नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

हक्कीको खेल तालिका सार्वजनिक,बुधबारदेखि खेल हुँदै

नेपालगन्ज ।हक्की प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तालिका अनुसार, समूह ए मा नेपाल आर्मी, गण्डकी प्रदेश, प्रदेश नं. २, ३ र नेपाल पुलिसको टोली रहेको छ । समूह वी मा प्रदेश नं. ५, १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश टोली रहेका छन् । प्रतियोगिताको पहिलो दिन तीन खेल हुने भएको छ । मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) का अनुसार बुधवार विहान ७ बजे पहिलो खेल...

विपन्न परिवारका यूवालाई स्वरोजगार बनाउन मोवाइल तालिम

नेपालगन्ज  । गरिव तथा विपन्न परिवारका यूवालाई स्वरोजगार बनाउन एक महिने मोवाइल मर्मत तालिम नेपालगन्ज उपमहानगरपालिका–१३ मा सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१३ मा बसोबास गर्दै आएका घसियार, मुस्लिम र पछाडी परेका समुदायका यूवालाई लक्षित गरि तालिम आयोजना गरिएको टच नेपालका अध्यक्ष पूर्णप्रकाश डाँगीले बताए। नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ को सहयोगमा टच नेपालले  सोमबार देखि आयोजना गरेको तालिममा १३ जना यूवाको सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्ज...

मेटिदैं त्रिभुवन चौकको इतिहास

नेपालगन्ज । पटक पटक सभागृह निर्माणका निहुँमा आयोजित बृहत मेला महोत्त्सवबाट संकलित रकम पारदर्शी रूपमा सार्वजनिक नगर्दा विवादीत बनेका नेपालगन्ज उद्योग बाणिजय संघका अध्यक्ष नन्दलाल बैश्य नेतृत्वको टोली पुरातात्विक र एतिहासिक संरचना तोडफोडमा सक्रिय देखिएको छ । उक्त टोलीले विगत ४० वर्ष पुरानो त्रिभुवनको शालिक रहेको त्रिभुवन चोक स्थित संरचना भत्काएर दादागिरी मच्चाएको छ । अध्यक्ष बैश्यको उक्त अनैतिक कार्यप्रति सर्वसाधारणले विरोध जनाएका छन् । सोमबार राति उनकै नेतृत्व र...

आठौँ राष्ट्रिय प्रतियोगिताको उदघाटन हुने शहरमा प्रचारप्रसार शुन्य
"प्रचार प्रसार उपसमिती आखिर किन मौन? "

नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा रङ्गशाला निर्माण कार्य तिब्र गतिमा गईरहेको छ। नेपालगन्ज रङ्गशालामा भौतिक पुर्बाधारहरु धामाधम निर्माण भइरहेका छन् , लामो समयदेखि अस्तब्यस्त नेपालगन्ज रङ्गशाला नयाँ रुप पाएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु यहि २७ गते देखि सुुुुरुु हुँदै छन् भने प्रतियोगिताको औपचारिक उदघाटन बैशाख ५ गते तोकिएको छ । प्रतियोगितालाई भब्य रुपले सफल बनाउन विभिन्न उपसमितीहरु गठन गरिएको छ। त्यस्तै प्रतियोगिताको महत्त्वपूर्ण जिम्मेवारी पाएको प्रचार प्रसार उप समिती...

आठौँका राष्ट्रिय पाहुनालाई नेपालगन्जीया सेकुवाको स्वाद चखाउन आतुर

नेपालगन्ज। नेपालगन्जको पहिचान र बिशेषता आफ्नै खालको छ। पश्चिम नेपालको सबैभन्दा ठूलो र दुई सय वर्ष पुरानो सहर हो नेपालगन्ज । सामाजिक, धार्मिक सद्भावको सह पनि हो नेपालगन्ज। नेपालगन्ज बागेश्वरी मन्दिर, नेपालकै एकमात्र जुंगे महादेवको मूर्ति, गूरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको सहर हो । नेपालगन्ज नेपालमै नहुने मौसम बोकेको सहर हो । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडोको सहरका रुपमा चिनिन्छ नेपालगन्ज । यत्तीले मात्र नेपालगन्जको पहिचान र...

