सहमतिमै निर्वाचन घोषणा हुन्छ – वनमन्त्री भण्डारी
प्रकाशित मिति : २०७३, ७ फाल्गुन शनिबार २१:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दमौली, ७ फागुन । वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले सहमतिमै निर्वाचन घोषणा हुने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका– १ स्थित निर्मल माविको ४८औँ वार्षिकोत्सवको आज दमौलीमा उद्घाटन गर्दै वन मन्त्री भण्डारीले सरकार दलहरुबीच सहमति गरेरै निर्वाचन घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो ।
Advertisement
‘प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग सहमति गरेर मात्रै निर्वाचन घोषणा गर्ने तयारीमा सरकार छ,” मन्त्री भण्डारीले भन्नुभयो । विसं २०७४ माघ ७ भित्रै तीनवटै तहको निर्वाचन गरिसक्नुपर्ने भन्दै उहाँले स्थानीय तहको चुनाव घोषणा गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।
नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खरसिंह दरै, प्रधानाध्यापक गणेशचन्द्र बस्नेतलगायतले शिक्षा क्षेत्रको विकास बिना मुलुकमाथि उठ्न नसक्ने बताउनुभयो ।