पोखरा महानगरको मेयरमा एमालेका जिसी निर्वाचित
प्रकाशित मिति : २०७४, १२ जेष्ठ शुक्रबार १३:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी निर्वाचित भएका छन् ।गत बैशाख ३१ गते भएको स्थानिय तहको नर्वाचन अन्तर्गत भएको निर्वाचनमा नेपाली कांग्रेसका रामजी कुँवरलाई १३ हजार ७ सय २ मतको अन्तरले हराउँदै जिसी मेयरमा निर्वाचित भएका हुन् ।
Advertisement
मेयरमा निर्वाचित जिसीले ६० हजार ११८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे । संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति गठबन्धनका हुमबहादुर गुरुङ्ग र ३ हजार १७० मत पाउँदा राप्रपाकी गीता गुरुङ्गले २ हजार २ ७२ मत पाइन् ।
उपमेयरमा पनि नेकपा एमालेकी मञ्जु गुरुङ्ग बिजयी भइन् । उनले कांग्रेसकी सरस्वती गुरुङ्गलाई १२ हजार ११० मतले पराजित गर्दै उपमेयरमा निर्वाचित भइन् । मञ्जुले ५६ हजार ४४८ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङ्गले ४४ हजार ३३८ मत प्राप्त गरिन् ।
उपमेयरका माओवादी उम्मेद्वार गोमा ढकालले ८ हजार ७९६, राप्रपाका रमेशबहादुर खत्रीले २ हजार ८ ४०, संघीय समाजवादी फोरम र नयाँशक्ती गठबन्धनकी लक्ष्मी खाती परियारले १ हजार १ पाइन् ।
मेयरमा पराजित उम्मेद्वार रामजी कुँवरले बिजयी जिसीलाई बधाई दिएका छन् । कुवरले निर्वाचन कार्यालयले अन्तिम परिणाम सार्वजनिक गरेलगत्तै जिसीलाई फोन गरेर बधाई दिएका हुन् ।
उनले जनमतको आफूले कदर गर्ने र पोखराको विकास र समृद्धीमा जिसीलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे । साथै जिसीलाई पार्टी भन्दा माथी उठेर पोखरा र पोखरेलीको हितको लागि काम गर्न सुझाव दिएका छन् ।