नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

ब्राउन सुगरसहित नेपालगञ्जको जमुनाहाबाट तीन जना पक्राउ

नेपालगञ्ज । प्रतिबन्धित लागू औषध ब्राउन सुगर भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा आज तीन जनालाई प्रहरीले नेपालगञ्जको जमुनाह नाकाबाट पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाको संयुक्त टोलीले कम्मरमा लुकाई ल्याउँदै गरेको अवस्थामा बीरेन्द्रनगर–३ सुर्खेतका २२ वर्षिय अमृत बिक, ३२ वर्षिय चन्द्रबहादुर बिक र सुनसरी इनरुवा–७ घर भई हाल बीरेन्द्रनगर–३ मा नाई पसल सञ्चालन गर्दै आएका ३२ वर्षिय दिपेन्द्र ठाकुरका...

गैसस बाँके सदस्यमा सुनार मनोनित,कार्ययोजना बनाउने सहितको निर्णय

नेपालगन्ज ।गैर सरकारी संस्था महासंघ बांकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्ने पहिलो बैठकलेले स्थानिय तह र गैर सरकारी संस्थाहरुको बिच पारस्पारिक सम्बन्ध कायम गर्ने निर्णाय गरिएको छ । महांघका कार्यालयमा बसेको बैठकले महासंघ नेपालको बिधान अनुसार दलित महिला संघ बाँकी अध्यक्ष निर्मला सुुनारलाई कार्यसमितिको सदस्य पदमा मनोनित गरिएको छ । बाँके जिल्लामा गैससहरु सँगको समुधुर सम्बन्ध बनाउने, समुदायमा आधारित संस्थाहरुको संस्थागत विकासका लागि सहयोग गर्ने र गैससहरुको आर्थिक पारदर्शिता तथा सुशासनको...

सरकारको बिरोधमा आज नेपालगन्ज बजार बन्द

नेपालगन्ज । नेपालगन्जका  व्यापार ब्याबसायहरु आज सबै बन्द भएका छन् ।  साउन १ गतेबाट लागु गरिने नयाँ आर्थिक प्रावधानको बिरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका नेपालगञ्जका उद्योगी, व्यवसायीले  सरकारको बिरोध गर्दै आज बुधबार नेपालगन्जका सबै पसल लगायत बजार बन्द गरेका हुन् ।नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श, बाँके व्यवसायीक मुद्दामा एक ठाउँ उभिएका छन् । यसअघि पनि नेपालगन्ज उधोग बाणिज्य संघ लगायतका संस्थाहरुले बिरोध गर्दै आएका छन् ।   ...

नेपालगन्जको अति ब्यस्त स्थानबाट दिनदहाडै मोटरसाइकल चोरी, चोरहरु सक्रिय हुँदै

नेपालगन्ज । नेपालगन्जको अति  ब्यस्त स्थानबाट दिनदहाडै मोटरसाइकल चोरी भएको छ। नेपालगन्जको सुर्खेत रोड स्थित एनआइसी बैंक अगाडी रोकिराखेको भे ८ प ६९४५ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो चोरी भएको छ। मोटरसाइकल चढेर आएका जानकी गाउँपालिका वडा नं ५ का लबकुश यादब बैंकमा पैसा झिक्न एनआइसी बैंक भित्र गएर आउँदा उनको मोटरसाइकल गायब भयो। ‘कसेकम बैंक भित्र १० मिनेट के बसेको थिए,बाहिर आउँदा मोटरसाइकल गायब भएछ। यस्तो ब्यस्त स्थान र सिसीटिभी...

बाँके प्रहरीले चोरीमा संलग्न एक बालकलाई पक्राउ गरे पछि खुल्यो यस्तो रहस्य.. 

नेपालगन्ज ।जिल्ला प्रहरी कार्यालय बाँकेले चोरीमा समाबेश हुँदै आएका एक जना बालकलाई  पक्राउ गरेको छ।उनलाई पक्राउ गरेपछि अनौठो कुरा बाहिर आएको छ। आठ ठाउँको चोरीमा संलग्‍न रहेका नेपालगञ्‍ज २०, मदनापुरका १६ वर्षीय दामु शाहीलाई प्रहरीले पक्राउ गरेको हो।उनी गत शनिबार नेपालगञ्जका नौ वटा पसल चोरीमा संलग्न रहेको प्रहरीले दावी गरेको छ। एकैराती नौ वटा पसलमा चोरी गर्दा दामु र अर्का एकजना रहेको खुलेको छ। बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले दामु...

