नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

कांग्रेस युवा नेता सुधान्सु कोइरालाको नेतृत्वमा विपी अध्ययन प्रतिष्ठान बाँके विस्तार

नेपालगन्ज।विपी अध्ययन प्रतिष्ठान नेपाल बाँकेको कार्यसमिति विस्तार गरिएको छ । कांग्रेस बाँकेका जिल्ला सदस्य सुधाम्सु कोइरालाको अध्यक्षतामा आइतबार तदर्थ समिति विस्तार गरिएको हो । प्रतिष्ठानको केन्द्रिय समितिले यसअघि नै युवा नेता कोइरालालाई बाँके जिल्लाको अध्यक्षमा मनोनित गरेको थियो । नेपाली कांग्रेस बाँकेको कार्यालयमा आयोजित भेलाले प्रतिष्ठानको कार्यसमिति विस्तार गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा तोजिन्द्र बिक, सचिव आशिष बर्मा र कोषाध्यक्षमा उमा थापा रहेका छन् । यस्तै सदस्यहरुमा विश्वजित तिवारी, चेतनारायण शर्मा,...

प्रहरी नायब निरीक्षक रिजालले पक्राउ गरे लागू औषध कारोबारी

नेपालगञ्ज। नेपालगन्जको जमुनहा नाकाबाट एक जना ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगन्ज १२ बेलास्पुरका उपेन्द्र कुर्मि चौधरी रहेेेका छन् । जमुनहा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक माधब रिजालका अनुसार चौधरीको साथबाट ५० ग्राम ब्राउन सुगर, नौहजार भारतिय रुपैयाँ, १ सय अमेरिक डलर र २ थान मोवाइल समेत बरामद गरेको छ।नेपालगन्ज जमुनहा चेक पोस्टमा नायब निरीक्षक रिजालको नेतृत्वमा रहेको टोलिले आज २:३० बजे दिउसो मोटरसाइकलमा राखेर...

नेपालगन्जमा आज बिहानदेखि परेको बर्षाले धेरै स्थान जलमग्न

नेपालगन्ज । आज बिहानदेखि परेको बर्षाले नेपालगन्जका धेरै स्थानहरुमा जलमग्न  भएका छन् । बर्षाले सबैभन्दा बढी नेपालगन्जको न्यू रोड, सेतु बिक चोक जलमग्न भएका छन् ।न्यू रोड  सडकको उचाई बढाएरै निर्माणको काम गरिएको थियो । तर पनि आज जलमग्न हुुँदा स्थानियहरु अचम्मित भएका छन् । त्यस्तै नेपालगन्जका अन्य स्थानहरु समेत जलमग्न भएका छन् ।नेपालगञ्जको ढल र सडक सुधारका लागि एशियाली विकास बैंकको सहयोगमा शहरी विकास परियोजना सञ्चालनमा छ । उक्त परियोजनाले नेपालगञ्ज...

नेपालगञ्जमा भारी बर्षा जारी

नेपालगञ्ज । नेपालगञ्जमा अहिले भारी बर्षा भइरहेको छ । मनसुन पुनः सक्रिय भएका कारण आजदेखि तीन दिनसम्म देशैभर बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । नेपालगञ्जमा अघि साढे ९ बजेदेखि भारी बर्षा भइरहेको छ । देशैभर पानी परिरहेकाले बाढी, पहिरो र डुबानको जोखिम रहेको भन्दै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । राप्ती नदीमा पनि पानीको बहाब बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । निरन्तर झरी...

कांग्रेस महामन्त्री नेपालगन्ज आउँदै, भोलि सबै नेता-कार्यकर्तालाई उपस्थित हुन कांग्रेस बाँकेको निर्देशन

नेपालगन्ज । सोमबार कांग्रेस महामन्त्री नेपालगन्ज आउने हुनुभएको छ। ३७ औं विपी स्मृती दिवसका अवसरमा नेपाली काँग्रेस बाँकेले आयोजना गरेको  विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेस महामन्त्री शशान्क कोइराला नेपालगन्ज आउन लाग्नुभएको कांग्रेसका युवा नेता एबम  जिल्ला सदस्य सुधान्शु कोइरालाले बताउनु भयो। यसैगरी, उक्त कार्यक्रममा नेपाली कांग्रेस बाँकेले जिल्लाभरीका सबै कांग्रेस नेता तथा कार्यकर्ताहरु लगायत भातृ संगठन तथा सुभेछुक संस्थाका सबैलाई जिल्ला समन्वय समिति बाँकेमा भोली  सोमबार दिउँसो साढे...

