गण्डकी प्रदेशमा रहेका समाचारहरु
दमौली, तनहुँ, २ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताउनुभएको छ । गृह जिल्ला तनहुँ आइपुग्नु भएका वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा भन्नुभयो,“दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु राम्रो होइन ।” राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा र प्रधानमन्त्री चयनको प्रक्रिया शुरु नहुने पौडेलको भनाइ थियो । सरकारले नियुक्त गरेको प्रदेशसभा प्रमुखसँग वाम गठबन्धनका नेताले शपथ लिन्न भन्नु सर्वसत्तावाद...
नेपालगन्ज,२ पुस । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको पनि मतगणना सकिएको छ। निर्वाचन आयोगका अनुसार खसेको मतमध्ये ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ। अन्तिम मत परिणाममा ३१ लाख ७३ हजार ४९४ मत सहित नेकपा एमाले पहिलो दल बनेको छ। प्रत्यक्षतर्फ तेस्रो भएको नेपाली कांग्रेस समानुपातिक मतगणनामा दोस्रो दल भएको छ। उसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ। एमालेले कांग्रेस भन्दा ४५ हजार...
नेपालगन्ज,२ पुस । मंसिर १० र २१ गते भएको प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार आइतबार बिहानसम्म ९५ लाख ३ हजार ६ सय १८ मतगणना भएको छ। त्यसमध्ये नेकपा एमालेले ३१ लाख ६१ हजार २ सय ९५ मत पाएको छ। यो ३३.२ प्रतिशत हो। त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३१ लाख ११ हजार ६ सय ४३ मत पाएको छ। समानुपातिकमा कांग्रेसको हिस्सा ३२.७ प्रतिशत...
नेपालगन्ज, २९ मंसिर । गत मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको मतगणना सकिसकेको आयोगले समानुपातिक तर्फको गणना पनि अन्तिम चरणमा पुर्याएको हो निर्वाचन आयोगका अनुसार शुक्रबार बिहान ९ बजेसम्म समानुपातिकको ८७ लाख १७ हजार ८१४मत गनिसकिएको छ । अब मात्रै १८ लाख ६९ हजार ७०७ मत मात्रै गन्न बाँकी रहेको छ । निर्वाचनमा कूल १ करोड ५ लाख ८७...
नेपालगन्ज, २५ मंसिर- देशभरीबाट निर्वाचनको अन्तिम मतपरिणाम आइरहँदा वाम गठबन्धनले शतक माथि पुगेको छ । प्रतिनिधिसभामा अहिलेसम्मको सार्वजनिक भएको १ सय ४६ सिटको अन्तिम मतपरिणाममा वामपन्थी गठबन्धनले १ सय ५ सिट आफ्नो पक्षमा पार्दै सतक पुरा गरेको हो । गत मंसिर १० र २१ गरी दुई चरणमा भएको निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ जना सांसद निर्वाचन हुनेछन् भने १ सय १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । दुवै गरी प्रतिनधिसभामा कूल...
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सकिँनै लाग्दा समानुपातिकको मतगणना पनि जारी रहेको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा अग्रस्थानमा रहेको नेकपा एमालेले समानुपातिकामा पनि अग्रता कायम गरेको छ । प्रत्यक्ष निर्वाचनमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस भने समानुपातिकमा दोस्रो स्थानमा रहेको छ । कांग्रेस नेकपा एमालेसँगको प्रतिस्पर्धामा रहेको छ । तेस्रो स्थानमा भने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोस्रो बनेको नेकपा माओवादी केन्द्र रहेको छ । चौथो स्थानमा राजपा पाँचौमा विवेकशील साझा, छैठौंमा...
नवलपुर, २५ मंसिर । नेपाली कांग्र्रेसका अधिकांश शीर्ष नेताहरु पराजित भएका बेला महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर हृयाटि्रक गरेका छन् । महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् । चार नम्बर प्रदेशका १८ मध्ये १६ सिटको नतिजा आउदा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् । ...
तनहुँ , २४ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य चुनावमा पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन् । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ७५ मत मात्र पाए । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पौडेलका प्रतिस्पर्धी थिए, किसान श्रेष्ठ । करिव ४५ सय मतले पराजित श्रेष्ठले यो...
तनहूँ, २४ मंसिर । तनहूँ क्षेत्र २ प्रदेश सभा (क) का नेपाली काँग्रेसका उम्मेदवार पाँच मतले पछि परेको अवस्थामा ४२ मत फर्जी भेटिएको भन्दै पुनः मतदानको माग गरेका छन्। प्रदेश सभामा वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालाले ५ मतले पराजित गरेको चर्चा सार्वजनिक भएपछि उम्मेदवार पौडेलले त्यो आफूहरुलाई स्वीकार्य नहुने भन्दै पुनः मतदानको माग गरेका हुन्। ‘पछिल्लो मतपेटिकामा २ हजार ३२८ मत भनिएको थियो। पछि गणना गर्दा २ हजार ३७० मत भेटिएको छ’,...
तनँहु, २४ मंसिर । तनँहु क्षेत्र नं १ मा नेपाली कांग्रेका बरिष्ठ नेता रामचन्द्र पौडेलको हार्ने पक्का भएको छ। उनी मतगणनाको सुरुवात देखिनै लगातार पछाडि छन्। हारसँगै उनको तनँहुको राजनीतिक विरासत समाप्त हुने देखिएको छ। तनँहुबाट पौडेल २०४८ देखि लगातार निर्वाचन जित्दै आएका थिए। २०४८ मा पौडेल क्षेत्र नं १ बाट विजयी भएका थिए। त्यसपछि २०५१, २०५६, २०६४ र २०७० मा उनी क्षेत्र नं २ बाट विजयी भएका थिए। यसपटक निर्वाचन...