विकृति अन्त्यका लागि निर्वाचन अपरिहार्य – महासचिव पोखरेल
प्रकाशित मिति : २०७३, १२ चैत्र शनिबार २२:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले देशमा बढ्दै गएको विकृतिको अन्त्यका लागि तीनै तहको निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ ।
Advertisement
नेपाल मुस्लिम इत्तेहाद सङ्गठन कास्कीको प्रथम जिल्ला अधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले कुनै एक पार्टीले बहुमत नल्याउँदा सरकार बनाउने र ढाल्ने प्रवृत्ति रहिरहेकाले राजनीतिक स्थायित्वका लागि अब कुनै एक पार्टीले बहुमत ल्याउनै पर्नेमा जोड दिनुभयो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गएको चर्चा गर्दै उहाँले जनताले पत्याएका र लोकप्रिय नेता तथा कार्यकर्ताले नै निर्वाचनमा टिकट पाउने र यसमा केन्द्रबाट कुनै दबाब नदिइने विश्वास दिलाउनुभयो ।
मधेस, पहाड र तराईलाई छुट्याउने गरी पेस गरिएको संशोधनमा एमालेले समर्थन गर्न नसक्ने बताउँदै उहाँले हिन्दी भाषालाई कामकाजको भाषा र अङ्गीकृत नागरिकता लिएकालाई राज्यका प्रमुख पदमा पु¥याउने प्रस्तावलाई एमाले साथ नदिने दृढता व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमालेका नेता तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले मुस्लिम समुदायको हक, हित र अधिकारका लागि पार्टी सधैँ पहरेदारका रुपमा रहनेछ भन्नुभयो ।
सङ्गठनका जिल्ला अध्यक्ष फातुमा खातुनको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले प्रदेश नं ४ का सचिव जगत विश्वकर्मा, सांसद साविया प्रवीन अन्सारी, सङ्गठनका महासचिव जुनेद अन्सारीलगायतका वक्ताले बोल्नुभएको थियो ।
सो अवसरमा महासचिव पोखरेलले साउदी अरेबियाको मक्का मदिनामा हज गर्न गएका मुस्लिम समुदायका प्रतिनिधिलाई सम्मान गर्नुभएको थियो ।