गण्डकी प्रदेशमा रहेका समाचारहरु
काठमाडौं । नेपाली कांग्रेसमा प्रबेश गर्नेको लहर चलेको छ। चुुनाबमा पराजित भएको नेपाली कांग्रेस अहिले आफ्न्नो रफ्तारमा चलेको छ।नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा...
काठमाडौं ।स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले खोलेको विज्ञापनमा आवेदन दिनेको संख्या १३ दिनमा ८२ हजार पाँच सय पुगेको छ। आयोगको विज्ञापन संविधानअनुसार समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि आवेदन दिनेको संख्या बढिरहेको छ। आयोगका शाखा अधिकृत नारायणप्रसाद पोखरेलका अनुसार मंगलबार मध्यान्ह सम्म ८२ हजार पाँच सयले अनलाइनबाट आवेदन दिएका छन्। ‘अनलाइनबाट आवेदन दिनेको संख्या बढ्दो छ,’ पोखरेलले भने।आवेदन दिने म्याद अझै...
पोखरा । एक स्कुटर चालकले बाटो काट्दै गरेकी महिलालाई जोगाउन खोज्दा चालककै ज्यान गएको छ। महिलालाई बचाउन खोज्दा उनको स्कुटर पल्टेको थियो। पल्टेको स्कुटरमाथी एक भ्यानले किच्दा स्कुटर चालक २० वर्षीय कृष्ण प्रसाद चौलागाईंको ज्यान गएको हो। मृतक चौलागाईं काभ्रे घर भई हाल पोखरामा मजदूरी गर्दै आएका थिए।पृथ्वीचोकबाट अम्मरसिंह चोकतर्फ जाँदै गरेको बा १४ च ५८१२ नम्बरको तरकारी बोक्ने भ्यानले सोही दिशातर्फ जाँदै गरेको ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर...
स्याङजा । नेपालका एक जना मन्त्रीको गाडी खोला तर्दै गर्दा पल्टिँएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेस्थित दरौँ खोलामा पल्टेको छ । अर्जुनचौपारी–३ कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्किने क्रममा मन्त्री सवार बा २झ ४०२९ नम्बरको गाडी पल्टेको हो । गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरेका थिए । गाडी क्रेन लगाएर झिकिएको थियो । दैनिक तीनवटा मिनिबस, १० जिप र मालवाहक सवारीसाधनहरू...
काठमाडौं: संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँगको छलफल लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्त नअपनाइएको भन्दै चौतर्फी विरोध भएपछि स्थानीय तहका लागि कर्मचारी माग गर्दै आह्वान भएको विज्ञापन तत्कालका लागि स्थगित गर्ने विषयमा छलफल शुरु भएको थियो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा...
पुर्ब नवलपरासी । हावाहुरीले एक बालिकाको मृत्यु भएको छ।आइतबार साँझ आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीले जानकारी दिएको छ । हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएका छन् । हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र...
नेपालगन्ज । जेठ २३ गते सार्बजनिक बिदा हुने भएको छ।सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद् बैठकको पछिल्लो निर्णयबारे जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो । मुस्लिम आयोगको सिफारिसमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २३...
काठमाडौं। आइतबार देशभरीका अदालतहरु बन्द हुने भएका छन।पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको पार्थिव शरीरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका उनको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्युष्टि गरिएको हो । पूर्व प्रधानन्यायाधिश खत्री पछिल्लो समय अल्जाईमर्स रोगबाट पीडित थिए । नेपालको छैठौं प्रधानन्यायाधीश बन्न सफल भएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए...
गोरखा । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने...
पोखरा । नेपाल प्रेस युनियनले पोखरामा आज बिरोध प्रदर्शन गरेको छ।सञ्चार माध्यममाथि अंकुश लगाउने गरी प्रस्तावित मिडिया काउन्सिल विधेयकविरूद्ध नेपाल प्रेस युनियन कास्कीले बिहीबार विरोध प्रदर्शन गरेको छ। वर्तमान सरकारले यो वा त्यो बहानामा मिडियालाई नियन्त्रण गर्ने नियत राखेर ल्याउने तयारी गरेको आम सञ्चार माध्यम लगायतका विधेयकको खारेजीको माग गर्दै युनियन प्रदर्शन गरेको हो। पोखराको महेन्द्रपुलदेखि सुरू भएको विरोध प्रदर्शन चिप्लेढुंगा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभामा प्रेस युनियन नेपालका...