बुटवल वडा नं २ का अध्यक्ष नेपालद्वारा आत्महत्या प्रयास
प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार १५:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन् । वडा नंं २ स्थित आफ्नै घरमा बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् ।उनी झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल पुर्याएका थिए । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बुटवल वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले नेपालको अवस्था गम्भीर रहेको बताएका छन्।चिकित्सकलाई उद्धृत गर्दै क्षेत्रीले लामो समय श्वासप्रश्वास बन्द भएको कारण मष्तिष्कमा अक्सिजन बन्द भए पनि घाँटीको हड्डी भने नभाँचिएको बताए ।क्षेत्रीले उनको आत्महत्या प्रयासको कारणबारे केही थाहा नभएको बताए।
Advertisement