स्थानीय चुनावमा उत्साहजनक सहभागिता, ७१ प्रतिशत मत खस्यो
प्रकाशित मिति : २०७४, ३१ बैशाख आईतवार २०:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । निर्वाचन आयोगले आइतबार भएको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत भन्दा बढी मत खसेको जनाएको छ। मतदान सकिए पछि आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको बताएको छ।
दलहरुसँगको छलफल पछि आजबाटै वा सोमबारबाट मतगणना सु्रु हुने आयोगले जनाएको छ।
Advertisement
तीन स्थानमा मतदान स्थगित
दोलखा, काभ्रे र कोलिकोट गरी तीन स्थानमा मतदान स्थगित भएको छ ।
दोलखाको मेलुङ गाउँपालिकाको सत्येश्वरमा बुथ कब्जा गर्न खोज्ने र प्रहरीबीच झडप हुँदा सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु भएको छ । घटनापछि त्यहाँको मतदान स्थगित भएको छ ।
काभ्रेको नमोबुद्ध नगरपालिका ४ वेथिनकोट मतदान केन्द्रमा मतदान नै सुरु हुन सकेन । शनिबार गोली लागेर एक जनाको मृत्यु भएपछि त्यहाँ मतदान हुन सकेन । दिनभर वार्ता भएपनि सफल हुन सकेन ।
यस्तै कालिका गाउँपालिका बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान स्थलको पनि मतदान स्थगित भएको छ । मतपेटिका लुट्न आएको समूह र सुरक्षाकर्मीबीच झडप भएपछि मतदान स्थगित गरिएको हो ।