गण्डकी प्रदेशमा रहेका समाचारहरु
पाल्पा — बगनासकाकाली गाउँपालिका–१ चिर्तुङधारा पिप्लेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । तानसेन नगरपालिका–९ दमकडास्थित रिभरभ्याली बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र २५ जनाको अवस्था सामान्य रहेको छ । उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।चिर्तुङ्धारा माडी क्षेत्रबाट तानसेन दमकडा स्कुल जाँदै गर्दा लु १ क १५५८ नम्बरको बस पिप्लेको उकालोमा दुर्घटना भएको प्रहरीले जनाएको...
म्याग्दी, २७ साउन । कमजोर भुबनोट रहेको म्याग्दीमा जथाभावी रूपमा खनिएका सडकका कारण पहिरो, कटान र भुक्षयको समस्या बढेको छ । प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गर्दै एस्काभेटर, ब्याकलोडरजस्ता हेभी इक्युपमेन्ट प्रयोग गरेर सडक निर्माणका क्रममा निकालिएको माटो र पानीको व्यवस्थापन नहुँदा विपत्को जोखिम बढाएको हो । उपकरणको कम्पनले खलबलिएको जमीन बर्खाको पानीले गलेर बग्ने, सडकमा सङ्कलन हुने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका बस्तीमा पहिरो खस्ने, जमीन भासिने, भुक्षय हुने,...
स्याङ्जा,२० साउन। नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको निधन भएको छ । स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । हृदयाघातका कारण पंगेनीको निधन भएको पारिवारिक श्रोतले बताएका छन। गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनी २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । श्रद्धान्जलीका लागि उनको शव...
काठमाडौं, १७ साउन ।नेपाल कम्युनिष्ट पार्टी नेकपाले भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण गरिसक्न सबै कार्यदललाई निर्देशन दिएको छ। अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भदौ ५ को डेडलाइन तोकेका हुन् । लगत्तै महासचिव विष्णु पौडेलले विशेष परिपत्र जारी गर्दै आठ वटा कार्यदललाई साउन २५ भित्र आफ्नो प्रतिवेदन बुझाइसक्न निर्देशन दिएका छन् । यसअघि जेठ १६ गते जारी गरिएको विशेष सुर्कुलरमा १५ दिनभित्र एकीकरणको प्रतिवेदन बुझाउन भनिए...
बेसीशहर, लमजुङ, १४ साउन । घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्कनुभएको छ । बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किनुभएको हो । करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज गर्दै गाउँसम्म आई पुग्नुभएको हो । खड्कालाई गाउँ आउँदा बूढापाकाले मात्र चिन्न सकेका थिए । उहाँले पनि थोरै मात्र बूढापाकालाई चिन्न सकेको बताउनुभयो । खड्काले भारतको मेघालयको एउटा गाउँ नजिकै रहेको...
पोखरा, १३ साउन।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोेकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान–२०७४ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई आज सम्मान गर्दै उहाँले साना लगानीका सञ्चारमाध्यमको विज्ञापनको खास कानून निर्माणलगायत काम अघि बढेको बताउनुभयो । डिजिटल सञ्चारमाध्यमको वर्गीकरणका साथै सामुदायिक र व्यावसायिक रेडियोको वर्गीकरण, मिडिया काउन्सिलको स्थापनालगायत काम पनि हुँदै...
काठमाडौं,१० साउन। दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए। सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो । ‘अब असारमसान्तसम्म भएको बिलिङमा एक रुपैयाँ पनि...
काठमाडौ , ८ श्रावण – भिड नियन्त्रण गर्नका लागि हालसम्म हानीकारक अश्रृ ग्याँस प्रयोग गरिँदै आएकोमा अब भने प्रहरी प्रधान कार्यालयले ‘वाटर क्यानन’ खरिद गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले ७ वटा ‘वाटर क्यानन’ खरिद गर्ने प्रक्रिया थालेको हो । नेपाल प्रहरीले भीड नियन्त्रणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक ‘वाटर क्यानन’ राख्ने जनाएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पहलमा बजेट निकासा गरी खरिद प्रक्रिया सुरु गरिएको छ। चीनको...
पर्वत, २ साउन । अविरल वर्षापछि आएको पहिरोमा परी जलजला–८ लस्तीकामा ६ जना वेपत्ता भएका छन् । स्थानीय लस्ती खोलाले किनारमा गरेको कटानसँगै गएराती माथिबाट झरेको पहिरोका ६ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । पानी पर्ने क्रम नरोकिएकाले उनीहरुको खोजीकार्यमा कठीनाई भइरहेको प्रहरीले जनाएको छ । मंगलबार साँझदेखिको मुसलधारे वर्षापछि बढेको लस्तीखोलाले कटान गर्दा त्यहाँका करीब दुई दर्जन घर नै जोखमममा परेको बताइएको छ । ...
पर्वत, २ श्रावण । पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो । खेतमा काम सकेर घर फर्कँदै गर्दा खोला तर्न पसेका विकको शव १०० मिटर तल भेटिएको स्थानीयवासी सुरेन्द्र गौतमले जानकारी दिनुभयो...