नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे शुक्रबार नेपालगञ्जमा मिडिया कार्यशाला गरिएको छ । बाँकेमा हुन लागेको खेल महोत्सवलाई सफल, मर्यादित बनाउन शुक्रबार पत्रकारहरुबीच मिडिया कार्यशाला गरिएको हो । खेल महोत्सवको प्रचार प्रसार, पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, आम दर्शकको हुने धारणा, समाचार संकलन लगायतका बिषयमा कार्यशालामा छलफल गरिएको छ । कार्यशालमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसारका निम्ति छुट्याईएको रकमको सदुपयोग गर्ने बारे समेत जानकारी गराएको छ । कार्यशालालाई खेल पत्रकार तथा...
नेपालगन्ज । नेपालगन्जको एक प्लाईउड उधोगमा आगलागी हुँदा करोडौंको नोक्सानी भएको छ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ को कार्यालय नजिकैको ओम प्लाईउड एण्ड फर्निचर उद्योगमा आज बिहान ४ बजेर ५० मिनेटमा आगलागी भएको । आगलागीमा परेर उद्योगका दुई मेसिनमा पुर्ण रुपमा क्षति पुगेको छ भने आवश्यक कच्चा पदार्थसमेत जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आगलागीको कारण करिव ५ देखि ६ करोड रुपैयाँ सम्म क्षति भएको प्रारम्भिक अनुमान गरिएको...
नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्वास्थ्य उपसमितिले खेलपिच्छे स्वास्थ्य सेवा दिन थालेको छ । उपसमितिले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रत्येक खेलस्थलमा चिकित्सक, स्वास्थ्यकर्मी, मेडिकल टिम, औषधी र एम्वुलेन्ससहित प्राथमिक उपचार सेवा खेल अवधिभर दिन थालिएको संयोजक उपेन्द्रकुमार पौडेलले जानकारी दिए । खेलाडीहरुलाई चोट पटक लाग्ने बित्तिकै उपचार पाउने गरी विभिन्न अस्पतालहरुमा चिकित्सकको टोली तयारी अवस्थामा रहेको पौडेलले बताए । खेलाडीको स्वास्थ्य अवस्थालाई ध्यान दिदै रंगशालाको पौडी पोखरीमा मेडिकल सेन्टर सन्चालन...
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन बुधबार आर्मीले ३ स्वर्ण जितेको छ ।नेपालगन्ज रंगशालाको कभर्डहलमा भएको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जितिन् । फाइनलमा इन्दिराले एपीएफकी जानुका स्याङ्तानलाई १५–८ ले पराजित गरिन् । एपीएफकाद्वय अनिता कार्की र पूजन कुमालले कांस्यमा चित्त बुझाए । महिला व्यक्तिगत साबरमा आर्मीकी कमला श्रेष्ठले फाइनलमा आफ्नै क्लबकी अस्मिता बस्नेतलाई १५–१० ले हराउदै शीर्ष स्थान कब्जा गरिन् । प्रदेश...
नेपालगन्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहीवार भएको पुरुष हक्की प्रतियोगितामा तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोलले पराजित गरेको हो । सुदूरपश्चिमको तर्फबाट खेलको १७ औँ मिनेटमा जर्सी नंं. १५ का राम परियारले पहिलो गोल गरे । त्सयैसगरि, ४३ औँ मिनेटमा ११ नं. जर्सीका भिमदत्त भट्ट र ५० औँ मिनेटमा २ नं. जर्सीका कान्तुराम पनेरुले एक–एक गोल गरेको मुख्य प्रशिक्षक...
नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहीवार भएको पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लवको सामुन्ने गण्डकी प्रदेश स्तब्ध भएको छ । विहीवार विहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लव ५–० गोलले विजयी भएको हो । गण्डकी प्रदेशलाई प्रतियोगिता अवधिभर दवावमा राखेका नेपाल पुलिसका तर्फबाट पाँच वटै गोल जर्सी नंं. १० का खेलाडी रोमन राणाले गरे । उनले खेलको १० औँ, १२ औँ, ३८ औँ, ४५ औँ र ५५ औँ मिनेटमा...
नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालमा नर्स लगायतको जनशक्ति खाली भएको छ । स्वास्थ्य सेवामा यो झनै चुनौतीपूर्ण र पेचिलो बनेको छ । सरकारी सेवामा रहेका चिकित्सक आन्दोलित छन । भेरी अस्पताल कार्यरतमध्ये ३५ जना कर्मचारी प्रदेशमा समायोजन गरिएका छन् । जसमा २७ स्टाफ नर्समध्ये दुई जना नर्सिङ अधिकृतसहित आठ जना संघमा परेका छन् । अरू १९ जना प्रदेशमा परेको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले बताए । बुधबारदेखि नर्स र ल्याव कर्मचारीविहीन जस्तै...
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र गण्डकी प्रदेशले बराबरी खेलेका छन् । नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको उदघाटन खेेलमा उपाधिका दाबेदार आर्मी र गण्डकीले गोलरहित बराबरी खेले । गत माघ अन्तिम साता झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीको फाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो । अन्य खेलमा प्रदेश २ र प्रदेश ५ विजयी भए । प्रदेश...
नेपालगन्ज ।आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबार विहान भएको पुरुष हक्कीमा नेपाल आर्मी र गण्डकी प्रदेश वीच भएको उद्घाटन खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँडिएको छ। आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको...
नेपालगन्ज।आठौं राष्ट्रिय खेलकुदअन्तर्गतका विभिन्न ५ खेलका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछ । आठौं राष्ट्रियको औपचारिक उद्घाटन बैशाख ५ गते हुने भए पनि ५ खेल भने पूर्व निर्धारित तालिका अनुसार बुधबारदैखि नै हुन लागेको हो । समापन बैशाख ११ गते हुनेछ । उद्घाटन र समापन दुवै नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ । दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा...