सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोक्यो
प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार १५:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाण्डौ,५ असोज।रकारले ईन्धनको अभाव रहेको स्वीकार गर्दै वितरण प्रणालीमा कोटा प्रणाली लागु गरेको छ । अब सवारी साधनहरुले तोकिएको परिमाणमा मात्र ईन्धन भर्न पाउने छन् ।
Advertisement
नेपाल आयल निगमले पेट्रोलियम डिलर्स एसोसिएशनलाई पत्राचार गर्दै कोटा प्रणाली लागु गरेको हो ।
ईन्धन भर्दा मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर, हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल, छोटो दुरीका सवारी साधनलाई बढीमा डिजेल ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म पाउने छन् ।
फाईल तस्बिर
ट्यांकर चालकहरुले गरेको हडतालका कारण भारतबाट ईन्धन ल्याउन समस्या भएकाले कोटा प्रणादली लागु गर्नु परेको निगमको भनाई छ ।आयात रोकिएसँगै काठमाडौंसहित देशका विभिन्न क्षेत्रका पम्पहरुमा उपभोक्ताको लामो लाइन देखिन थालेको छ । इन्धनको हाहाकार मच्चिने त्रासमा धेरैले स्टक गर्न खोजेपछि निगमले वितरण प्रणालीमा नियन्त्रण गरेको हो ।