एमाले उम्मेद्वार बिरुद्द् काँग्रेस उम्मेद्वारको उजूरी
प्रकाशित मिति : २०७४, १३ माघ शनिबार १२:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
माघ १३, पोखरा । राष्ट्रियसभाको निर्वाचनमा अपांग कोटाबाट उम्मेदवारी दिएका एमाले नेता रामबहादुर थापाविरुद्ध उजुरी परेको छ । स्याङ्जाका थापाविरुद्ध उनीसँगै प्रतिस्पर्धामा रहेका प्रकाश पन्थले उजुरी गरेका हुन् ।
Advertisement
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमा थापाको अपांगता परिचयपत्रमाथि प्रश्न उठाउँदै उम्मेदवारी बदरको माग गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमा थापाको अपांगता परिचयपत्रमाथि प्रश्न उठाउँदै उम्मेदवारी बदरको माग गरिएको छ ।
थापाले भने पुरानै परिचयपत्रका आधारमा राज्यका अरु सुविधा लिएको हुँदा नयाँ निर्देशिका अनुसार नयाँ कार्डका लागि प्रक्रियामा रहेकाले ढिलाइ भएको बताए ।०५७ मा लिएको अपांगता परिचयपत्र थापाले पेस गरेको र पछिल्लो निर्देशिका अनुसारको नयाँ कार्ड नभएकाले पुरानोको मान्यता नहुने दाबी उजुरीमा गरिएको छ । स्याङ्जा जिविसका पूर्वसभापति थापालाई द्वन्द्वकालमा माओवादीले मरणासन्न हुने गरी कुटपिट गरेको थियो ।
‘उजुरीका बारेमा शनिबार निर्वाचन आयोगले अन्तिम निर्णय गर्नेछ,’ क्षेत्रीय निर्वाचन अधिकारी तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनुगमन अधिकृत तोकिएका गंगालाल सुवेदीले भने, ‘सबै कागजात केन्द्रमा पठाएका छौं ।’
थापा उम्मेदवार हुन पाउने/नपाउने विषयमा शनिबार केन्द्रले जानकारी पठाउने सुवेदीले जानकारी दिए ।