विचार/दृष्टिकोणमा रहेका समाचारहरु
सर्लाहीमा हृदयविदारक एउटा अविस्मरणीय घटना भएको छ । पिपरियानिवासी ३० वर्षिया गुन्द्रदेवीले आफ्ना तीनवटी छोरीलाई विष खुवाई आत्महत्या गरेकी छिन् । तीनछोरीमध्ये चन्द्रादेवीको मृत्यु भइसकेको छ भने अन्य पूजाकुमारी र राधाकुमारीको अवस्था पनि ज्यादै गम्भीर रहेको खबर सार्वजनिक भएको छ । सन्तानलाई खुवाउने कुरो केही नभएकाले निराशाको गहिरो सागरमा डुब्न बाध्य गुन्द्रदेवीले अन्ततोगत्वा ससन्तान मृत्युवरणको बाटो रोजेको स्थानीय भनाइ छ भने गरिबीकै कारण काल पल्केको प्रहरी विवरण छ । गरिबीले अत्तालिएर...
पुस २१ ।नेपालका राजनीतिक पार्टीहरुमा नेतृत्वको आफनै शैली र परम्परा छ । नेतृत्वप्रतिको बुझाइमा पनि पार्टीहरुमा आ-आफ्नै चिन्तन परम्पराहरु छन् । नेतृत्वको तरिकाबाट पार्टीको सुव्यवस्थित सञ्चालन र भविष्यको निर्धारण हुने गर्दछ । लोकतान्त्रिक पार्टीहरु र कम्युनिष्ट पार्टीहरुमा नेतृत्वप्रतिको फरक-फरक वैधानिक एवम् परम्परागत आदर सम्मान समेत गर्ने गरेको पाइन्छ । नेपालको सन्दर्भमा पार्टीहरुको नेतृत्व निर्माण परम्परा र शैलीको चर्चा गर्दा दुई भिन्न रुप देखा पर्छ । क. एकल नेतृत्व शैली २००६...
पुस १९ । राजनीति ठुलो ब्यापार रहेछ ! व्यापारीहरुले बजारमा बिक्ने र मुनाफा आउने सामानमा कारोबार केन्द्रित गर्दा रहेछन् ! राजनीतिको व्यापारमा कहिल्यै वर्गको व्यापार हुन्छ ! कहिले लिङ्गको, कहिले जातको, अनि कहिले रङ्गको ! कहिले धर्मको, कहिले राष्ट्रियताको अनि कहिले पहिचान र सामर्थ्यको ! अहिले संविधान संशोधनको पसल मार्फत सट्टाबजार होलसेलमा पहिचान, खुद्रामा सीमाङ्कन, ब्ल्याक मार्केटमा प्रदेश राजधानी अकाशिएको छ । र, त्यसको गोप्य दलालीमा ‘रियल स्टेट’ कारोबारलाई...
गत वर्ष असोज ३ गते संविधानसभाको अन्तिम बैठकमा उपस्थित नेपालको संविधान जारी गर्ने पक्षमा रहेका संविधानसभा सदस्यले जुन हर्षोल्लासपूर्ण वातावरणमा करतल ध्वनिका साथ एक स्वरमा नयाँ संविधान जारी भएकामा स्वागत गरेका थिए, अहिले तिनै सभासद् त्यही संविधानको संशोधनको विषयमा चारतिर फर्किएर एक अर्कालाई धारेहात लगाउन थालेका छन् । एमालेका केही नेताले अहिले पनि नेपालको नयाँ संविधानलाई संसारकै उत्कृष्ट संविधान भन्न छाडेका छैनन् । हाम्रो संविधान साँच्चिकै विश्वकै उत्कृष्ट संविधान...
अत्यन्त जरुरी महत्त्वको राष्ट्रिय कार्यमन प्रतीक्षा सूचीमा छ । व्यवस्थापिका संसद्मा जारी गतिरोधको अवस्थाले राष्ट्रिय कार्यमन नै अनिर्णित रहन गएको छ । संसद्बाट सम्पादन हुने सबै कार्य हाल मुल्तवीमा रहेका छन् । संसद्को गतिरोध अन्त्य गर्न प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसे पनि विना निष्कर्ष टुङ्गिएको छ । यसको अर्थ नेतृत्व वर्गमा राष्ट्रप्रति जिम्मेवारीबोधको भावना छैन भन्ने नै हो । सत्ता पक्ष र प्रतिपक्ष दुवैले आ–आफ्ना अडान छाडेका...