भेरी अस्पतालका चिकित्सकले सोमवार बहिरंग सेवा प्रदान गरे

नेपालगन्ज ।भेरी अस्पतालका चिकित्सकले सोमवार पनि बहिरंग सेवा दिएका छन् । भेरी अस्पताल विकास समिति र करारका चिकित्सकले सोमवार बहिरंग सेवा दिएका हुन् । विरामीको चाँपलाई मध्यनजर गरि सोमवार अस्पताल विकास र करारका चिकित्सकले बहिरंग सेवा दिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुपानन्द अधिकारीले बताए । उनले अस्पताल विकास समिति र करारका चिकित्सक समायोजनमा नपर्ने भएकोले सेवा संचालनका लागि आग्रह गरिएको बताए । ‘विरामीको चाँपलाई मध्यनजर गरि सेवा दिन आग्रह...

नेपालगन्ज भन्सारका नासु चन्द विरुद्ध विशेष अदालतमा मुद्दा दायर

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मण बहादुर चन्दविरुद्ध मुद्दा  दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा  ५२ हजार घुससहित पक्राउ परेका नेपालगन्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मण बहादुर चन्दविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। चन्दले भन्सारबाट आयात हुने चामललगायत अन्य सामानहरुको प्रज्ञापन पत्र बनाइदिने तथा भन्सार जाँच पासमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरीको आधारमा अख्तियार बुटवल अन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले...

अध्यक्ष बेहनाले हकि खेलाडीहरुलाई गरे आर्थिक सहयोग

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्षले खेलाडीहरुलाई  चेक हस्तान्तरण  गरेका छन् । वडा नम्बर ४ का  अध्यक्ष मो. सफिक बेहनाले आफ्नो तलब भत्ता बापतको सेवा सुबिधाको १२५००  रुपैयाँको चेक हकि खेलाडीहरुलाई  सहयोग गरेका हुन् ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामाा प्रदेेश नम्बर ५ बाट छनौट भएका नेपालगन्जका खेलाडीहरुलाई अभ्यास गर्दा चाहिने आबश्यक डाईटको लागी अध्यक्ष बेहनाले हकि खेलाडी नफिस अन्सारी लगायतका खेलाडीहरु माझ आज चेक हस्तान्तरण गरेका हुन् । यति...

बन पैदावार उद्योग व्यवसायी संघ बाँकेको सातौं बार्षिक साधारण सभा सम्पन्न,संघले आठौँ राष्ट्रिय प्रतियोगितामा सहयोग गर्ने

नेपालगन्ज ।नेपाल बन पैदावार उद्योग व्यवसायी संघ बाँकेको सातौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपालगन्जमा आयोजित साधारणसभाको उद्घाटन सत्रमा बोल्दै नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका निबर्तमान अध्यक्ष कपिल प्रसाद अधिकारीले बन क्षेत्रको नीति नियम तथा ऐन कानुनहरु बनाउँदा उद्यम व्यवसायमैत्री बनाउनु पर्ने भन्दै सम्वद्धको ध्यानाकर्षण गराए । उनले गएको स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि बनेका व्यवसायी संघमा आबद्ध संघका सदस्यहरुलाई स्थानीय तहहरुमा बन्ने बनसँग जोडिएका नीति नियममा...

नेपालगञ्जको वडा न १० मा सचेतनामुलक कार्यक्रम

नेपालगञ्ज।नेपालगञ्ज उपमहानगरपालिका वडा न १० मा लागुऔषध रोकथाम, न्यूनीकरण तथा चेलिवेटी वेचविखन विरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको छ । वडा न १० वडा कार्यालय, समुदाय प्रहरी वडा समितीको आयोजनामा आज समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त शारदा आधारभुत विद्यालय मैदानमा सो कार्यक्रम गरिएको हो । लागु औषध विरुद्धका अभियन्ता, जनप्रतिनीधी, प्रहरी, यूवा, विद्यार्थी, वडावासी लगायतको सहभागितामा रहेको कार्यक्रमका अधिकांस वक्ताले लागुऔषध दुव्र्यसन तथा चेलीवेटी वेचविखन नियन्त्रणमा सामुहिक हातेमालोमा जोड दिएका छन् । प्रदेश सभा...