पुर्वमन्त्री बस्नेतको श्रोत नखुलेको ६१ करोड रुपैयाँ भेटियो
प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार ११:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । पुर्व मन्त्री मोहनबहादुर बस्नेतको श्रोत नखुलेको ६१ करोड रुपैयाँ भेटिएको छ। महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा उनको स्रोत नखुलेको रकम भेटिएको हो ।
Advertisement
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ ।
बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ । बस्नेतले सहकारीमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति राखेको भन्दै विभागले बयानका लागि उनलाई बोलाउने तयारी गरेको जनाएको छ। अन्नपूर्णपोष्ट दैनिकबाट।