गण्डकी प्रदेशमा रहेका समाचारहरु

सातै प्रदेशमा यात्रु सहायता कक्ष

काठमाडौँ, १७ असोज । ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ । नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु त्यस्तो सहायता कक्ष राख्न लागेको हो । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई चाडबाडमा यात्रुलाई सहज, सुरक्षित र व्यस्थित तवरले गन्तव्यसम्म पु¥याउन विशेष अभियान सञ्चालन गर्न...

पूर्वी नवलपरासीमा बाल सुधारगृह नहुँदा समस्या

पूर्वी नवलपरासी,१५ असोज । पूर्वी नवलपरासी जिल्लामा बाल सुधारगृह नहुँदा समस्या देखिएको छ । हाल यस जिल्लामा बाल सुधारगृह नहुँदा बालबालिकालाई पोखरास्थित बाल सुधारगृह पठाउँदै आइरहेको छ । बाल सुधारगृह पोखराले बालबालिका राख्ने ठाउँ नभएकाले अब बालबालिका नपठाउनु भनी पत्राचार गरेपछि झन् समस्या थपिएको जिल्ला अदालत नवलपुरका श्रोस्तेदारदार (उपसचिव) तारादत्त बडूले जानकारी दिनुभयो । जिल्लामा बाल सुधारगृह नहुने र पोखरासमेत नपठाउन भनी पत्र आएपछि अब सुधारगृहमा राख्नुपर्ने बालबालिकालाई कहाँ पठाउने भन्ने...

श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ

पोखरा, ११ असोज। पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए। बिहानदेखि घटनास्थल पुगेको सङ्घीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासले हत्यारालाई पक्राउ गरिएको हो । ५५ वर्षीय यानबहादुर गुरुङले आफ्नै श्रीमती ६० वर्षीया श्रीमाया गुरुङको हत्या गरेका खुलासा भएको छ । आफूले हत्या गरेको खबर छिमेकीलाई छोडेर उनी भागेका...

कास्कीमा १० बर्षीय बालिकाको बलात्कारपछि हत्या

पोखरा,१० असोज।कास्की प्रहरीले पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कारपछि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले आधा दर्जन बढीलाई पक्राउ गरेको छ। तीमध्ये तीन जनामा बढी शंका लागेकोमा एक जनाले भने अपराध स्वीकारेको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए। यसबारेमा थप जानकारी दिउँसो २ बजे पत्रकार सम्मेलन गराइने उनले बताए।पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी कोदीकी श्रेया मंगलबार बिहान मृत भेटिएकी थिइन्। उनको बलत्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ। पोखरा स्वास्थ्य विज्ञान...

दुर्घटनामा दुई जना महिलाको मृत्यु

दमौली, ९ असोज । तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा दुवै जनाको मृत्यु भएको हो । उनीहरुको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।  दुर्घटनामा आठ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि...

सरकारले तोक्यो नयाँ गाडी भाडा ( दर रेट सहित)

काठमाडौँ,८ असोज । सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु १४ कायम गरेको छ भने अधिकतम रु २७ हुनेछ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु रु १४...

दसैँको साइत सार्वजनिक

नेपालगन्ज,६ असोज।नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ। असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए। असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ। यसैगरी असोज...

नेकपाले तोक्यो प्रदेश इन्चार्ज, प्रदेश ५ मा शंकर पोखरेल

नेपालगन्ज,५ असोज।नेपाल कम्यूनिष्ट पार्टीले लामो कसरतपछि प्रदेश इन्चार्ज,सहइन्चार्ज,प्रदेश कमिटीका अध्यक्ष र सचिबको जिम्मेवारी तोकेको छ । नेकपाको केन्द्रीय सचिवालय बैठकले शुक्रबार ईन्चार्जहरु तोकेको हो । प्रदेश १ मा इन्चार्ज, भीमप्रसाद आचार्य, सहइन्चार्ज, सावित्री काफ्ले अध्यक्ष, देवराज घिमिरे सचिव, सुरेशकुमार राई प्रदेश २ र्इन्चार्जःसत्यनारायण मण्डल, सहइन्चार्जः विश्वनाथ साह, अध्यक्षः प्रभु शाह, सचिव९ःसुमनराज प्याकुरेल प्रदेश ३ र्इन्चार्जःअष्टलक्ष्मी शाक्य, सहइन्चार्जः नारायण दाहाल, अध्यक्षः हितराज तामाङ, सचिवः आनन्द पोखरेल गण्डकी प्रदेश र्इन्चार्जः पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्जः खगराज अधिकारी, अध्यक्षः हितराज पाण्डे, सचिवः गोविन्द...

सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोक्यो

काठमाण्डौ,५ असोज।रकारले ईन्धनको अभाव रहेको स्वीकार गर्दै वितरण प्रणालीमा कोटा प्रणाली लागु गरेको छ । अब सवारी साधनहरुले तोकिएको परिमाणमा मात्र ईन्धन भर्न पाउने छन् । नेपाल आयल निगमले पेट्रोलियम डिलर्स एसोसिएशनलाई पत्राचार गर्दै कोटा प्रणाली लागु गरेको हो । ईन्धन भर्दा मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर, हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल, छोटो दुरीका सवारी साधनलाई बढीमा डिजेल ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १००...

काजकिरिया गरिसकेका अछामका जीवन बूढा जीवितै

हरि बाँस्तोला/पोखरा,५ असोज।झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो । विसं २०७२ वैशाख १२ गते काठमाडौँको कपनमा जीवन र उहाँका आफन्तसहित पाँच जना एउटा कोठामा बसेर पढिरहेको समयमा भूकम्प आएपछि उहाँ सम्पर्कविहीन हुनुभयो ।...