नेपालगन्ज उपमहानगरपालीकाद्वारा हज गर्न जान लागेका यात्रुहरुलाई सम्मानसहित बिदाई

नेपालगन्ज । नेपालगन्जबाट साउदीको मक्का मदिनामा हज गर्न जान लागेका यात्रुहरुलाई शनिबार बिदाई गरिएको छ। साउदी जान लागेका १२३ जना हज गर्न जान लागेकालाई नेपालगन्ज उपमहानगरपालिकाले सम्मान सहित बिदाई  गरेको हो। प्रदेश सभा सदस्य कृष्णा केसी( नमुना), नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणा, उप मेयर उमा थापा मगर, वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना, वडा नम्बर ६ का अध्यक्ष समीर प्रताप सिंह लगायत अन्य वडाका अध्यक्षहरुले हज...

नेपालगन्जको जमुनहा नाकाबाट एक जना भारतीय  ब्राउन सुगर सहित पक्राउ

नेपालगन्ज । नेपालगन्जको जमुनहा नाकाबाट एक जना भारतीय  ब्राउन सुगर सहित पक्राउ परेका छन्। रुपइडिहाबाट नेपालगन्ज तर्फ अन्दाजी ७ ग्राम ब्राउन सुगर ल्याउदै गरेका रुपइडिहा स्थित चकिया रोड, आदर्शनगरका २२ बर्षका इरफान शेखलाई पक्राउ गरेको जमुनहा प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक माधब रिजालले जानकारी  दिएका छन् । उनलाई शनिबार दिउँस २:४५ बजे को  समयमा जमुनहा सुरक्षा जाँच गर्ने स्थानबाट पक्राउ गरिएको हो।शेखले ब्राउन सुगर ल्याउदै छन् भन्ने बिशेष सुचना...

नेपालगन्जस्थित क्षेत्रीय खेलकुद विकास समितिले सुुुचना दिन कन्जुस्याइँ गर्दै

नेपालगन्ज । नेपालगन्ज स्थित क्षेत्रीय खेलकुद विकास समितिले सुुुचना दिन नमानेको पाइएको छ।  समिती आठौं राष्ट्रिय खेलकुदबारे सूचना लुकाउन खोजेको प्ररष्ट देेेखिएको छ। गत वैशाखमा प्रदेश– ५ मा भएको राष्ट्रिय खेलकुदबारे नेपालगन्जका नागरिकले सूचना मागेका थिए । नमस्कार शाह, हेमराज भट्ट, मन भण्डारी र शम्भुप्रसाद चौधरीले जेठ २१ गते विभिन्न शीर्षकमा चारवटा सूचना मागेका थिए । सूचना मागेअनुसार क्षेत्रीय खेलकुद विकास समिति प्रदेश– ५ ले सूचना नदिएको हेमराज भट्टले नागरिकसँग बताए...

नेपालगन्ज भन्सार एजेन्ट नै आन्दोलनमा उत्रिएपछि करिब २०० ढुवानीका साधन अलपत्र

नेपालगन्ज । भन्सार एजेन्टनै आन्दोलनमा आएपछी डेढसय बढि ढुवानीका साधन नेपालगन्ज भन्सारमा अलपत्र परेका छन् ।ढुवानी एजेन्टले नेपालगन्ज भन्सारबाट सामान छुटाउन नमानेपछि बिहिवार दुुुईसय बढि ढुवानीका साधन नेपालगन्ज नाकामा रोकिएका छन् । भ्याटमा दर्ता हुनुपर्ने नीति सरकारले ल्याएपछि त्यसको विरोधमा काम बन्द गरेर भन्सार एजेन्ट आन्दोलनमा उत्रिएका छन् । नेपालगन्ज नाकामा आएका ढुवानीका साधनको कागजी प्रक्रिया गराएर मालसामान सम्बन्धित ठाउँमा लैजान सहयोग गर्दै आएका भन्सार एजेन्ट र उनीहरुका प्रतिनिधिले...

नेपालगञ्जमा विश्वविद्यालय माग्दै डेलिगेशन टोली बुटवल पुग्यो

नेपालगञ्ज, साउन २ । विश्वविद्यालय स्थापनाको माग गर्दै नेपालगञ्जबाट गएको डेलिगेशन टोलीले मुख्यमन्त्री शंकर पोखरेलसंग भेटघाट गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाको नेतृत्वमा गएको डेलिगेशन टोली र बाँकेबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु सहितले मुख्यमन्त्री पोखरेलका सामु नेपालगञ्जमा विश्वविद्यालय स्थापनाको लागि आवश्यक पूर्वाधार र सम्भावनाका बारेमा प्रस्ट्याएका थिए । पाँच नम्बर प्रदेशसभा सांसद् तथा नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले पाँच नम्बर प्रदेशको लुम्बिनीमा बौद्ध विश्वविद्यालय र...