मनाङका २८ वडामा २८ वटै मतदानस्थल
प्रकाशित मिति : २०७३, १६ चैत्र बुधबार ०९:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बेसीसहर। हिमाली जिल्ला मनाङमा वडैपिच्छे मतदानस्थल सिफारिस भएको छ । चार गाउँपालिका भित्रका २८ वडामा २८ वटै मतदानस्थल सिफारिस गरिएको हो ।
Advertisement
भौगोलिक विकटतालाई मध्यनजर गरी २८ वटा वडामा वडापिच्छे मतदानस्थलको सिफारिस गरिएको मनाङका जिल्ला निर्वाचन अधिकारी रामप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार २०७० सालको संविधानसभाको निर्वाचनमा १८ वटा मतदानस्थल तोकिएका थिए ।
‘प्रत्येक वडामा मतदानस्थल हुनुपर्ने प्रावधानअनुरुप हरेक वडामा मतदानस्थल तोकेका छौं’, उहाँले भन्नुभयो ।
निर्वाचन कार्यालय, मनाङकाअनुसार पाँचहजार एकसय २० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा चारहजार सातसय ९४ मतदाता थिए । २०६८ सालको जनगणना अनुसार मनाङको जनसङ्ख्या ६ हजार ५३८ रहेको छ ।
जिल्ला निर्वाचन कार्यालयमा स्थानीय तहको निर्वाचनका लािग ६ दलले सूचीकृत गराएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले दलको नाम दर्ता गराएका छन् ।