पश्चिम नेपालबाट हज टोलीसंग पहिलो पटक मुस्लिम महिला स्वास्थ्यकर्मी साउदी जादै
प्रकाशित मिति : २०७६, ३० असार सोमबार १६:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । २०७४ सालमा लोकसेवा पास गरेपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले २५ दिनको सुत्केरी अवस्थामा नै जिल्लाको सबै भन्दा बिकट ठाउँको रुपमा परिचित रग्दा स्वास्थ्य चौकीमा दरबन्दी कायम गरे पछि काखमा दुधे बच्चालाई च्यापेर उपचार गर्दै परिक्षण काल सम्पन्न गरे पछि स्वास्थ्य मन्त्रालयले बाँकेको डुडुवा गाँउपालिका अन्तरगत रहेको होलिया स्वास्थ्य चौकीमा सिमा घर्ति मगर खानलाई काज सरुवा गरेको थियो ।
निकै चुनौतिको सामना गर्दै जनताको सेवामा खटि रहने अनमी सिमा घर्तिमगर खानलाई नेपाल हज समितिले साउदी अरबको मक्का मदिनामा हाजीहरुको स्वास्थ्य उपचारका लागि लाग्ने भएको छ । पश्चीम नेपालबाट पहिलो पटक मुस्लिम महिला स्वास्थ्यकर्मी साउदी अबरको मक्का मदिनामा सरकारको उच्च स्तरीय निर्णयबाट जान लाग्नु भएको छ ।
अत्यावश्यक औषधिसहित स्वास्थ्यकर्मीहरुको एक टोली साउदी अरबको मक्का मदिना जाने भएको छ । हरेक वर्ष हज गर्नका लागि नेपाली मुस्लिम साउदी अबरको मक्का मदिना जाने गर्छन् । सो अवधिमा आवश्यक हेरचाह र उपचारकालागि नेपाल सरकारले ४ जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय गरेको हो । विगतका वषर्मा हज यात्रीहरु उपचारबाट बन्चीत भएको व्यापक गुनासो आएपछि यस वर्ष नेपाल सरकारले सिमित स्वास्थ्यकर्मीहरुको टोली साउदीमा पठाउन लागेको नेपाल हज समितिले जनाएको छ ।
स्वास्थ्यकर्मीहरुको टोलीमा बाँकेकी सिमा घर्ति मगर खान समेत परेकी छन । बाँकेको डुडुवा गाँउपालिका अन्तरगत होलिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी खान साउन ७ गते हाजीहरुको उपचारका लागि साउदी प्रस्थान गर्ने नेपाल हज समितिका अध्यक्ष सम्शेर मियाँले जानकारी दिए । उनका अनुसार २ जना पुरुष स्वास्थ्यकर्मी र २ जना महिला स्वास्थ्यकर्मीहरु साउदी जान लागेका छन ।
उच्च स्तरीय निर्णयबाट नेपाल हज समितिले डुडुवा गाँउपालिकालाई पत्रचार गरी हज अवधी भरीका लागि हाजीहरुको उपचारका लागि साउदी स्थित हज समिति अन्तरगत स्वास्थ्यकर्मीको टोलीमा काम गर्न खटाई दिने पत्र बमोजिम डुडुवा गाँउपालिकाको कार्यापालिकाले निर्णय गरी स्वास्थ्यकर्मी सिमा खानलाई पठाएको हो । साउदीमा हज गरेर ४५ दिनमा स्वास्थ्यकर्मी सहित हाजीहरुको टिम नेपाल फर्किने बताइएको छ ।
Advertisement