गण्डकी प्रदेशमा रहेका समाचारहरु
गोरखा । जिल्ला प्रहरी प्रमुखनै मापसे गरेर कार्यालयमै बेहोश अवस्थामा भेटिएका छन् ।जिल्लामा लुटपाट तथा चोरीका घटना भएको खबर आइरहेको थियो तर, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी भोला रावल प्रदेश प्रहरी कार्यालयको सम्पर्कमा थिएनन् । दुईरतीन दिनसम्म पनि रावल सम्पर्कमा नआएपछि प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरे आफैंले फोन गरे । पटकपटक फोन उठेन । उनले कन्ट्रोलबाटै फोन गर्न सूचित गराए । बल्लबल्ल उनले फोन त गरे...
पोखरा ।दीपक मनाङे आज नेकपा प्रवेश गरेका छन् ।सांसद राजीव गुरुङ गण्डकी प्रदेशका सभा सदस्य हुन् । सांसद गुरुङ मनाङ ‘ख’ बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इन्चार्ज समेत रहेका पृथ्वीसुब्बा गुरुङले टीका लगाइदिएर पार्टीमा स्वागत गरे । फौजदारी मुद्दामा उच्चअदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् । उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो...
नेपालगन्ज । एसइईको पूरक परीक्षाको समय तालिका सार्बजनिक भएको छ । साउन २६ र २७ गते हुने भएको पुरक परिक्ष हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा परिक्षमा अनुउपस्थित हुनेहरुलाई पुरक परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको हो। परीक्षाको आवेदन फारम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्नेछ। परिक्षा बोर्डका अनुसार साउन २६ गते एक विषय र २७ गते दुई विषयको परिक्षा हुनेछ। ...
काठमाडौं। आफ्नै आफन्तहरुबाट ६०० बढी मारिएका छन् ।आर्थिक वर्ष २०७२र७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ । नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२र७३ देखि २०७५र७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६८४ जनाको हत्या भएको देखाएको हो । जसअनुसार श्रीमान्ले श्रीमतीदेखि श्रीमतीले...
काठमाडौं । एसईई दिएर बसेका बिद्यार्थीहरुका लागि आज सुनैलो दिन बनेको छ।परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।कुल चार लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल भएकोमा ५० जना विद्यार्थीको पूरै विषयको परीक्षा रद्द भएको छ। यसरी हेर्न सकिन्छ रिजल्ट – मन्त्रालयको बेबसाइट- www.moe.gov.np शिक्षा...
पोखरा ।एउटा भारतीय गाडीले ३ वटा मोटरसाइकललाई ठक्कर दिदा ३ जना घाइते भएका छन् । घाइते मध्य२ जनाको अवस्था गम्भीर रहेको छ। पोखराको लेक साइडमा भारतीय एच आर ०९ एल ००० ९ नम्बरको गाडीले तीन वटा मोटरसाइकललाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ। ...
पुर्वी नवलपरासी । उपमेयर चढने गाडीमा अज्ञात समुहले आगजनी गरेको छ। कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाको गाडीमा अज्ञात समूहले आगजनी गरेकाे छ ।अज्ञात सनुहले लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । आगजनीबाट गाडीको अगाडीको भाग जलेको छ। ...
काठमाडौं । कैदीलाई उपचारका क्रममा नेल नलगाउन आयोगले निर्देशन दिएको छ।राष्ट्रिय मानव अधिकार आयोगले कैदीबन्दीलाई उपचारका क्रममा नेलरहतकडी नलगाउन निर्देशन दिएको छ। निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा उपचार गर्दा पनि नेल लगाइएको आयोगले गरेको अनुगमनका क्रममा भेटिएकोले आगामी दिनमा कैदीबन्दीको उपचारमा नेल वा हतकडी नलगाउन आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका निर्देशक मुरारिप्रसाद खरेलले विज्ञप्ति जारी गरेर चौधरीलाई उपचारको क्रममा नेल लगाइएको र हातहतियारसहितका सुरक्षाकर्मीको उपस्थिति रहेको अनुगमनमा पाइएको उल्लेख...
नेपालगन्ज ।एसईईको नतिजा असारको दोश्रो साता आउने भएको छ।राष्ट्रिय परीक्षा बोर्डका अनुुसार गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष प्रदेश २ को कारणले प्रकाशनमा केही दिन ढिलाइ हुन भएको छ ।प्रदेश २ का प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि त्यहाँ पुनः परीक्षा भएको थियो ।बोर्डका परीक्षा उपनियन्त्रकका अनुसार, देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न भएको छ । हाल नम्बर इन्ट्रीको काम धमाधम भइरहेकाले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने...
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरेको जानकारी दिएको छ। पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ। हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ। आइतबार राति १२ बजेदेखि लागू हुने मूल्य घटाइएको हो। नयाँ मूल्य सूचीअअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजल ९६ रुपैयाँ...