नेपालको राजनीतिमा एक दशकदेखि सङ्क्रमणको कारक सङ्घीयता बनेको छ । अबको राजनीतिक सङ्क्रमण अन्त्य गर्ने भनी गरिएको सोह्रबुँदे राजनीतिक सहमतिदेखि संविधान संशोधनको प्रस्तावमा पनि सङ्घीयता नै समस्याको कारण बनेको छ । यसलाई हेर्दा तल्कालमा सोह्रबँुदेभित्र गरिएको सहमति, सङ्क्रमणको अन्त्य गर्ने उपायका रूपमा प्रस्तुत नभई सङ्क्रमणलाई टाढासम्म डो¥याउने निश्चित कारक तत्वका रूपमा देखिएर आयो, जसलाई तत्कालीन सत्ताले निधो गर्नु पर्दथ्यो तर त्यसो भएन । यसका केही सरल र स्पष्ट आधारहरू...
पूस १६ ।सर, पुष्पलालवाला इन्सिडेन्ट लेख्नू न, त्योबेलाको वनारस पढ्न मजा आउँछ। मेरो मोबाइल बक्समा उदय अधिकारीको यस्तो एसएमएस आयो। म एक प्रकारको अभाव र तनावको मनस्थितिमा थिएँ। बिछट्टै गर्मी, जस्तापाताको छानो भएको घरमुनि लोडसेडिङको उपहारको छायाँको शीतल तापेर मोबाइलको एफएमबाट लोकतान्त्रिक गणतन्त्रको रत्यौली सुनिरहेको थिएँ। उदयको एसएमएसले अचानक मेरो मनको स्टेयरिङ घुमाइदियो। के साँच्चै त्यस समयका घटनाहरूको संस्मरण प्रासङ्गिक होला? अहिलेको पुस्ता वा पठन संस्कृतिमा त्यसको प्रवेश सान्दर्भिक र उल्लेखनीय...
पूस १६। पछिल्लो महिना एक दिन म सामाजिक सञ्जालबाट बाहिरिने निर्णयमा पुगें । तर वर्षौंदेखिको नशा कसरी एकैपल्ट छाड्न सकिन्थ्यो र? लाग्यो, शुरुमा केही समय ‘ट्रायल’ गरिहेरौं । ट्वीटरको खातामा गएर ‘डिएक्टिभेट’ क्लिक गरें । त्यसपछि आएको सुचना अनुसार ट्वीटरबाट त्यसरी बाहिरियो भने त्यसमा रहेका आफ्ना सारा सम्पत्ति एक महिनाका लागि मात्र त्यहाँ रहने रहेछन् र अनि स्वतः ट्वीटरले सफाइ गरेर हटाइदिने रहेछ । म हच्किएँ र फेसबुकतिर लागें । आफूले...
एक जुगमा एक पटक मात्र आउने संविधानसभाबाट संविधान बनेपछि देशमा दु्रत विकास र सघन परिवर्तनको आशा थियो । तर सङ्घीयता, सीमाङ्कन तथा संविधान संशोधनका विषयले राजनीतिलाई गिजोल्दैछन् । दलहरूबीच मतभेद र दूरी बढ्दा पूर्ण राजनीति अप्ठेरोमा छ । देश २०÷५० वर्ष पछाडि धकेलिँदैछ । देशहरू विकसित÷अविकसित तथा क्षेत्रफल र जनसङ्ख्यामा सानो÷ठूलो भए पनि सबैको सार्वभौमता र स्वाभिमान चाहिँ समान हुन्छ । तर अहिले स्वाभिमानको खरिद÷बिक्री अनि स्वतन्त्र तथा सार्वभौम राष्ट्रको...
राजनीति ज्वालामुखीजस्तो छ, अहिले नेपालमा । विस्फोट टाढा छैन । तर विदेशी दासत्व र आदेशमा आफूलाई नेपाली जनताका नेता मान्ने वर्तमान राज्य सञ्चालक त्यही सत्ताको क्षणिक न्यानोमा रमाइरहेका छन् । विस्फोटको पहिलो निशान आफैं हुने सामान्य ज्ञानसमेत छैन, उनीहरूलाई । अदालत न्याय दिने नाममा आफैंले बोलाएको व्यक्तिलाई संरक्षण दिन सक्षम छैन । न उसमा कुनै दोषभाव देखिन्छ । मुलुक भूगोल र जातीयताको दलदल र द्वन्द्वमा अगाडि बढ्दो छ । यो...