देशमा रहेका समाचारहरु
काठमाडौं । अबदेखि सञ्चार माध्यममा कुनै पनि बिदेशी लगानी लगाउन नपाइने भएको छ। ‘संचार माध्याममा विदेशी लगानी स्वीकार हुँदैन ।कुनै पनि हालतमा हुदैन’ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए। आज काठमाडौंमा सञ्चार उद्यमीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरूमा लगानी गर्न नदिने चेतावनी पनि दिए। उनले सञ्चार माध्यमहरूलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही...
अछाम। जङ्गली च्याउ र नियुरो खाँदा अछाममा एक जनाको मृत्यु भएको छ। दुुुई जना गम्भीर घाइते भएका छन् । रामारोशन गाउँपालिका ५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो । उनकी आमा नरपता बोहरा तथा नरपताका छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर छन् । ...
काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडिओ खिच्न सञ्चार माध्यमहरूलाई रोक लगाएका छन्। मन्त्री महासेठले आइतबार आफ्नै मन्त्रालयमा अवरूद्ध काठमाडौं–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापनपत्र बुझाउन गएका नेपाली कांग्रेस जिल्ला कार्यसमिति, नुवाकोटको ज्ञापनपत्र बुझ्ने क्रममा पुगेका सञ्चारकर्मीहरूलाई भिडिओ खिच्न रोक लगाएका हुन्। आफ्नो कार्यकक्षबाट कार्यक्रमस्थलमा प्रवेश गर्ने बित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न सचेत गराए। ‘यसरी भिडिओ लिन हुन्न,’ मन्त्री महासेठले आक्रामक शैलीमा...
कुवेत । आगलागी हुँदा तीन जना नेपालीहरुको मृत्यु भएको छ। कुवेतको एक अपार्टमेन्टमा आगो लाग्दा मृत्यु हुनेहरुमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला अप्सरा कामी र गौरी दर्जी रहेका छन्। कामी र दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। सो अपार्टमेन्टमा आगलागीमा परेर अरु केही घाइते भएको र ती नेपाली हुन् या होइनन भन्ने पहिचान हुन नसकेको दूतावासको भनाई उदृत गर्दै परराष्ट्रमन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले...
कञ्चनपुर । कञ्चनपुरमा स्कुल बस माथी रुख ढलेको छ। गुडिराखेको बसमाथि सालको रुख ढलेपछि अनिरुद्र बोर्डिङ स्कुलका २ जना विद्यार्थीहरु सामान्य घाइते भएका छन् ।घटनामा परेर कक्षा ७ मा पढ्ने सुशांक जोशी र कक्षा ५ मा पढ्ने प्रशान्त भाट सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ। ‘दुवै विद्यार्थीको शुक्लाफाँटा क्लनिकमा उपचार भइराखेको छ,’ ‘उपचार खर्च नगरपालिकाले बेहोर्ने भएको छ।विद्यार्थीलाई घर छाड्न जाने क्रममा बसमाथि रुख खसेको हो। रुखले बसलाई...
काठमाडौं ।बाढीले २ जना कर्मचारीलाई बेपत्ता बनाएको छ।बर्षाछि आएको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित शिवश्री हाइड्रो पावरमा कार्यरत दुई जना वेपत्ता भएका छन् । घाइते दुई जनालाई उद्धार गरी उपचार गर्न काठमाडौं पठाइएको छ । भोटेकोसी गाउँपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने मार्मिङ खोलामा बगेर साइट इन्चार्ज यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव काफ्लेले जानकारी दिए ।डिएसपी काफ्लेका अनुसार कामी...
गुल्मी । बालकले एक बालिकाको बलात्कार गरेको घटना बाहिरा आएको छ। एक १५ वर्षीय बालकले आफ्नै गाउँकि १३ वर्षीया बालिका बलात्कार गरेका हुन् । जिल्लाको सत्यवती गाँउपालिका ८ बस्ने १५ बर्षका बालकले गाउँकि बालिकालाई असार १३ गते बलात्कार गरेका हुन् । उक्त उजुरी भने असार १९ गते दर्ता गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।निज बालक प्रहरी हिरासतमा छन् । घटनाका दुवैजना १८ वर्षमुनिका भएकाले बालबालिका ऐन अन्तर्गत...
दार्चुला । प्रहरीले झन्डै ४ किलो चरेश सहित एक जना युवकलाई पक्राउ गरेको छ। बिशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी नायब निरीक्षक मदनसिँह धामी र प्रहरी चौकी दल्लेखबाट प्रहरी हवल्दार भरतबहादुर रावलको संयुक्त गस्ती टोलीले नौगाड गाउँपालिका वडा नम्बर ६ बस्ने रमेशसिँह ठगुन्ना ३ किलो ८ सय ग्राम चरेश सहित रमेश सिँह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको हो । बंगाबगड–दल्लेख सडक खण्ड हुदै मोटरसाईकलमा जिल्ला सदरमुकाम खलंगा आउदै गरेका बेला...
काठमाडौं । महिलालाई यातना दिने एक महिला पक्राउ परेकी छिन्।काठमाडौंको भद्रकाली मन्दिरमा उनले आफूलाई ‘धर्ती माता’ भन्दै युवतीलाई यातना दिएकि थिइन।महानगरीय प्रहरी परिसर काठमाडौं टेकुको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।एक साताअघि उनले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएकी थिइन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान सुरु भएको थियो । ...
पोखरा ।एउटा भारतीय गाडीले ३ वटा मोटरसाइकललाई ठक्कर दिदा ३ जना घाइते भएका छन् । घाइते मध्य२ जनाको अवस्था गम्भीर रहेको छ। पोखराको लेक साइडमा भारतीय एच आर ०९ एल ००० ९ नम्बरको गाडीले तीन वटा मोटरसाइकललाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ। ...