सरकार आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सहमत
प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार १८:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं,१८ भदौ। सरकारले आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सहमत भएको छ ।
Advertisement
मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार ऐन संशोधन गर्न स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले सहमति जनाउनु भएको हो ।
फाईल तस्बिर
आन्दोलनरत चिकित्सक संघले वार्ता सकारात्मक भएको तर संशोधन प्रस्ताव संसदमा दर्ता भएपछिमात्र आन्दोलन फिर्ता लिने बताएको छ।
‘राज्यमन्त्रीले कानुन मन्त्रालयमार्फत् संशोधन विधेयक सदनमा दर्ता गर्छौं आन्दोलन फिर्ता लिनुस् भन्नुभयो,’ बैठकमा सहभागी संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले भन्नुभयो, ‘हामीले पहिले संशोधन प्रस्ताव दर्ता हुनुपर्छ भन्यौं। प्रस्ताव संशोधन भएको दुईरतीन मिनेटमै हामी आन्दोलन फिर्ता लिन्छौं।’
झन्डै तीन घन्टा चलेको वार्तामा संहिताका दफा २३० देखि २३३ सम्मका व्यवस्थाबारे छलफल भएको थियो।