नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगन्ज ।नेपाल पत्रकार महासंघ बाँकेले संस्थागत गरिमामा आँच पुर्याउने गरी भईरहेका गतिविधिहरुको बारेमा सर्वपक्षीय समिक्षा गरेको छ । शनिबार महासंघको कार्यालयमा सर्वपक्षीय छलफलको आयोजना गरी महासंघले बाँकेमा पत्रकार महासंघको संस्थागत गरिमामा आँच पुर्याउने गरी भइरहेको निरन्तर आक्रमणप्रति गम्भीर समीक्षा गरेको हो । महासंघ बाँके अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षता तथा पत्रकार महासंघ ५ नं प्रदेशका महासचिव भेषराज बस्नेतको विशेष उपस्थितिमा शाखाका पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, पूर्व केन्द्रीय पदाधिकारी, पेसागत संघसंगठनका प्रतिनिधि, अग्रज पत्रकार...
नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा नेपालगन्ज नगर क्षेत्रका सडकहरु मर्मत तथा कालोपत्रे गर्ने कार्यलाई तीव्र पारिएको छ । नेपालगन्ज रगंशाला प्रवेश हुने मुल तथा सहायक सडक धमाधम मर्मत तथा कालोपत्रे गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । नगर क्षेत्रका साना–ठुला गरी झण्डै एक दर्जन सडक मर्मत र कालोपत्रे भइरहेको उपमहानगरले जनाएको छ । अधिकांश मुख्य सडकहरु कालोपत्रे भइसकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले बताए । आठौँ राष्ट्रिय प्रतियोगितालाई...
नेपालगन्ज ।नइ प्रकाशनद्वारा मन, वचन र कर्मले स्वास्थ्यविज्ञानमा समर्पित भई जनस्वास्थ्यका लागि अनुकरणीय योगदान पुर्याउने प्रा.डा.महेश खकुरेललाई ‘नइ खरा प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सृजनात्मक र सङ्गठनात्मक रुपमा समर्पित भई देशदेशान्तरमा नेपालीभाषा र साहित्यको गरिमा बढाएबापत श्री मोहन दुवाललाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ । त्यसैगरी उपत्यका बाहिर बसेर नेपाली भाषासाहित्य र शिक्षासेवामा निरन्तर समर्पित रहँदै पुर्याएको विशिष्ट योगदानका निम्ति नेपालगञ्जकी...
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले महिलाहरुलाई सवारीसाधन चलाउन निःशुल्क प्रशिक्षण दिने भएको छ । चैत १८ गते सार्वजनिक सूचना जारी गरी उपमहानगरपालिकाले हलुका सवारी साधन कार,जीप चलाउन सिक्न चाहाने महिलाहरुलाई आवेदन दिन भनिएको छ । महिलामैत्री बस सन्चालनको तयारीमा रहेको उपमहानगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन फरक पेशामा प्रोत्साहन गर्दै नयाँ कामको सुरु गर्न थालेको हो । आर्थिक सबलीकरण र सशक्तीकरणको माध्यमबाट घरभित्रै सिमित महिलाहरुलाई आर्थिक क्रियाकलापमा संलग्न गराउन सवारीसाधनको प्रशिक्षण दिन लागिएको उपमहानगरपालिकाका...
नेपालगन्ज । नेपालगन्जमा सुनर नेपालगन्ज चौथो खुल्ला रात्री क्रीकेट प्रतियोगिता हुने भएको छ । सुनर क्रीकेट स्पोर्ट्स क्लबको आयोजनामा यहि चैत्र २९ देखि प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ। रु. १०००० समाबेश शुल्क लिने उक्त प्रतियोगितामा एक टिमले चारजना मात्र ( भारतीय ) बिदेेेेशी खेलाडीहरु राख्न पाउने भएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले पचास हजार रुपैयाँ र दोश्रो हुनेले तीस हजार रुपैयाँ प्राप्त गर्ने भएकाछन् । प्रतियोगिता आसिसीको...
