गण्डकी प्रदेशमा रहेका समाचारहरु
गोरखा,२३ भदौ।गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। पाइलटसहित ६ जनाको मृत्यु भएको छ भने १ जना जीवितै भेटिएकी छन्। नुवाकोटको मेघाङ गाउँपालिकाको मैलुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकप्टर भेटिएको प्रहरीले जनाएको छ। रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु मृत...
पोखरा,२३ भदौ। पोखराको बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् । बजगाइँको लेखनाथ सामुदायिक अस्पतालमा र कडेंलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको एक स्थानीयले जानकारी दिए । डुंगामा ताल घुम्ने क्रममा एक...
गोरखा,२३ भदौ।गोरखाबाट शनिबार बिहान ६ जना यात्रु बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। गोर्खाको सामागाउँबाट पाइलटसहित ७ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको हो। हेलिकप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो। स्रोतका अनुसार हेलिकप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १...
काठमाण्डौ,२१ भदौ।नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्ट (सहायक सेनानी) पदमा भर्ना खुलेको छ।नेपाली सेनाले बिहीबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। उक्त पदमा २०० जनाको दरखास्त आह्वान गरिएको छ। पछिल्ला केही वर्ष सेनाले १२० जनाको दरखास्त आह्वान गरिरहेको थियो। अधिकृत पदको धेरै नै आवश्यकता रहेकाले यसपालि संख्या बढाइएको जंगी अड्डाले जनाएको छ। सेनाले खुल्लातर्फ ११०, आदिवासीरजनजाति २९, मधेसी २५, महिला १८, दलित १४ र पिछडिएको वर्गबाट ४ जनाको दरखास्त मागेको छ। दरखास्तको मिति...
बेनी, २१ भदौ । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुग्नुभएका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुव्र्यवहारका कारण अलपत्र परेका हुन। अजीब अल हाजिरी कम्पनीमा सवारी चालकको काम गर्दै आए पनि आफूसँगै कार्यरत साथीलाई कुटपिट गरेको र त्यसो नगर्न आग्रह गर्दा आफूमाथि समेत दुव्र्यवहार गरिएको अलपत्र पर्नुभएका...
पोखरा, २१ भदौ । पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला आज (बिहीबार) हुँदैछ । देश संघीयतामा गइसकेपछि प्रदेश–प्रदेशबीचको अन्तरक्रिया र समन्वयका लागि भेला बोलाइएको भेलामा सहभागी हुन मुख्यमन्त्रीहरू पोखरा आउने क्रम जारी छ । बुधबारसम्म गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित १, २, ३ प्रदेशका मुख्यमन्त्रीहरू पोखरा पुगिसकेका छन् । गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतका अनुसार प्रदेश सरकारहरुले कसरी काम गरिरहेछन् भन्ने बारे प्रदेश–प्रदेशबिचको सम्बन्ध सुमधुर बनाउन यो भेलाको आयोजना गरिएको हो । भेलाले प्रदेश सरकारहरूबीचको सहकार्यको...
काठमाडौं,२० भदौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँको दरले मूल्य बढाएको हो । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ। नयाँ मूल्य अनुसार एक लिटर पेट्रोलको मूल्य ११२ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टितेललाई ९८ रुपैयाँ तिर्नुपर्ने भएको छ...
काठमाडौं,१८ भदौ। सरकारले आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सहमत भएको छ । मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार ऐन संशोधन गर्न स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले सहमति जनाउनु भएको हो । आन्दोलनरत चिकित्सक संघले वार्ता सकारात्मक भएको तर संशोधन प्रस्ताव संसदमा दर्ता भएपछिमात्र आन्दोलन फिर्ता लिने बताएको छ। ‘राज्यमन्त्रीले कानुन मन्त्रालयमार्फत् संशोधन विधेयक सदनमा दर्ता गर्छौं आन्दोलन फिर्ता लिनुस् भन्नुभयो,’ बैठकमा सहभागी संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले भन्नुभयो,...
काठमाडौ,१८ भदौ। अपराध संहिताका उपचारसँग सम्बन्धित केही बुँदा संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलित भएपछि आइतबार देशभरको स्वास्थ्य सेवा प्रभावित भए । चिकित्सकहरुले उपचार नगरी आइतबार राजधानीलगायत जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरेका थिए ।संघले आज सोमबार समेत देशभरका स्वास्थय संस्थाको प्रशासनिक काम बन्द गर्ने जनाएको छ । यस्तै मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना नलिने, बुधबारदेखि आकस्मिक सेवा बाहेक अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द...
काठमाण्डौ, १७ भदौ । विभिन्न राजनीतिक दलका नेताले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बनेका कानून संशोधन गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न प्रेस स्वतन्त्रता हुनैपर्नेमा जोड दिँदै मुलुकी अपराधसंहिता–२०७४, मुलुकी देवानी संहिता–२०७४मा भएका गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्था प्रेस स्वतन्त्रता विरुद्ध रहेकाले ती कानुनी दफालाई संशोधन गरिनेमा जोड दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पम्फा भुसालले...