नेपालगन्ज नगर प्रहरी निरीक्षकमा बोगटी र सहायक निरीक्षकमा गौतम
"दमकल प्रमुखमा खड्का "

नेपालगन्ज ।नेपालगन्ज  उपमहानगरपालिकाका नगर प्रहरीको तालिम समापन भएको छ। एक महिना सम्म नगर प्रहरीका सकल दर्जाहरुले संयुक्त तालिम गरेका थिए।तालिम सम्पन्न भए लगत्तै नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवल शमसेर राणाले नगर प्रहरीका सकल दर्जाहरुलाई  दज्र्यानी चिन्ह प्रदान गरेेेका हुन् । साथै नगर प्रहरी सगै दमकल कर्मचारीको तालिम सम्पन्न भएको छ। उनिहरुलाइ पनि मेयर डा. राणाले उपमहानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दज्र्यानी चिन्ह प्रदान गरेेेका छन्। दज्र्यानी चिन्ह प्रदान गर्दै मेयर...

नेपालगन्ज भन्सारबाट करिब साढे १५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात

लक्ष्मण ढुङ्गाना/नेपालगन्ज । बिगत ११ महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट करिव साढे १५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । आर्थिक वर्ष २०७५/७६ को जेठसम्म पेट्रोल, डिजल र एलपी ग्यास गरी कुल १५ अर्ब ६६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । कार्यालयले सो अवधिमा पेट्रोलियम पदार्थ आयात गरेवापत ४ अर्ब ६८ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालगन्ज नाका हुँदै आउने सामग्रीमा सबैभन्दा...

पश्चिम नेपालबाट हज टोलीसंग पहिलो पटक मुस्लिम महिला स्वास्थ्यकर्मी साउदी जादै

नेपालगन्ज । २०७४ सालमा लोकसेवा पास गरेपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले २५ दिनको सुत्केरी अवस्थामा नै जिल्लाको सबै भन्दा बिकट ठाउँको रुपमा परिचित रग्दा स्वास्थ्य चौकीमा दरबन्दी कायम गरे पछि काखमा दुधे बच्चालाई च्यापेर उपचार गर्दै परिक्षण काल सम्पन्न गरे पछि स्वास्थ्य मन्त्रालयले बाँकेको डुडुवा गाँउपालिका अन्तरगत रहेको होलिया स्वास्थ्य चौकीमा सिमा घर्ति मगर खानलाई काज सरुवा गरेको थियो । निकै चुनौतिको सामना गर्दै जनताको सेवामा खटि रहने अनमी सिमा...

नेपालगञ्ज उपमहानगरपालिका आजदेेेखि पुर्ण खोपयुक्त घोषणा

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका आजदेेेखि पुर्ण खोपयुक्त घोषणा भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले १५ महिना उमेर सम्म  रहेका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार सम्पुर्ण खोप लिएको पाईएपछि उक्त घोषणा गरेको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा जिल्ला खोप कार्यक्रमका अध्यक्ष समेत रहेका अजय कुमार श्रीबास्तवले नेपालगञ्ज उपमहानगरलाई पूर्ण खोप युक्त उपमहानगर भएको घोषणा गरेका हुन । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालगञ्ज उपमहानगरका सबै जनप्रतिनिधिलाई स्वास्थ्य र शिक्षाको क्षेत्र पनि विकास गर्ने क्षेत्र...

नेपालगन्जमा एकै रातमा ९ वटा पसलहरुमा चोरी

नेपालगन्ज ।नेपालगन्जमा एकै रातमा ९ वटा पसलहरुमा  चोरी भएको छ।गए राती बर्षा भैरहवा रहेको मौका छोपी चोरी गर्ने गिरोहले प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा ट्रेडर्स, प्रभा किराना पसल, कुञ्ज ट्रेडर्स र शोभा ट्रेडर्समा चोरी गरेको छ। बाँके प्रहरी प्रमुख वीर बहादुर वलीका अनुसार, तीन किराना पसलबाट झण्डै रु एक लाख नगद र मोबाइल रिचार्ज कार्ड चोरी भएको खुल्न आएको छ। ‘के कति चोरी भएको छ...