गण्डकी प्रदेशमा रहेका समाचारहरु

मुक्तिनाथमा प्रख्यात बन्दै घोडचढी

मुक्तिनाथ । गत चैत अन्तिम साता भारतको मुम्बईबाट मुक्तिनाथ आएका रमेश सिंह घोडा चढेरै मुक्तिनाथको प्रवेशद्वारसम्म पुग्नुभयो । काठमाडाँैबाट आएकी सङ्गीता श्रेष्ठले पनि रानीपौवाबाट मुक्तिनाथ प्रवेशद्वारसम्म पुग्न घोडाकै सहारा लिनुभयो । सिंह र श्रेष्ठमात्र होइन हिमालपारिको मुस्ताङस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन तथा भ्रमणका लागि आउने अधिकांश तीर्थयात्री र पर्यटकका लागि घोडचढी सुविधा नयाँ आकर्षण बनेको छ । “उकालोमा हिँड्न दुःख हुन्थ्यो, घोडा चढेर सजिलै पुगियो”, श्रेष्ठले भन्नुभयो...

दुई विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष

पोखरा । पोखराको रामबजार निवासी एक रञ्जित परिवारले पोखराका दुई सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि रु छ लाखको अक्षयकोष स्थापना गरी दिनुभएको छ । पोखरा रामबजारस्थित कालिका उच्च माविमा रु चार लाख र पोखरा बसपार्कस्थित सहारा आधारभूत विद्यालयमा रु दुई लाखको अक्षयकोष स्थापनाका लागि सोमबार रकम हस्तान्तरण गरियो । सो ठाउँ निवासी वैकुण्ठ रञ्जित, शिव रञ्जित, सुदर्शन रञ्जित र विजय रञ्जितले आफ्ना स्व पिता हरिगोपाल रञ्जित र आमा गणेशमाया रञ्जितको नाउँमा उक्त...

गुल्मीस्तिथ रेसुंगा विमानस्थल निर्माण अन्तिम चरणमा

तम्घास । गुल्मीमा झण्डै १० वर्ष अघिदेखि निर्माण कार्य शुरु गरिएको रेसुंगा विमानस्थल निर्माण अन्तिम चरण पुग्न थालेको छ । २०६३ देखि विमानस्थल निर्माण सुरु गरिए पनि काम ढिलो भएको थियो । पछिल्लो समय विमानस्थल निर्माणले गति लिएपछि दशैंसम्म धुले उडान गर्न सकिने रेसुंगा विमानस्थल निर्माण समितिको विश्वास छ । ‘विमानस्थल निर्माण कार्य अन्तिम चरण पुग्न थालेसँगै गुल्मेलीहरुको जहाज चढ्ने सपना पूरा हुने आशा पलाएको छ,’ रेसुंगा विमानस्थल निर्माण समितिका...

भेटी र चन्दाबाट नै आठ करोडको पूर्वाधार निर्माण

म्याग्दी । धार्मिकस्थलमा चढाइएको भेटीलाई राम्रोसँग व्यवस्थापन गर्न र पारदर्शिता अपनाउन सकियो भने त्यसबाट करोडौँ रुपैयाँको भौतिक पूर्वाधार निर्माण गर्न सकिँदोरहेछ भन्ने गतिलो उदाहरण म्याग्दीको गलेश्वरमा देखिएको छ । मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा २०६७ सालयताका छ वर्षमा भक्तजनले चढाएको भेटी, महायज्ञबाट सङ्कलन भएको दान र तीर्थयात्रीले दिएको दानबाट रु आठ करोडको लागतमा विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरिएको छ । मन्दिरमा चढेको भेटी र विभिन्न व्यक्तिले दिएको...

आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी

गोरखा । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ । नयाँ शक्तिले गोरखाको पालुङटारमा आज आयोजना गरेको बृहत् आमसभामा भट्टराईले “जतिबेलासम्म चुनाव चिह्न दिँदैनन्, त्यति बेलासम्म निर्वाचन हुन दिदैनौँ”– भन्नुभयो । संविधान निर्माण गर्न आफूले ठूलो भूमिका खेलेको स्मरण गर्दै भट्टराईले त्याग गरेर ल्याएको संविधानमा उल्लेख भएअनुसार नै प्रक्रिया पु¥याएर निर्वाचन आयोगमा दल दर्ता गरिएकाले...

मुक्तिनाथका तीर्थयात्री बोकेको बस दुर्घटना, ५ जनाको मृत्यु

मुस्ताङ । मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर दर्शन गरेर सदरमुकाम जोमसोमतर्फ आउँदै गरेको तीर्थयात्री सवार ना ५ ख ६०६७ नम्बरको बस मुस्ताङको कागवेनीमा दुर्घटनाग्रस्त हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बसमा ३५ जना सवार थिए । बस ग्राभेल सडकबाट उछिट्टिएर...

अन्तर्राष्ट्रिय चिडियाखानाका लागि सहयोग

पोखरा। युनाइटेड क्लब पोखराले अन्तर्राष्ट्रिय चिडियाखाना निर्माणका लागि बिहीबार रु १० लाख ८५ हजार ३२० हस्तान्तरण गरेको छ । पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं ३१ पचभैयामा निर्माणाधीन चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेललाई क्लबका अध्यक्ष शुकबहादुर गुरुङ र नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संयुक्तरुपमा सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो । दुई वर्षअघिदेखि निर्माण सुरु भएको सो चिडियाखानाका लागि क्लबले हालसम्म रु ३५ लाख ८५ हजार ३२० सहयोग गरिसकेको...

म्याग्दीको ताकममा ढुङ्गाखानी भेटियो

म्याग्दी । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत साविकको ताकम गाविस–८ मच्छिममा सडक विस्तारको क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ । जिल्ला समन्वय समिति म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक ठूलो खानी भेटिएपछि स्थानीय उत्साहित भएका छन् । घर, मठमन्दिर, सडक तथा विभिन्न प्रयोजनमा प्रयोग गर्ने आर्कषक ढुङ्गा फेला परेको ताकम सिवाङका गिरीप्रसाद छन्त्यालले बताउनुभयो । ती ढुङ्गा विगतमा समेत गाउँमा प्रयोग गरिने गरेको भए पनि सडक विस्तारको क्रममा ठूलो...

बस दुर्घटनामा चौध यात्रु घाइते

बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका–५ जुगेपानीमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । काठमाडौँबाट बुर्तिबाङतर्फ जाँदै गरेको ना६ख ३०६० नंको रात्रि बस आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते बुङ्गादोभानका ४८ वर्षीय जितबहादुर खड्का, बुर्तिबाङका ५० वर्षीया तिलदेवी छन्त्याल, बुङ्गादोभानकै ५५ वर्षीया जोमसरा बुढा र बुर्तिबाङ, रिठाबोटका ४३ वर्षीया लीला बिसीको धवलागिरि अञ्चल अस्पताल, बागलुङमा उपचार भइरहेको...

बेगनास तालमा पम्प स्टोरज जलविद्युत् आयोजना बन्दै

काठमाडौँ। नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो ।पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी पुनःबिजुलीकै सहयताले माथितानी पुनः विद्युत् उत्पादन गर्ने गरिन्छ । छिमकी राष्ट्र चीनमा यस प्रकारका आयोजना बढी सञ्चालनमा छन् । लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर...