गण्डकी प्रदेशमा रहेका समाचारहरु

प्रधानमन्त्रीद्वारा संविधान दिवसका अवसरमा शुभकामना

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाउनुभएका शहीदप्रति हादिक श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक आदर व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकाङ्क्षा र आशा...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपालगन्ज,२ असोज।नेपाल आयल निगमले   ईन्धनको मूल्य बढाएको छ । निगमले सार्वजनिक गरेको विवरण अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । मूल्य वृद्धिपछि अब पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यअनुसार घाटा कम गर्न मूल्य बढाईएको निगमले जनाएको छ । आईओसीको नयाँ मूल्यअनुसार निगमलाई पेट्रोल र डिजलमा अझै...

दुर्घटनामा स्कुटर चालकको मृत्यु

नवलपरासी, २ असोज ।पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गए राति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । गँैडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१८प १२४६ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना४१प २६७५ नं को स्कुटर एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी ना४१प २६७५ नं को स्कुटर चालक चितवन गुञ्जनगर–४ का २६ वर्षीया अनिसा रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा...

स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

बेँंसीशहर, १ असोज। बेंसीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।   ...

सातवटै प्रदेशमा ट्राफिक कार्यालय अनिबार्य

काठमाण्डौ,१ असोज। नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो । मादक पदार्थ सेवन गरेर जथाभावी सवारी चलाउने, क्षमताभन्दा धेरै यात्रु राख्ने, सिटबेल्ट नलगाई चलाएमा कारवाही गर्ने, तोकिएको...

ऋषि पञ्चमी हिन्दू नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै

नेपालगन्ज,२९ भदौ। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा...

पहिरोमा परेका दुई जनाको मृत्यु

लमजुङ, २८ भदौ । मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिका एर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो । ...

प्रधानमन्त्रीद्वारा हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त

काठमाडौँ, २७ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिनुहँुदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भन्नुभयो । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । तीज पर्वलाई समयानुसार परिस्कृत गरे पनि यसको मौलिकतालाई कायम राख्नुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख...

‘कि रेडलाइट एरिया खोल्नु पर्‍यो,’ कि ‘यौनकर्मीलाई परिचयपत्र दिनु पर्यो’: मुख्यमन्त्री गुरुङ

पोखरा,२६ भदौ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा हुने यौन व्यवसायलाई व्यवस्थित बनाएर लैजानु पर्ने बताएका छन्। होटल संघ नेपालले मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यौन व्यवसायलाई व्यवस्थित गरेर अगाडि बढ्नु पर्ने बताए। ‘कि रेडलाइट एरिया खोल्नु पर्‍यो,’ उनले भने ‘रडेलाइट नखुल्ने हो भने यौनकर्मीको परिचयपत्र दिनु पर्‍यो।’ उनले यौनकर्मीलाई परिचय पत्र दिएर पछि कर उठाउने व्यवस्था गनुपर्ने बताए। ‘अहिले जति रोक्न खोजे पनि यो धन्दा भएकै छ,’ मुख्यमन्त्री गुरुङले भने ‘यसो...

अनौठो सर्प गाउँमा पसेपछि स्थानीयवासी त्रसित

पर्बत, २४ भदौ । अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । सर्पले दुईवटा भैँसी र एक गोरुलाई समेत घाइते बनाएको थियो । झण्डै साढे...