विचार/दृष्टिकोणमा रहेका समाचारहरु
बन्दको राजनीतिले यतिबेला नेपाल आक्रान्त छ । बन्द त्यसबेला राजनीतिक हतियार हो, जतिबेला मुलुकले निर्णायक आन्दोलन चाहेको हुन्छ तर सरकारसँग यो वा त्यो माग पूरा गराउन गरिने बन्दको कुनै औचित्य छैन । आजसम्म बन्दका कारणबाट कुनै माग सरकारले पूरा गरेको छैन । सरकारका विरुद्ध बन्द नैतिक दबाब पक्कै हो । यो मुलुकमा नैतिक सरकार गठन भएका घटना इतिहासमा कतै पाइएला, नेपाली नागरिकले यो जुनीमा देख्न र भोग्न पाएको छैन...
नेपाली राजनीति गतिरोधको शिकार भएको छ । ठूला राजनीतिक दल तीव्र धु्रवीकरणमा छन् । व्यवस्थापिका संसद्मा अवरोध कायम छ भने पश्चिम तराईका कतिपय जिल्ला अशान्त छन् । राजनीतिक गतिहीनताको असर हरेक क्षेत्रमा परेको छ । समग्रमा, आशामुखी जनता निराशाको अँध्यारो गुफामा फस्दै गएका छन् । उत्तरतिर बढ्दो हिमपात र दक्षिणतिर चम्कँदो शीतलहरका माझ नसुल्झँदो राजनीतिक अन्योल राष्ट्रिय पीडाको विषय बनेको छ । एउटै जहाजमा सवार नेतृत्वगण गन्तव्यमा नपुग्दै ३६ को...
राष्ट्रियता राष्ट्रवाद अनि दलाली राष्ट्रघात नेपालमा लामो समयदेखि विवाद र बहसका बिषयवस्तु बन्दै आएका छन् र यो बहसको केन्द्रमा आउँछ दक्षिणी छिमेकी- भारत ! हामी प्रत्येक सचेत नेपाली नागरिकलाई यति थाहा छ कि नेपाल राष्ट्रको राष्ट्रियता र समृद्धिको एकमात्र बाह्य बाधक तत्व केही कोहि छ भने त्यो हो भारतीय बिस्तारवादी हस्तक्षेप ! हाम्रा वीर पुर्खाले अङ्ग्रेजहरुसँग डटेर, लडेर, जितेर बाँकी रहेको नेपालमाथिको भारतीय गिद्धे नजरको रवैया भारत अङ्ग्रेजबाट स्वतन्त्र भएपछि...
४ पुस । एउटा सभ्य समाजलाई लज्जित तुल्याउने गरी हत्या गरियो काभ्रेकी लक्ष्मी परियारको । बोक्सीको आरोपमा आफ्नै छोराले पढ्ने विद्यालयको पोलमा ल्याएर बाँधिन्छिन् अनि मलमूत्र खुवाएर कुटिन्छिन् । कुटेकै कारण उनको मृत्यु हुन्छ । लक्ष्मीको मृत्य भएको आइतबार ९ दिन भइसकेको छ । त्रिवि शिक्षण अस्पतालमा राखिएको लक्ष्मीको शव ९ दिनसम्म बितिसक्दा पनि उनको पोस्टमार्टम हुन सकेको छैन । लक्ष्मीका परिवार मात्रैले होइन, सिंगो समाजले उनको मृत्युलाई स्वीकार गर्नै सक्दैन...
२८ मङ्सिर ।आइतबार राति ‘कनीकुथीपुर’ नाम राखिएको वेबसाइटमा एउटा ‘समाचार’ प्रकाशित भयो जसको शीर्षक थियो – “एमाले विश्वकै राष्ट्रवादी पार्टी : संयुक्त राष्ट्र संघ”। लेखकको अनुरोधमा अध्ययन प्रयोजनका लागि नेपालको सबैभन्दा चर्चित ब्लग ‘माइसंसार’ले सोसल मिडियामा गलत समाचारहरु कसरी र कत्ति फैलिँदो रहेछ भनेर परीक्षण गर्न यो समाचार फेसबुक पेजमा प्रकाशित गरेको थियो। त्यो शीर्षकलाई फेसबुकबाट ६ वर्ष अगाडिको मितिमा पेजमा नदेखिने गरी शेयर गरिएको थियो। टम्बलर नामको निःशुल्क ब्लग...
