गण्डकी प्रदेशमा रहेका समाचारहरु

ट्रक र कार ठोक्किँदा ५ जनाको ज्यान गयो

नवलपुर । ट्रक र कार ठोक्किँदा ५ जनाको ज्यान गएको छ।कारमा सवार सबै ५ जनाको ज्यान गएको हो।महेन्द्र राजमार्गको नवलपुरको कावासोती नगरपालिका ८ मा ट्रक र कार ठोक्किँएकोो  हो ।लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगलमा गएराति ठोक्किँदा कारमा सवार व्यक्तिहरुको ज्यान गएको हो ।  ज्यान जानेमा सबै जना पुरुष छन् ।प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दीपक भन्ने...

बाढीले बगाउँदा दुई बालिका बेपत्ता

नेपालगन्ज । बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा  आएको बाढीले उनिहरुलाई बगाएको हो। बेपत्ता हुनेमा बेनी नगरपालिका ९ की १० वर्षीया प्रविना परियार र बेनी ५ की छ वर्षीया अनुश्का परियार छन् ।बाढी बस्तीमा पस्दा बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घरमा क्षति पुगेको छ । सो स्थानमा रहेको बुद्ध एकेडेमीको भवन र खेलमैदानमा समेत क्षति पुगको स्थानीयवासी चित्रबहादुर रिजालले जानकारी दिए ।...

किताबै नबोकी विद्यार्थी स्कुलमा

लमजुङ। क्व्होलासोंथर गाउँपालिका–१ मैसेक्राकी उषा लामा बाग्लुपानीस्थित जनज्योति मावि कक्षा ९ मा पढ्छिन् । करिब १ घण्टाको बाटो उनी किताब नबोकी स्कुल पुग्छिन् । बेंसीसहर नगरपालिका–९ बिम्दागाउँका इन्द्रमान विक पनि किताबबिनै स्कुल पुग्छन् । उनी १० कक्षाका विद्यार्थी हुन् । उनीहरूले किताब नभएर नबोकेका होइनन् । ‘घरका लागि घरमै किताब छ । स्कुलका लागि स्कुलमै किताब छ,’ इन्द्रमानले भने । जनज्योति माविका उषा र इन्द्रमान मात्रै होइन, कक्षा १ देखि १० सम्मका १ सय ६० विद्यार्थीले नै...

सीडीओ साब कता तिरको….?

काठमाडौं । संविधानको अनुसूची ६ मा प्रदेश प्रहरी–प्रशासन र शान्तिसुरक्षा प्रदेश सरकार मातहत रहने प्रावधान छ। संविधान जारी भएको चार वर्ष बित्यो। जिल्लाको शान्तिसुरक्षासहित प्रशासनिक जिम्मेवारी भने स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) मै छ। उनीहरू केन्द्र सरकार मातहत छन्। प्रदेश सरकारहरू आफ्नो किल्लाभित्रका जिल्लाका सीडीओ आफूले चलाउन पाइयोस् भन्ने ठान्छन्। सीडीओहरू भने यसलाई खुम्चिएको मान्छन्। यही मान र तानातानले कार्य सम्पादन जटिल बन्दै गएको छ। कतिपय...

मेडिकल कलेजहरूमा अझै चर्को शुल्क असुली धन्दा यथाबत

काठमाडौँ । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरूको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरूले मनपरी असुलिरहेका हुन् ।निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले उपत्यकाभित्र एमबीबीएस अध्ययन...

भारतीय तिर्थ यात्रुु बोकेको बस दुर्घटना हुँदा २७ जना घाइते

तनहुँ  । भारतीय तिर्थ यात्रुु बोकेको  बस दुर्घटना हुँदा  २७ जना घाइते भएका छन् ।पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १२ कमलाबारीमा सोमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको...

उच्च प्रहरी अधिकृतसहित एक हजार आठ सय प्रहरी कारबाहीमा

काठमाडौं । नेपाल प्रहरीमा गत बर्ष एक हजार आठ सय प्रहरीहरु कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा जवानदेखि उच्च अधिकृत सम्म रहेका छन् । गत आर्थिक वर्ष ०७५/७६ मा कारबाहीमा परेका हुन्।प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार २ सय ४९ जनालाई नोकरीबाट हटाइएको छ भने ७ जनालाई बर्खास्त गरिएको छ । नोकरीबाट हटाइएका व्यक्ति भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिँदैनन् । प्रहरीका अनुसार बर्खास्त गरिएका भविष्यमा सरकारी सेवाका...

आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटयो

काठमाडौं । आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको छ।पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । आज दिउसो १२...

तत्कालका लागि सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको झिक्न पाईने

काठमाडौं।  तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने  भएको छ। चिनियाँ ह्याकरले एटिएमबाट झिकेको पैसा ब्यक्तिगत खाता नभई सिस्टमबाट सिधै झिकेको देखिएको छ। ब्यक्तिगत खाता प्रयोग नभएको र ह्याकर पक्राउ परिसकेको अवस्थामा ब्यक्तिगत खाता सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ। तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने बनाईएको छ। सिस्टम ह्याक भए पछि यस्तो निर्णय गरिएको हो। नबिल बैंकको एटिएम...

देशका अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं ।अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ’। एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ ।काठमाडौं...