नेपाल टेलिकमको नेटवर्कमा देशभर म्यासेज पठाउँदा कुनै शुल्क नलाग्ने
प्रकाशित मिति : २०७४, २९ श्रावण आईतवार २१:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो । अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन ।
आजदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म लागू हुने टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिनुभयो । उहाँले बाढी र पहिरो पीडितलाई ध्यानमा राखेर यो सेवाको घोषणा गरिएको भन्दै अन्य क्षेत्रका ग्राहकले दुरुपयोग नगरिदिन आग्रह गर्नुभयो ।सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गर्नुभएको हो । टेलिकमबाट टेलिकमकै मोबाइलमा एसएमएस गर्दा मात्रै यो सुविधा पाइनेछ ।
Advertisement