गण्डकी प्रदेशमा रहेका समाचारहरु

सेनाले गरेका अपराधजन्य कार्यको प्रहरीले कारबाही गर्न पाउने

काठमाडौं । अबदेखि ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा ‘सैनिक कोर्ट मार्सल’ लगाउन पाइने छैन। अब सेनाको गैरकानुनी प्रकृतिका अपराधजन्य कार्यमा पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान गर्न पाउने छ। मुद्दाको अभियोजन पनि अन्य नागरिक सरह सामान्य अदालतमा सरकारी वकिलले गर्नेछन्। सर्वोच्च अदालतको पूर्ण इजलासले स्पष्ट नजिर कायम गर्ने गरी बिहीबार यस्तो फैसला गरेको छ। फैसलापछि नागरिक प्रकृतिका सैन्य कसुर सैनिक अदालतको क्षेत्राधिकारबाहिर हुनेछन्। फैसलासँगै सैनिक ऐनले स्पष्ट किटानी गरेबाहेकका सबैखाले अपराधजन्य...

बाँके सिडीओमा कुमार बहादुर खड्का, मदन भुजेलको मोरङ सरुवा

काठमाडौं । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले बाँके,काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो । बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी( सिडीओ)  मदन भुजेलको मोरङमा सरुवा भएको छ  भने बाँकेमा  कुमार बहादुर खड्काको सरुवा भएको छ। खड्कालाई अध्यागमन कार्यालयबाट बाँके सरुवा गरिएको हो।गृहका महादेव पन्थको रुपन्देही सरुवा भएको छ। मोरङका रमेश केसीको कास्कीमा सरुवा भएको छ। दीर्घनरायण पौडेललाई...

आत्महत्या दुरुत्साहनसम्बन्धी कानुन नै अपूर्ण देखियो

काठमाडौं । कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ। सोही दफामा टेकेर आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै मुद्दा पर्ने क्रम बढे पनि व्याख्या नहुँदा न्याय निरुपणको जटिलता बढ्दै गएको हो। एक वर्षअघि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता कार्यान्वयन गर्न बन्नुपर्ने कार्यविधि अहिलेसम्म बनेको छैन। कार्यविधि वा नियमावली नबन्दा र अदालतले समेत त्यसबारे व्याख्या नगर्दा दुरुत्साहनसम्बन्धी कानुन नै अपूर्ण देखिएको...

७६ जना सहसचिवलाई प्रदेशमा खटाईयो

काठमाडौं ।विभिन्न मन्त्रालयका  ७६ जना सहसचिवलाई प्रदेशमा खटाइएको छ।प्रशासन सेवाका ५०, वन सेवाका १०, इञ्जिनियरिङ सेवाका नौ र कृषि सेवाका सात जना सहसचिवलाई प्रदेश खटाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। निवृत्तिभरणका लागि छ महिना मात्रै बाँकी रहेको र बढुवाको प्रक्रियामा रहेका सहसचिवलाई भने प्रदेशमा खटाइएको छैन। मन्त्रालयका अनुसार  सहसचिवहरूलाई प्रदेशमा खटाएको हो।अधिकांश केन्द्र सरकार मातहत मन्त्रालयमा कार्यरत सहसचिवलाई प्रदेश मन्त्रालयहरूमा पठाइएको छ। संघीयतापछि एकैपटक यति ठूलो संख्यामा सहसचिव पहिलोपटक...

देशभर तीन दिनसम्म चट्यांगसहित वर्षा हुने

नेपालगन्ज ।आज देशभर मेघ गर्जन र चट्यांगसहित वर्षा हुने मौसमविदले बताएका छन् । देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना छ ।त्यसैले चट्यांगबाट जोगिन तथा मध्य, पश्चिम र पूर्वी तराईका जिल्लामा यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन्।मौसम विज्ञान विभागले शनिबार बिहान जारी गरेको बुलेटिनमा लेखिएको छ। देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

नेपालगन्ज । आज देशैभर श्रीकृष्ण जन्माष्टमी पर्व  भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ ।कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा...

श्रीमान् द्वारा घाँटी रेटेर श्रीमतीको हत्या

गोरखा। श्रीमान्ले घाँटी रेटेर श्रीमतिको हत्या गरेका छन् ।गोरखा नगरपालिका ९ लक्ष्मीबजारका  स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ। छिमेकीहरुले दिएको सूचनाको आधारमा  प्रहरी तत्काल घटनास्थल पुगेको थियो।  गए राति१० बजेतिर घटना भएको रहेछ, प्रहरी पुग्दा पूजाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी हुन्...

आज देशैभर रक्षाबन्धन पर्व मनाइदै

नेपालगन्ज ।आज देशैभर रक्षाबन्धन पर्व मनाइदै छ। रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेशभरि नै एउटा छुट्टै उल्लास छाएको छ ।दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधामसाथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार...

त्रिशूली सलाङघाट बस दुर्घटनाका बेपत्तालाई खोजी गर्न चार जिल्लालाई गुहार

धादिङ।धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी लागेका छन् । खोजीकार्यलाई प्रभावकारी बनाउन यसरी सबै सुरक्षा निकायलाई समन्वय गरिएको हो । चितवनको कुरिनटारमा समन्वय बैठकमा दुर्घटनामा बेपत्ता...

ढुंगा गिट्टी संकलन प्रतिवेदन स्वीकृत गर्ने अधिकार जिल्ला समन्वय समितिलाई

नेपालगन्ज ।सरकारले ढुंगा गिट्टी उत्खनन् तथा संकलनसम्बन्धी प्रारम्भिक वातावरणीय प्रतिवेदन स्वीकृत गर्ने अधिकार जिल्ला समन्वय समितिलाई प्रत्यायोजन गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १९ को मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयमा रहेको अधिकार समन्वय समितिलाई प्रत्यायोजन गरेको हो। मन्त्रालयले ढुंगा–गिट्टी उत्खनन् तथा संकलन गरिने स्थानीय सरकारको प्रस्तावमा वातावरण ऐन र नियमावलीले तोकेका प्रक्रिया र सर्त पूरा गरेर वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरी अनुमति दिने बाटो खोल्ने अधिकार समितिलाई दिएको हो। मन्त्रालयको...