राजनीतिमा रहेका समाचारहरु

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा  ओली  आज स्वदेश फिर्ता हुँदै छन् ।  सिंगापुरमा मिर्गौलाको उपचारका लागि प्रधानमन्त्री ओली  त्यसतर्फ गएका थिए।ओलीको सिंगापुरमा ‘प्लाज्माफेरिसस’ को उपचार विधिबाट मिर्गौलाको उपचार गरिएको छउनको  प्लाज्माफेरेसिस उपचार विधि बुधबार सकिएको छ। प्रधानमन्त्रीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले उनी स्वदेश फर्किन लागेका हुन्।‘प्रधानमन्त्री ओली आज मध्याह्न साढे १२ बजे स्वदेश फर्किंदै छन् ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने। प्रधानमन्त्रीसँगै नेकपाका सचिवालय सदस्य वामदेव...

नेपालको भूमिमा भारतीयको दादागिरी : सहकार्य गर्दा बर्षौ बित्यो !

मनोज भट्ट, महेन्द्रनगर । भारतसंग जोडिएका कञ्चनपुरका विभिन्न सीमारेखामा भारतीय पक्षको अवरोधले विकासका गतिविधि प्रभावित पारिदिएको छ । कञ्चनपुरको पश्चिमी सीमारेखा देखि दक्षिणी तथा पुर्वी सीमारेखामा भारतीय पक्षको दादागिरीले विकासका गतिविधि प्रभावित पारेको छ । सीमामा नेपालीलाई दुःख दिने गरेको गुनासोकाबीच भारतीयहरुले विकास निर्माणका कार्यमा समेत अवरोध सृजना गर्न थालेका छन् । सीमारेखामा पर्ने नेपाली भू–भागमा समेत विभिन्न बहाना झिकेर विकास निर्माणका गतिविधिहरु सञ्चालन गर्न नदिएको स्थानीय तहहरुले जनाएका छन् । तर...

मङ्सिर १४ मा हुने उपनिर्वाचनलाई दल दर्ता खुला

नेपालगन्ज । निर्वाचन आयोगले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता खुला गरेको छ। आयोगले उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो। आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ। २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भाग लिएका दलले उपनिर्वाचनका लागि पुनः दल दर्ता गर्नु नपर्ने आयोगले जनाएको छ। २०७४...

नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयकको संशोधन दर्ता गरायो

काठमाडौं । नेपाली कांग्रेसले  मिडिया काउन्सिल विधेयकको संशोधन दर्ता गराएको छ। कांग्रेसले राष्ट्रिय सभामा सरकारले पेश गरेको नेपाल मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएको हो।राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे र सांसद राधेश्याम अधिकारीले विभिन्न २९ बुँदामा संशोधन गर्न माग गर्दै संशोधनको सूचना दर्ता गराएका हुन्।सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश गरेका थिए। विधेयकलाई लिएर नेपाल पत्रकार महासंघलगायतले विरोध गर्दै संशोधन...

धमिलो पानीमा माछा मार्ने काम नगरौंः मन्त्री राई

नेपालगञ्ज । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति नगरी हातेमालो र सहकार्य गर्नुपर्ने बताउनुभएको छ । नेपालगञ्जमा आज विहान आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले पछिल्लो समय विकासमा राजनीति गर्ने प्रबृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै विकासका लागि हातेमालो गर्न सबैसंग आग्रह गर्नुभयो । ‘विकासमा हातेमालो गरौं, द्विविधा र मतभिन्नता छ भने हल गरेर अघि बढौं तर अनावश्यक हल्ला फिंजाएर धमिलो पानीमा माछा मार्ने काम नगरौं,’ मन्त्री राईले...

पर्यटन मन्त्री योगेश भट्टराई कांग्रेस सभापति देउवा निवासमा

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर मन्त्रालयका काम र प्रगतिको विवरण सुनाएका छन् । शनिबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका मन्त्री भट्टराईले पर्यटन मन्त्रालय सम्हालेपछि मन्त्रालयका तर्फबाट भएका काम, मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको बताएका छन् । मन्त्री भट्टराईले सुनाएका मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा सुनाएका कुरा सभापति...

महेन्द्र बहुमुखी क्याम्पसका प्रमुखलाई क्याम्पस प्रवेश गर्न लगाइएको रोक बार्ता सम्मलाई फुकुवा

नेपालगञ्ज । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश गर्न लगाइएको रोक  निश्चिति समयका लागि फुकुवा गरेका छन् । क्याम्पस प्रशासनले बिद्यार्थी संगठन सग  बार्ता गर्न तयार रहेको हुँदा  र बर्ता  समिती गठन गर्न क्याम्पस प्रमुखलाई  क्याम्पस प्रबेशमा फुकुवा गरेको संयुक्त  विद्यार्थी संगठनहरुको बिज्ञप्तिमा उल्लेख छ। उनिहरुलेे प्रशासन समक्ष विभिन्न मागहरु राख्दै ध्यानाकर्षण गराएपनि कुनै वास्ता नगरेको भन्दै चार विद्यार्थी संगठनहरुले केही दिन अघि  क्याम्पस प्रमुखलाई क्याम्पस...

सच्चिँदै मिडिया काउन्सिल विधेयक

काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयक  राष्ट्रियसभामा पेस भएको छ। सरकारले नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि विधेयक अघि बढेको हो। प्रेसलाई संकुचन गर्ने गरी विधेयक ल्याइएको भन्दै सरोकारवालाले विरोध जनाएका थिए। विरोधकै कारण विधेयक झन्डै चार महिना संसद्मा अड्किएको थियो। सत्तासीन नेकपा संसदीय दलले महासंघसँग विधेयक परिमार्जन गर्ने सहमति जनाएको थियो। तर, प्रमुख विपक्षी कांग्रेसले असहमति कायमै राखेका कारण बिहीबार मात्र विधेयकले संसद्को प्रक्रियामा प्रवेश...

एनआरएन पोर्चुगलको अध्यक्षमा गैरे, अधिकांश पदमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु विजयी

पोर्चुगल। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको नेतृत्वसहित अधिकांश पदमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु विजयी भएका छन्। संघको सातौं अधिवेशनमा काङ्ग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेकपा, आदिवासी जनजाती महासंघ तथा समाजवादी पार्टीले अर्को गठबन्धन बनाएका थिए । आइतबार सम्पन्न निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा काङ्ग्रेसका रविन अधिकारी र नारायणकाजी मगर निर्वाचित भए । संयुक्त गठबन्धनका गोविन्द सापकोटा र धन शेर्पा पराजित भए । सन २०१९–२१ कार्यकालका लागि अध्यक्षमा...

नेपालको मन्त्रिपरिषद बैठकको इतिहासमै पहिलो पटक भिडियो कन्फ्रेन्स

काठमाडौं ।नेपालको मन्त्रिपरिषद बैठकको इतिहासमै पहिलो पटक भिडियो कन्फ्रेन्सका माध्यमबाट  मन्त्रिपरिषद बैठक बसेको छ। प्ररधानमन्त्री केपी  शर्मा ओली देश बाहिर रहेका बेला पनि मन्त्रिपरिषद् बैठक बसेको छ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीलाई आज भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडेर मन्त्रिपरिषद् बैठक बसेको हो ।सरकारको कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला भिडियो कन्फ्रेन्सलगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था भर्खरै गरिएको थियो । ...