नेपालगन्ज। नेपालगन्जमा केही यस्ता खानेकुरा छन् जुन नखाई नेपालगन्जको यात्रा पूरा हुँदैन । पान, पानीपुरी, राबडी, चाट, बिरयानी, लस्सी र मलाई चाय नेपालगन्जका पर्यायी परिकार हुन् । जसमध्ये नेपालगन्जको हलुवा पराठा पनि एक हो । नेपालगन्जको चौलिक्का चोकमा एक ब्यक्तिले एउटै परिकार बिगत ३३ बर्षदेखि बेक्रि गर्दै आएका छन् । उनी हुन् जलिल अहमद र उनले बेच्ने परिकार हो हलुवा पराठा । बिहान महेन्द्र बहुुमुखी क्याम्पस पढ्ने विद्यार्थी हुन् या रुपईडिहा...
नेपालगन्ज। अधिवक्ता सुनिल कुमार श्रेष्ठ प्रदेश नम्बर ५ नेपाल बार एशोसियसन उपाध्यक्षमा निर्बाचित भएका छन् ।गत शनिबार सम्पन्न नेपाल बार एशोसिएसनको निर्बाचन अन्तर्गत श्रेष्ठ बृहत लोकतान्त्रिक समूहको प्रदेश ५ मा उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । यद्यपी मतगणना सकिए पनि निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गरेको छैन । ...
नेपालगन्ज । के नेपालगन्जकि गम्भीर बिरामी पुनम नेपालीलाई सगयोग गर्ने कोहि छैनन् ? पुनमलाई चिकित्सकले बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने बताएपछी आर्थिक अभावका कारण नेपालगन्ज उपमहानगरपालिका ७ की २३ वर्षीय युुुबतीको थप उपचार हुन सकेको छैन् ।तिन महिना अघि शरिर निलो हुँदै गएपछि नेपालगन्ज स्थित नर्सीगंहोममा स्वास्थ्य परिक्षण गराउँदा चिकित्सकले नेपालगन्जमा उपचार सम्भव नभएको भन्दै लखनऊ लैजान परिवारलाई बताएपछी उनका श्रीमान सुरेश नेपालीले थप उपचारका लागी लखनउ लगेका थिए । आर्थिक अभावका...
नेपालगन्ज( बाँके )। नेपालगन्जको जमुना नाका अघि अबैध माछा धमाधम बिक्री वितरण भइरहेको छ।किन हुन्छ यस्तो अबैध माछाको कारोबार? कस्ले सघाउछ यो कार्यमा?नेपालगन्ज स्थित पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको टिमले छापा मारेको दुई सातापछि जैसपुरको माछामन्डीका पसलमा भारतीय प्रयास माछा खुलेआम बिक्री भइरहेको छ। नेपालगन्जको भन्सार छेउमै रहेको जैसपुरमा–५ मा पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख डा। सितलबाबु श्रेष्ठ नेतृत्वको टोलीले अनुुगमन गरी ७७ किलो भारतीय माछा बरामद गरेको थियो। बुधबार सोही...
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले बुटवल बसपार्कको स्थलगत अबलोकन गरेको छ। नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापमगर नेतृत्वको टोलीले बुटवल बसपार्कको निर्माण प्रकृया लगायत ब्यबस्थापन बारे जानकारी लिएको छ। उपप्रमुख उमा थापमगर सगै वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना, वडा नम्बर ४ का अध्यक्ष अयुब सिद्दिकी लगायत उपमहानगरकै वरिष्ठ आन्तरिक लेखा परिक्षक खिमानन्द अर्यालको टोलीले आज बुटवल बसपार्कको अबलोकन गरेको हो। उप प्रमुुुख थापा सहितको टोलीलाई बुटवल उपमहानगरपालिकाकि उप प्रमुख...