अध्यक्ष बेहनाले हकि खेलाडीहरुलाई गरे आर्थिक सहयोग
प्रकाशित मिति : २०७५, २४ चैत्र आईतवार १६:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्षले खेलाडीहरुलाई चेक हस्तान्तरण गरेका छन् । वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले आफ्नो तलब भत्ता बापतको सेवा सुबिधाको १२५०० रुपैयाँको चेक हकि खेलाडीहरुलाई सहयोग गरेका हुन् ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामाा प्रदेेश नम्बर ५ बाट छनौट भएका नेपालगन्जका खेलाडीहरुलाई अभ्यास गर्दा चाहिने आबश्यक डाईटको लागी अध्यक्ष बेहनाले हकि खेलाडी नफिस अन्सारी लगायतका खेलाडीहरु माझ आज चेक हस्तान्तरण गरेका हुन् ।
Advertisement
यति ठुलो प्रतियोगिता खेल्नलाई उनिहरु अभ्यास गर्दा आबश्यक इनर्जी चाहिने भएको हुँदा आफुले १२५०० रुपैयाँ सहयोग गरेको अध्यक्ष बेहनाले बताए।” खेलाडी भनेका देशका गहना हुन् ,उनीहरुलाई सहयोग गर्न पाउनु गौरबको कुरा हो र मैले आज उनिहरुलाई सहयोग गर्न पाउँदा खुशी भएको” अध्यक्ष बेहनाले भने।
आफू पनि खेलाडी हुुँदा कहि कतै बाट सहयोग नपाएको सम्झदै अध्यक्ष बेहनाले आँखाभरी आँसु झार्दै भने -आज म धेरै खुशी भएको छु, कमसेकम मेरो जस्तो अवस्था कुनै खेलाडीको नहोस् ।
लामो समयदेखि खेलाडीहरुलाई प्रशिक्षण दिइरहेको अवस्था छ तर सरकारी निर्णय अनुसार ५ दिनको मात्रै बन्द प्रशिक्षण रहेकोमा अध्यक्ष बेहनाजिले खेलाडीहरुको लागी गरेको आर्थिक सहयोगले सबै खेलाडीहरु अन्त्यन्त खुशी हुनुका साथै आफुले पनि खुशी भएको अवस्था रहेको बाँके जिल्ला हकि संघका अध्यक्ष एबम प्रशिक्षकको भुमिकामा रहेका निजामुद्दिन सिद्दीकिले बताए।
यस अघि पनि अध्यक्ष बेहनाले आफ्नो सेवा सुबिधा बापतको रकम अन्य थुप्रैलाई समेत सहयोग गरिसकेका छन् ।