‘ल्यान्डफिल साइट’ योजना कार्यान्वयनमा समस्या
प्रकाशित मिति : २०७३, ३१ चैत्र बिहीबार ११:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
म्याग्दी। बेनी बजारको फोहर व्यवस्थापन गर्ने ‘ल्यान्डफिल साइट’ निर्माण योजना कार्यान्वयनमा आउन सकेको छैन ।बजेटको व्यवस्था भए पनि स्थान पहिचान नहुँदा ल्यान्डफिल साइट बन्न नसकेको हो । बेनी नगरपालिका कार्यालयले चालु आवमा रु ५८ लाख बजेट विनियोजन गरे पनि हालसम्म ठाउँ पहिचान हुनसकेको छैन ।
Advertisement
स्थान पहिचान गर्न गरिएको पहल सफल नहुँदा योजना कार्यान्वयनमा समस्या देखिएको नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताए ।
नगरपालिकाले बेनपा–१ मा पर्ने आनन्दबगर र ९ नम्बरमा पर्ने काउलेगौडा क्षेत्रमा डम्पिङ साइट बनाउन प्रस्ताव गरेको थियो । आनन्दबगर नजिकको पाखोमा स्थानीय बासिन्दाको सहमति जुट्न नसकेको र काउलेगौडा नजिकैको क्षेत्र टाढा भएको इन्जिनियर कार्कीले बताए ।
स्थान पहिचान गर्न नसके बजेट खर्च हुन नसक्ने र योजना फिर्ता हुने खतरा देखिएको छ । वैकल्पिक ठाउँको पनि अध्ययन भइरहेको इन्जिनियर कार्कीले बताए ।
एक दशकअघि थालिएको जग्गाको पहिचान गर्ने कार्यले सार्थकता नपाउँदा बेनी बजारको फोहर बेनी गलेश्वर सडकको रातो पहिरोस्थित कालीगण्डकी नदी किनारमा फाल्ने कार्यले निरन्तरता पाइरहेको छ ।
नदीमा फोहर नफाल्न र ल्यान्डफिल साइटको खोजी गर्न अदालतले जारी गरेको निर्देशनात्मक निषेधाज्ञा आदेशको समेत सरकारी निकायबाट पालना भएको छैन ।
तीव्ररुपमा बजारीकरण भइरहेको बेनी बजारमा फोहर व्यवस्थापन प्रमुख चुनौती बने पनि सरोकारवालाको बेवास्ता, जिम्मेवारी बोधको कमी र ढिलासुस्तीका कारण फोहर व्यवस्थापन गर्ने ठाउँ पहिचान हुन नसकेको हो । अन्य ठाउँ पहिचान हुन नसके अहिले फोहर फाल्दै आएको ठाउँलाई व्यवस्थित गर्ने विकल्प नगरपालिकासँग रहेको छ ।