मिडिया सेन्टर एवम् तालीम कक्ष स्थापना
प्रकाशित मिति : २०७४, २९ असार बिहीबार १२:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा: नेपाल पत्रकार महासङ्घ, कास्कीको भवनमा रु आठ लाखको लागतमा सुविधासम्पन्न मिडिया सेन्टर एवम् तालीम कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
Advertisement
पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको सो सेन्टरमा नौवटा कम्प्युटर, फोटो कपि मेसिन, स्क्यानर, प्रोजेक्टर लगायतका विभिन्न सामग्री रहेका छन् ।
सो नवनिर्मित मिडिया सेन्टर र तालिम कक्षको पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दै श्रमजीवी पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि महानगरले सक्दो सहयोग गर्ने बताउनुभयो । मिडिया सेन्टरको भरपुर उपयोग हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “महानगरले पत्रकार उपचार कोषका लागि पनि सोच बनाएको छ ।”
महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेल, पे्रस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक र कुसुम केशव पराजुली लगायतले पत्रकारिता क्षेत्रको विकासमा मिडिया सेन्टर कोसेढुङ्गा साबित हुने बताउनुभयो ।
महानगरपालिकाका दुई दर्जनभन्दा बढी रेडियो, एक दर्जन दैनिक पत्रिका, चारवटा टेलिभिजनलगायत दर्जनौँ साप्ताहिक, पाक्षिक र मासिक पत्रिका सञ्चालन हुँदै आएको पत्रकार महासङ्घ कास्कीका पूर्वसभापति पुण्य पौडेलले जानकारी दिनुभयो । पत्रकार महासङ्घमा हालसम्म ३१० जना सदस्य रहेका छन् ।