नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा फोहर मैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइट) मा वृहत् वृक्षारोपण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ स्थित ल्याण्डफिल्ड साइटको क्षेत्रमा एक हजार विरुवा रोपिएको हो । एक कर्मचारी एक विरुवा, एक जनप्रतिनिधि दुई विरुवा नारासहित वृहत् वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रमको शुभारम्भमा बोल्दै उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले ल्याण्डफिल साइटको वृक्षारोपणले वातावरण स्वच्छ हुनुका साथै सुन्दरता पनि बढाउने भएकाले पर्यटकको पनि आकर्षणको...
नेपालगन्ज । लाखौं रकम बराबर मुल्यको औषधी नेपालगन्ज बिमानस्थलमा थन्किएको छ।कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करीब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको छ । नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै थन्किएको हो । औषधि यही थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ । जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले नेपालगञ्जदेखि जुफाल उडान हुन नसकेको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर बताए। मौसममा खराबी आएर...
नेपालगन्ज ।नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजगं शाहीले तरुण दल बाँकेका कार्यकर्ताहरु सँग शनिबार नेपालगन्जमा छलफल गरेका छन् । कार्यकाल सकिनै लाग्दा जिल्ला दौडाहमा हिंडेका महासचिव शाहीले माउ पार्टीले तरुण दलको केन्द्रिय कमिटि विस्तार गराउन नसकेको भन्दै अन्तिम चरणमा आएर आँफु राजीनामा दिन बाध्य हुन सक्ने बताए । बाँके तरुण दलका नेता तथा कार्यकर्तालाई सबै अनुशासित भएर संगठनको काममा लाग्न निर्देशन दिंदै महासचिव शाहीले सरकारको गलत क्रियाकलापको सशक्त...
यति एयरको उडान नम्बर एनवाइटी ४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए। विमानस्थल श्रोतका अनुसार जहाजका दुई यात्रु घाइते भएका छन् भने अरूलाई सकुशल उद्धार गरिएको थियो।धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ। ...
नेपालगञ्ज ।नेपालगञ्जमा पत्रकाहरुमाथी आक्रमण भएको छ।नेपालगञ्जमा क्रियाशिल तीन जना पत्रकारलाई नेपालगञ्जको बाटिका होटलमा दुव्र्यवहार सहित हातपात गरिएको छ । एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख दुर्गा रोकाय, पत्रकार जागेश्वर चौधरी र भिम पौडेललाई बुधबार दिउसो होटल परिसरमा कुटपिट गरिएको हो ।होटलका कर्मचारीले कुटपिट गर्नेक्रममा एभिन्यूज टेलिभिजनको क्यामरा र पत्रकारहरुको मोवाईल समेत क्षतिग्रस्त भएको छ । केही समयपहिले होटल बाटिकाबाट भारतीय सेनामा भर्ना गराईदिने भन्दै युवासँग रकम लिएको समूह ३५ लाख रुपिया...
नेपालगञ्ज।ज्यान मार्ने उद्योगको मुद्दा चलाइएका नेपाली कांग्रेस बाँकेका ५ जना कार्यकर्ता आज अदालतबाट रिहा भएका छन् । डुडुवा गाउँपालिका वडा नम्बर ४ मा असार १२ गते भएको घटनामा जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएका डुडुवा गाउँपालिकाका कांग्रेस कार्यकर्ताहरु सलिम खाँ, हसिब खाँ, रामकुमार यादव, गणेश यादब र दिनेश यादब आज अदालतबाट रिहा हुनुभएको हो । सलिम र हसिबलाई साधारण तारेखमा रिहा गरिएको छ भने रामकुमार, गणेश...
नेपालगन्ज ।सरकारले भारतबाट बिषादियुक्त तरकारी नेपाल भित्रीन दिएको भन्दै बर्तमान समयमा निकै बिरोधको बिषय बन्दै आएको छ। देशभरी यसको चौतर्फी बिरोध हुँदै गर्दा मंगलबार नेपाल बिद्यार्थी संघ बाँकेले पनि बिरोध जनाउन सुरु गरेको छ।मंगलवार दिउसो नेबिसंघ बाँकेका अध्यक्ष पुर्ण प्रसाद आचार्य नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई कुहिएको तरकारी पठाएको छ। तरकारी हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले ‘नेपाली जनतालाई बिष खान बाध्यपार्ने प्रधानमन्त्रीले भने जापानको पानी पिउने,युरोप र...
नेपालगन्ज।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित औद्योगिक क्षेत्र तथा जनस्वास्थ्य कार्यालय पछाडीको बस्ती मंगलबार डुबानमा परेको छ । भेरी प्राविधिक शिक्षालय र बेलासपुर हुदै बग्ने नालामा पानी बग्न नपाउँदा डुबान समस्या बल्झिएको हो । दुबै नालाको मिलनविन्दुमा नालाभरी झारपात उम्रिएर निकास थुनिएको छ । नेपालगन्जमा सोमबार राती भिषण बर्षा भएको थियो। वर्षाको पानी उपमहानगरपालिकाको विभिन्न स्थानमा संकलन भएर बग्न नपाउँदा मानव बस्तीतिर सोझिएको हो । नेपालगन्ज उपमहानगरपालिकाले एकिकृत शहरी विकास...
नेपालगन्ज।नेपाली कांग्रेस बाँकेले आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ।बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर ४ मा भएको घटनामा कांग्रेस निर्दोस कार्यकर्तालाई झुठ्ठा मुद्दा लगाएर फसाएको भन्दै नेपाली काङ्ग्रेस बाँकेले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै प्रदर्शन गरेको छ । घेराउ कार्यक्रममा प्रदेश सांसद सुरेन्द्र हमाल, नेता नक्की खाँ, २ नम्बरका सभापति रमेश गुप्ता, पार्टी सभापती किरण कोइराला लगायतले तत्काल आफ्ना नेता कार्यकर्तालाई रिहाई गर्न चेतावनी दिनुभएको थियो। यही...
नेपालगन्ज । नेपालगन्जमा बर्षाले घरको छत भत्किएपछि पीडित बनेको एक घर परिवालाई जनप्रतिनिधिहरुले आर्थिक सहयोग गरेका छन् ।नेपालगन्जको वडा नम्बर ४ स्थित सल्यानीबङ्गलाका जमालुद्दिन सल्मानीको घरको छत भत्किए पछि ४ नम्बर वडा कार्यालयका अध्यक्ष मो. सफिक बेहना सहितको जनप्रतीनिधीहरुले उनलाई छ्त बनाउनको लागि आर्थिक सहयोग स्वरुप १५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।बर्षाको समयमा उनको घरको छत भत्किँदा पुरै परिवारलाई धेरै गाह्रो पर्ने भएको हुँदा हामीले हाम्रो सेवा सुबिधाबाट पाउने...