विचार/दृष्टिकोणमा रहेका समाचारहरु
२४ मङ्सिर । म र भाइ बिहानैदेखि कोठा सफा गरिरहेका थियौँ । एक्कासी ढोका ढक्ढक्याएको आवाज आयो । फेरि घरबेटी आमा आउनुभयो कि कि क्या हो, खाना पकाउने भित्तामा पत्रपत्रिका लगाएकी लगाएनन् भनेर हेर्न । कोठामा बसेकै दिन घरबेटी आमैले भन्नुभएको थियो “ल मैले कोही कसैलाई पनि कोठामा खाना पकाउनेलाई डेरा नदिने सोचेकी थिएँ, तर तिमीहरुलाई यही कोठामा पहिले बस्नुभएको भाइले सिफारिस गरेकाले खाना पकाउन दिन्छु, तर खााना पकाउन राखिएको...
– स्लेट/स्मिथसोनिया/ आजभन्दा लगभग ६ करोड ६० लाख वर्षअघि एउटा उल्कापिण्ड पृथ्वीमा खसेको थियो। त्यसले पृथ्वीको सतह र वायुमण्डलमा यति ठूलो विनाशलीला मच्चायो, त्यतिबेला पृथ्वीमा पाइने भीमकाय जन्तु डायनोसर लोपै भएर गए। अन्य स्तनधारी र घस्रने जीवजन्तुको पनि विनाश भएको वैज्ञानिक अनुसन्धानले देखाएको छ। के त्यसपछि उल्कापिण्डसँग पृथ्वीको सामना कहिल्यै भएन? पृथ्वीको उत्पत्ति क्रममा यस्ता घटना धेरै भएको वैज्ञानिकहरूले भन्दै आएका छन्। आधुनिक इतिहासमा उल्कापिण्डको आकार उतिबेलाको भन्दा सानो भएको र टकराव...
गणतान्त्रिक संविधान घोषणापछि देशमा राजनीतिक निकाससँगै आर्थिक विकासकोे आशा थियो । संंसारका सभ्य र सफल देशजस्तै प्रगतिमा यात्रारम्भ गर्ने अपेक्षा थियो । यद्यपि ठोस प्रगतिको आभास भएको छैन । अझ केही मधेसवादी दलहरूका असहमति तथा आन्दोलनले संविधान नै संकटमा पर्दैछ । मधेसलाई विभेद गरेको आरोपमा संशोधनकोे माग तेस्याईयो । सीमाङ्कन, भाषा, नागरिकता जस्ता विषयमाथिको संशोधन प्रस्ताव राजनीतिमा मुख्य प्राथमिकताकोे रूपमा छलफलमा छन् । संशोधनको विधेयक संसद्मा दर्ता भएसँगै झन्...
जनवाद समाजवाद हुँदै साम्यवादको अधिकतम रणनीतिक लक्ष्य लिएर जनयुद्धको राजनीतिक प्रक्रियामा होमिनुभएका नेता डा. बाबुराम भट्टराईले नयाँ पार्टी घोषणा गर्नुभएको पनि ६ महिना बितिसकेको छ । संविधान जारी भएसँगै एमाओवादी परित्याग गरी नयाँ शक्ति अभियान चलाउनुभएका डा. भट्टराईले यसलाई वैकल्पिक राजनीतिक शक्ति भन्नुभएको थियो । उहाँले अन्य पार्टीलाई पुरातनवादी, परम्परागत र गतिशील नभएको भन्दै त्यसको औचित्य पुष्टि गर्न खोज्नुभयो । उपभोक्तावादी प्रचारशैली नियाल्दा जनताले त्यसलाई संसद्वादी दलभन्दा फरक अनुभूति...
पश्चिममा चीन, पूर्वमा जापान र उत्तर तर्फ उत्तर कोरिया, अनि विचमा अवस्थित छ, एशियाली विकसित हांगुक अर्थात दक्षिण कोरिया । स्थानीय हांगुक शव्दको अर्थ हो “हानो को भूमि“ । हान एक प्राग ऐतिहासिक जनजाति को नाम हो । जो कोरियाली प्रायद्वीपमा वसोवास गर्दै आइरहेका छन् । उसोत यो देश को एउटा अर्को उपनाम हो “जोसिओन“ जिसको अर्थ हुन्छ, शान्तपूर्ण भूमि, अर्थात शान्तिको देश । कोरियाको समकालीन विभाजन १९१० मा जापान...
