेमा छडके अनुगमन

नेपालगन्ज ।ट्राफिक सप्ताहको छैठौं  दिनमा बाँकेको पुर्व-पश्चिम राजमार्ग सडक अन्तर्गत राप्तीसोनारी गाँउपालिकाको ढकेरीमा सावारी साधनको अनुगमन गरिएको छ।आज यातायात ब्यवस्था कार्यालयका बाँकेका शाखा अधिकृत पुर्ण खत्री  लगायत बाँके ट्राफिकका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक ओम पौडेल  सहितको टोलिले राजमार्ग सडक खण्डमा चल्ने बिभिन्न सवारी साधनहरुको यान्त्रिक, पाठ पुर्जा र कागजातहरुको चेक जाँच तथा अनुगमन गरेको छ। अनुगमनका  क्रममा सवारी चालकहरुले ट्राफिकले गरेको यो कार्य प्रती धन्यवाद समेत दिएका छन् ।साना...

प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडिया भ्रमणमा जादै

काठमाडौं । प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडिया भ्रमणमा जानुुहने भएको छ । प्रधानमन्त्री ओली मे महिनाको ९ देखि १३ सम्म भियतनाम र १३ देखि १५ सम्म कम्बोडियाको भ्रमणमा जान लाग्नुभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो । आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराउनुभएको हो । प्रधानमन्त्री ओलीले भियतनाम भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित वुद्ध सम्मेलनमा सहभागी जनाउनुहने छ ।...

तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा आउने

काठमाडौं । वैशाख १२ को भूकम्पपछि अबरुद्ध रहेको तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा आउने जानकारी दिनुभएको छ । मन्त्री ज्ञवालीले चीनसँग भएको सम्झौता ऐतिहासिक भएको जानकारी दिँदै चिनियाँ राष्ट्रपति सी जिङपिङलाई नेपाल भ्रमणको निम्ता गरिएको र चिनियाँ पक्ष यसबारे सकारात्मक रहेको जानकारी पनि दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको नौदिने चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले यसबारे जानकारी दिनुभएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणका क्रममा राष्ट्रपति सी...

शारदा नगरलाई अध्यक्ष कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत/(तुलसीपुर) दाङ ।तुलसिपुर उपमहानगरपालिका वडा न ७ को आयोजनामा संचालित प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ को उपाधी शारदा नगर टोल बिकास सस्थाले हात पारेको छ । स्थानिय स्तरमा फुटबल खेलको पँहुच अभिवृद्धि गर्ने र नवप्रतिभाहरुलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको फाईनल खेलमा जलधारा चौतारी लाई ट्राईबेकरमा ४ का बिरुद्ध ५ गोलले स्तब्ध पार्दै शारदा नगरले उपाधी उचालेको हो । उपाधी सगै उसले नगद...

ट्राफिक सप्ताहको चौथो दिनमा नेपालगन्ज र खजुरामा सचेतना कार्यक्रम गरियो

नेपालगन्ज ।ट्राफिक सप्ताहको चौथो दिनमा नेपालगन्जमा  मंगलबार साना सवारीसाधनका चालकलाई ट्राफिक ज्ञान बारे सचेतना दिइएको छ।”सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने नारासहित  शनिबारदेखि ट्राफिक सप्ताह सुरु भए सगै  बाँके ट्राफिकले जिल्लामा विभिन्न कार्य गर्दै आएको छ। जस अनुसार आज  ट्राफिक प्रहरीले नेपालगन्जको धम्बोझी चोकमा सानो म्याजिक गाडी र अटोरिक्साका चालकहरुलाई कसरी ट्राफिक नियम अनुसार गाडी  चलाउने, गाडी कस्तो तरिकाले कहाँ पार्क गर्ने,ओभरटेक कसरी गर्ने, यात्रुहरुलाइ कुन स्थानमा ओराल्ने र चढाउने  आदि...