महिला हिंसाविरुद्धको सोह्र दिने अभियान समाप्त भएकै थिएन । सरकारी, गैरसरकारी संस्थाहरुका बैठक र गोष्ठी तारे होटलदेखि गाउँघरसम्म चलिरहेकै थिए । महिलामाथि हुने सबैखाले हिंसा बन्द गर्नुपर्छ भन्ने सन्देश फैलाउन तिनीहरुको मनग्गे पैसा खर्च भएको हुनुपर्छ । महिला अधिकारकर्मी संघ संस्थाहरु आफ्नो कार्यक्रमको प्रगतिको प्रतिवेदन लेख्न जुटेको हुनुपर्छ त्यो बेला । अकस्मात मंसिर २१ गते मंगलबार घटेको घटना सारा मिडिया भरी छ्याप्छ्याप्ती आयो । एउटा सुन्न पनि नसकिने चलचित्रको आततायी...
२७ मङ्सिर । पोखरामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई लक्षित गरी २३ मंसीरको अपरान्ह जुत्ता प्रहार भयो भन्ने समाचार सामाजिक सञ्जाल तथा नेपाली मिडियामा प्रकाशको गतिमा आयो र संसारभर फैलियो । सो दिन डा. भट्टराई पृथ्वीनारायण क्याम्पस पोखराका विद्यार्थीलाई सम्बोधन गर्दै थिए । राजनीतिज्ञमाथि जुत्ता प्रहार गर्ने कुसंस्कार संसारभरि छ । तसर्थ यो घटना पनि यथार्थजस्तै बन्न पुग्यो । जुत्ता प्रहार विरोधको एक शैली हो । इस्लामिक मुलुकमा यसलाई निकै अपमानजनक...
२७ मङ्सिर ।संसारमा अहिले स्वास्थ्य सेवामा दुई किसिमका विभेद रहेका छन्। एकातिर देशभित्रका नागरिकबीच विभेदपूर्ण अवस्था छ भने अर्कातिर देश –देश बीच पनि स्वास्थ्यको स्थिति, उपलब्धता, गुणस्तरियता लगायतका कुरामा विभेद छ। देशभित्र विभेदपूर्ण अवस्था कायम रहनुमा आन्तरिक कारण पनि छन्। आर्थिक अवस्था, जनताको स्वास्थ्यसम्बन्धी जनचेतना, स्वास्थ्य सेवा प्रणालीको प्रभावकारिता, स्वास्थ्य सेवामा काम गर्ने जनशक्तिको प्रतिवद्धता आदिले देशभित्रका नागरिकमा स्वास्थ्यमा विभेद छ। अन्तर्राष्ट्रिय रुपमा स्वास्थ्यको सेवामा देखा परेका मुद्दाहरु र ती...
मंसिर २६। ढोगका बारेमा जुहारी खेल्न पटक्कै मन थिएन । तर, अनलाइनखबरमा कालिका शिवाकोटीले लेखेको मैले सासूको खुट्टा किन ढोग्ने? शीर्षकको लेख शेयर गरेपछि मच्चिएको कोकोहोलो देख्दा केही लेख्न आतुर कलमलाई रोक्न सकिनँ । संगीता मरहट्टा शीर्षकमात्र पढेर मैले त्यो लेख शेयर गरेको थिइनँ । शीर्षक हेर्दा अलि कडाजस्तो लागे पनि लेखिकाले स्वतस्फुर्त कसैले कसैलाई ढोग्नु राम्रो हो, तर कतिपय अवस्थामा बुहारीहरुलाई मानसिक तनाव दिएर ढोग्न बाध्य गराइन्छ, त्यो दास प्रवृत्ति...
नेपालको राष्ट्रिय राजनीतिको रङ्ग मञ्चमा फेरि आन्दोलनको दुन्दुभी बज्न थालेको छ । देशको जिम्मेवार प्रतिपक्ष सडकमा पोखिएको छ । आन्दोलनको दुन्दुभी आगजनी तोडफोड, बन्दको चित्कार बोकेर कुदेको छ । आन्दोलनभित्र छिरेका जण्ड उद्दण्ड व्यक्तिहरू रमाएका छन् । भैरहवामा व्यापारीमाथि गोली प्रहार भयो । केही समयदेखि शान्तिले सास फेर्दै गरेको देशमा फेरि विभिन्न बहानामा आन्दोलनको आगो झोस्दै हिँडेको छ एमाले । सत्ताबाट बाहिरिनुपरेको पीडाले बिछट्टै छटपटिएको एमालेले आन्दोलनको अवसर ढुकेर...