देशमा रहेका समाचारहरु

‘विप्लव’ नेतृत्वका राप्ती ब्युरो सदस्य वली रिहा भएलगत्तै तेस्रो पटक पक्राउ

रोल्पा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो सदस्य लालबहादुर वली रिहा भएलगत्तै तेस्रो पटक पक्राउ परेका छन् । पछिल्लो पटक सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम साउन १० मा जिल्ला अदातल रोल्पाबाट रिहा भएका वलीलाई अदातल परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको हो । गत बैसाख ६ गते दाङ तुल्सीपुरबाट पक्राउ परेका उनलाई रिहा गर्न सर्वोच्चले आदेश दिए पनि पुनः पक्राउ परेका थिए । पक्राउपछि वलीलाई...

दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

मोरङ: मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका–५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका–४ का ४४ वर्षीय शम्भु गहतराजको साथबाट भरुवा बन्दुक बरामद गरेको हो । दुबै जनालाई इलाका प्रहरी कार्यालय...

होटलको प्रर्वधनका लागि सरोकारवालासंग नेपालगन्जमा अन्तरक्रिया

नेपालगन्ज । नेपालगन्ज लगायत जिल्लाभरका होटेल ब्याबसायीहरुले आज नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरेका छन् । होटलको प्रर्वधनका लागि सरोकारवालासंग  छलफल  गरिएको छ । होटेल ब्याबसायीहरु व्यापार नहुदा लगानी  डुब्ने होकी भन्ने चिन्ताले झस्किएको अवस्था रहेको छ । होटल व्यवसायी संघ बाँकेले होटल व्यवसायीका समस्या समाधानका लागि निरन्तर पहल गरिरहेका बेला बिहिवार सर्बपक्षिय अन्तरक्रिया आयोजना गरेको अध्यक्ष भिमलाल कँडेलले जानकारी दिए ।  कँडेका अनुसार, सर्बपक्षिय छलफलमा ट्राफिक व्यवस्थापन, अवैधरुपमा सञ्चालनमा रहेका सवारीसाधन नियन्त्रण गर्ने, प्रादेशिक...

ट्याक्टरले किच्दा चालकको मृत्यु

बिराटनगर।मोरङमा ट्याक्टरले किच्दा चालकको मृत्यु भएको छ।जहदा गाउँपालिका १ स्थित खेतमा को २ त ९०४६ नम्बरको ट्याक्टरले किच्दा चालक ४१ बर्षका दीपक सरबरियाको मृत्यु भएको छ ।स्थानीय कुलबहादुर गुरुङको ब्याड खेत जोत्ने क्रममा सरबरियाले चलाएको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो। बिहीबार नै झापामा बाढीले बगाएर र पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । एकजनाको बाढीले बगाएर र अर्काको पानीमा डुबेर मृत्यु भएको हो । कमल गाउँपालिका ५ बस्ने ६८...

बाढीले एक भारतीय गाडीलाई बगायो

चितवन । एक भारतीय गाडीलाई खोलाले बगाएको छ।हेटौँडामा बाढी आएको कर्राखोला तर्दै गर्दा उक्त गाडी बगेको हो।  शिवम् सिमेन्टको कच्चा पदार्थ पुर्याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो । गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। ...

संघको ३०औ स्थापना दिवसको उपलक्ष्यमा वृक्षरोपन

नेपालगन्ज । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ३० औ स्थापना दिवसको उपलक्ष्यमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ क्षेत्रिय समिति नेपालगन्जले आदर्शनगर स्थित साविक नेपाल औधोगिक बिकास निगमको परिसरमा वृक्षरोपन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा क्षेत्रिय समिति नेपालगन्जका अध्यक्ष सुमन बस्याल, राष्ट्रिय वाणिज्य बैंक क्षेत्रिय कर्यालयका प्रमुख आनन्द सुवेदी सहित शाखा कार्यालय नेपालगन्ज, खजुरा , कोहलपुर , त्रिभुवनचोक र गुलरियाका कर्मचारीहरु सहभागी भएका थिए । २०४७ शालमा स्थापना भएको कर्मचारी संघले...

बाबुको पुन्यतिथिमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

श्रीराम दहित, अमिलिया( दाङ )।  दाङमा दुई दाजुभाइले  आफ्नो बाबुको  पुन्यतिथिमा बालबालिका हरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । लमही नगरपालिका वडा नं ९ चाँदनीचोकका  दाजुभाइ प्रेम कुमार थापा र कृष्ण कुमार थापाले आफ्ना स्वर्गीय पिता कर्णबहादुर थापाको १९औं स्मृतिमा श्री प्राथमिक विद्यालय हर्दवा दाङका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । उनिहरुले बिधालय  प्रथम भएका कक्षा ४ का छात्र अजय चौधरी  लगायत निरज पुन,निशा पुन शिरीष चौधरीलाई पुरस्कार स्वरूप शैक्षिक...

एक जना इञ्जिनियर ५० हजार घूससहित अख्तियारको फन्दामा

सर्लाही । एक जना इञ्जिनियर ५० हजार घूस  रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् । रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इञ्जिनियर रामजीबाबु यादवलाई घूस रकमसहित नियन्त्रणमा लिएको छ। अख्तियारले रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इञ्जिनियर रामजी बाबु यादवलाई घूस रकमसहित शुक्रबार मलंगवाको अशोका होटलबाट नियन्त्रणमा लिएको हो। विद्युत जडान गर्ने कार्यको प्राविधिक मूल्यांकनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घूस माग गरिरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले ५० हजार...

कोहलपुरका युवक तुलसीपुरको एक होटेलमा मृत भेटिए

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको एक होटेलमा एक जना बाँकेको कोहलपुरका युवक मृत फेला परेका छन् तुलसीपुरको  मानसरोवर होटेलमा कोहलपुर निवासी अन्दाजी २७ बर्षीय रमेश हमाल  कोठामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । हमाल एक युवती संगै राति १० बजेतिर होटेलमा बास बस्न भनि आएको होटेल संचालकले जानकारी दिएका छन् । हमाल संगै होटेलमा रुकुमकी एक युवतीपनि पुगेको प्रहरीले जानकारी दिएको छ । युवतीलाई ईलाका प्रहरी...

पुर्वमन्त्री बस्नेतको श्रोत नखुलेको ६१ करोड रुपैयाँ भेटियो

काठमाडौं । पुर्व मन्त्री मोहनबहादुर बस्नेतको श्रोत नखुलेको ६१ करोड रुपैयाँ भेटिएको छ। महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा उनको स्रोत नखुलेको रकम भेटिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ । बस्नेतले सहकारीमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति राखेको भन्दै...