सत्तारुढ दलहरू संविधानको दोस्रो संशोधनपछि मात्र संविधान कार्यान्वयनको बाटो खुल्छ भन्ने विश्वासमा छन् । यसकारण सरकार शीघ्र संविधान संशोधनको प्रस्ताव संसद्मा पेस गर्ने तयारीमा जुटेको छ । विगतमा केपी ओलीको सरकारले पनि संविधान कार्यान्वयनको आशामा संविधान संशोधन गरेका थिए । संविधान संशोधन भयो, नाकाबन्दी खुकुलो भयो तर अन्य समस्या जहाँको त्यहीँ रह्यो । यसकारण संविधान संशोधन मात्र निकासको कारण हुँदो रहेनछ । जबसम्म सहमति कायम हुन सक्दैन संविधान संशोधनले...
कल, छल र बल गरेर नेपालको अङ्गीकृत नागरिकता भएका र अहिले नेपालको संसद्मा पुगेका र नपुगेका समेत व्यक्ति अहिले आएर उनीहरू पनि नेपालका राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानमन्त्री र उपप्रधानमन्त्री जस्ता ठूला ओहोदामा बस्न पाउनुपर्छ भनेर लबिङ गर्दैछन् । अरू–अरू संवैधानिक पदमा पनि आफू बस्न पाउनुपर्छ भन्ने उनीहरूको जोड छ । गृहमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र केही संवेदनशील सचिवालयका सचिव समेत अङ्गीकृत नागरिकलाई दिनु कति जायज हुन्छ ? भारत जस्तो ठूलो...
विजय कुमार /मंसीर २ । ”हरेक युगको एउटा विशिष्ठ पात्र मात्र होइन, एउटा मुख्य प्रश्न पनि हुन्छ। एउटा यस्तो प्रश्न जसका माध्यमबाट त्यो युगका बारेमा फैसला गर्न सकिन्छ। जस्तो – के हुँदैछ? दोषी को हो? अब के गर्ने? गर्ने कि नगर्ने? आदि’ – स्तानिस्लाभ बेल्कोभ्स्की ” प्रिय सुनयना! सोधेकी छौ म कसको पक्षमा? केपी ओलीको? प्रचण्डको? देउवाको? महन्त ठाकुरको? वा अरू कसैको? इन्टरनेटको जमानामा पनि तिमी मलाई हस्तलिखित लामा लामा पत्र लेख्छौ। तिम्रो...
राधा पोखरेल,३० कात्तिक ।प्रिय बहिनी कुसुम ! मैले पनि थाहा पाएँ, तिमी ११ मा पढ्दै गरेकी गोरखाको एउटा सामान्य किसानकी छोरी हौ । केही हप्ता अघिसम्म यो समाजका लागि गुमनाम थियौ तिमी । चर्चाको शिखरमा छौ अहिले । तिमी चर्चाको चुलीमा पुग्नको कारण यौवन फक्रदैं गरेको तिम्रो तस्बीर कसैले तिमीलाई पत्तै नदिई आफ्नो मिडियामा ब्यापार गर्नाले हो । तिम्रो तस्बीर छापिनु राम्रो हो । अनि तिम्रो पेसाको परिचर्चा हुनु झनै...
विपुल पोख्रेल – कार्तिक ३० । नेपाली नेताले कोहीसँग भेट्न पर्दा चिनियाँहरुसँग अनुमति लिनुपर्ने हो ? कोसँग भेट्ने र कोसँग नभेट्ने भनेर चीनबाट नामावली मगाएर त्यसै अनुसार चल्नुपर्ने हो ? नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा आयोजित एउटा कार्यक्रममा बौद्ध धर्म गुरु तथा स्वतन्त्र तिब्बत पक्षधर नेता दलाई लामाका प्रतिनिधि तथा तिब्बती सरकारका निर्वासित प्रमुख लाप्साङ साङ्गे उपस्थित कार्यक्रममा सहभागिता जनाएको बिषयलाई लिएर निकै टिकटिप्पणीहरु भएका छन् । र, त्यही सेरोफेरोमा...