गण्डकी प्रदेशमा रहेका समाचारहरु
नेपालगन्ज,२४ मंसिर । ६ लाख ९९ हजार ८ सय ३८ मत गणनाको नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थान एमालेले लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । समानुपातिकतर्फ खसेको मत यस्तो छ- १. नेकपा एमाले- 255922 २. नेपाली कांग्रेस- 251656 ३. माओवादी केन्द्र -123375 ४. विवेकशील साझा- 10325 ...
नेपालगन्ज,२४ मंसिर । तीन तहको राज्य संरचनाको परिकल्पना गरेको संविधान कार्यान्वयनले औपचारिक प्रवेश पाएको छ । अब संविधानले परिकल्पना गरेका नियमित व्यवस्थाहरु एक पछि अर्को गर्दै कार्यान्वयनमा आउने छन् । संघीय संरचना व्यवस्थानका क्रममा प्रदेश कार्यपालिकामा सबैको चासो छ । संविधानको भाग १३ ले प्रदेश कार्यपालिकाको व्यवस्था गरेको छ । प्रदेशको कार्यकारिणी अधिकार संविधान र प्रदेश कानून बमोजिम प्रदेश मन्त्रिपरिषद्मा निहित हुनेछ । संविधानको धारा १६३ ले प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिका...
२२ मंसिर, गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अग्रता फराकिलो बनाएका छन् । विहान ७ बजे सार्वजनिक भएको आधिकारिक निर्वाचन परिणामअनुसार बाबुरामले नारायणकाजी श्रेष्ठलाई करीव ११ सय मतले पछि पारेका थिए । पछिल्लो अपडेट अनुसार बाबुरामले ६ हजार ५३४ मत पाउँदा नारायणकाजीको ५ हजार ३९९ मत छ । गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हरि अधिकारी अगाडि छन् । उनले ४ हजार ९३४...
नेपालगन्ज २० मंसिर : भोलि ४५ जिल्लामा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन अत्यावश्यक सवारी (एम्वुलेन्स, दमकल, खानेपानी, शववाहन, दूरसञ्चार तथा दूध ढुवानी) बाहेकका अन्य सवारीसाधन नचलाउन गृह मन्त्रालयले सूचना प्रकाशित गरेको छ। निर्वाचनको दिनमा सुरक्षा व्यवस्थालाई लक्षित गरी आज राति १२ बजेदेखि भोलि बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। गृह मन्त्रालयले सूचना जारी गरी मतदानका लागि उपत्यका बाहिर जाने मतदातालाई बुधबार नै गन्तव्यमा पुग्न अपिल गरेको छ। मतदान सकिएपछि...
स्याङजा, मंसिर १३ –प्रधानमन्त्री तथा नेपाली कांगेस्रका सभापति शेरबहादुर देउवाले सर्वसत्तावाद ल्याउनका लागि नेपालका कम्युनिष्टहरु लागि परेको आरोप लगाउनु भएको छ । स्याङ्जा सदरमुकाम पुतलीबजारमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले जितेमा नेपालमा चुनावै हुन छाड्ने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले अहिलेको चुनाव प्रजातन्त्र विरोधी र लोकतन्त्र पक्षधरबीचको लडार्इँ भएको बताउनुभयो । स्याङजामा नै रहेको नेपालको ठूलो कालिगण्डकी ‘ए’ जलविद्युत परियोजनाको शिलान्यास आफू पहिलो पटक प्रधानमन्त्री भएको...
नेपालगन्ज, मंसिर १२: निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रयोग भएका ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउन बाँकी रहको जनाएको छ । अहिलेसम्म २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार, कुल दुई हजार ९१७ मतदानस्थलमध्ये अब संखुवासभाका नौ, भोजपुरका छ, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५...
तनहुँ: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी माहोलमा आएको बताउनुभएको छ । रिपोर्टर्स क्लब तनहुँ शाखाद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताउनुभएको हो । प्रदेश र सङ्घको निर्वाचन मंसिर महिनामा सम्पन्न हुन्छ नेता पौडेलले भन्नुभयो, “अब हुने निर्वाचनमा चुनाव विरोधी शक्तिहरु पनि सहभागी हुनेछन् । उहाँले राजनीतिक खिचातानीले विकास निर्माणका काम प्रभावित भएकाले अब देश समृद्धि र विकासतर्फ उन्मुख हुने...
नेपालगंज: नेपाल पत्रकार महासंघको २५औ महाधिबेशनमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले हराएका छन् । आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २०...
पोखरा । पोखरामा नेपाली सेनाकै ब्यारेकभित्र एक सैनिकले सहकर्मीको गोली हानी हत्या गरेका छन् । सिद्धिबक्स गणका सैनिक बसन्त लोहारले प्युठ पदमा कार्यरत गणेश विष्टको हत्या गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए। आज विहान ५ बजेतिर सुतिरहेका विष्टमाथि लोहारले सात राउण्ड गोली हानेको उनले बताए। आफैँले बोकेको एम सिक्टीन हतियारबाट विष्टलाई गोली हान्दा सबै गोली छातीमा लागेको छ। आपसी विवादका कारण लोहारले विष्टमाथि गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको...
नेपालगन्ज । नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो । अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । आजदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म लागू हुने टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिनुभयो । उहाँले बाढी र पहिरो पीडितलाई ध्यानमा राखेर यो सेवाको घोषणा गरिएको भन्दै अन्य क्षेत्रका ग्राहकले दुरुपयोग नगरिदिन आग्रह...