छ हजार चिकित्सकद्वारा काउन्सिललाई लाइसेन्स फिर्ता
प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार ०९:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौ,१८ भदौ। अपराध संहिताका उपचारसँग सम्बन्धित केही बुँदा संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलित भएपछि आइतबार देशभरको स्वास्थ्य सेवा प्रभावित भए । चिकित्सकहरुले उपचार नगरी आइतबार राजधानीलगायत जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरेका थिए ।संघले आज सोमबार समेत देशभरका स्वास्थय संस्थाको प्रशासनिक काम बन्द गर्ने जनाएको छ । यस्तै मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना नलिने, बुधबारदेखि आकस्मिक सेवा बाहेक अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने कार्यक्रम संघले राखेको छ ।
यसैबीच संहिताको विरोधमा आइतबार चिकित्सकहरुले आ–आफ्ना लाइसेन्स मेडिकल काउन्सिलमा फिर्ता गरेका छन् । संघले देशभरबाट संकलन गरेको छ हजार लाइसेन्स काउन्सिललाई फिर्ता गरेको चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जनकारी दिए । यसबारे छिटो समाधान खोज्न सरकारलाई बिधायन समितिले पनि निर्देशन दिइसकेको छ । कान्तिपुर दैनिकबाट।