गण्डकी प्रदेशमा रहेका समाचारहरु

यतीले पोखराबाट भैरहवा, भरतपुर, नेपालगन्ज र माउन्टेन फ्लाइट गर्ने

काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुर र नेपालगन्ज उडान गर्ने घोषणा गरेको छ। यतीले ३० सिट क्षमतायुक्त ‘जेटस्ट्रिम-४१’ जहाजमार्फत पोखराबाट ती तीन सहरमा उडान गर्न लागेको हो । त्यसबाहेक पोखराबाटै दैनिक ‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट पनि सुरु गर्ने जनाएको छ। यतीले साउन १६ बाट भैरहवाका लागि पोखराबाट दैनिक उडान सुरु गर्ने छ। आगामी भदौ १५ बाट भरतपुर, भदौ २९ देखि माउन्टेन फ्लाइट र नेपालगन्जका लागि ‘चार्टर्ड फ्लाइट’...

गुल्मीमा पहिरोमा परी मृत्यु भएका १३ जनाकै शव आफन्तले बुझे

गुल्मी ।गत मंगलवार राति गुल्मीको सत्यवति गाउँपालिकामा पहिरोमा परी मृत्यु भएका १३ जनाकै शव आफन्तले बुझेका छन् । बेपत्ता सबैको शव भेटिएपछि पोष्टमार्टम गरेर शुक्रबार आफन्तलाई बुझाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । गत मंगलवार राति अविरल वर्षासँगै आएको पहिरोमा परी सत्यवति गाउँपालिका वडानम्बर ३ र ४ को लिम्घा र ठूलो लुम्पेकमा डेढ वर्षीय बालक सञ्जु बिकसहित तारा बिक, माया बिक, बबी बिक, निर्मला बिक, पम्फा बिक, अञ्जली बिक,...

बाढीले हाइड्रो पावर बगायो, दुईजनाको मृत्यु

लमजुङ।अविरल बर्षाका कारण लमजुङको दर्दी खोलामा आएको बाढीले लिवर्टी हाइड्रो पावरमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रविन्द्र गुरुङका अनुसार हाइड्रो पावरमा कार्यरत २ जनाको बाढीले बगाएर मृत्यु भएको छ । उनीहरुको पहिचान हुन सकेको छैन । ‘अहिलेसम्म दुई जनाको शव भेटिएको छ । अरु केके भयो भन्ने विस्तृत जानकारी प्राप्त भइसकेको छैन,’ डीएसपी गुरुङले  भने, ‘मसहित प्रमुख जिल्ला अधिकारी र प्रहरीको टोली घट्नास्थल जाँदैछ । घटनास्थल पुग्न...

उपनिर्बाचनका लागि देशभरका स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग

काठमाडौं । देशभरका स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ। निर्वाचन आयोगले  २०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो कार्यकाल पूरा नहुँदै कुनै कारणले पद रिक्त भएको छ भने विवरण पठाइदिन आयोगले माग गरेको हो। आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएर स्थानीय तहबाट रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ। आयोगले जिल्ला समन्वय समितिको प्रमुखरउपप्रमुख, नगरपालिका प्रमुखरउपप्रमुख, वडाध्यक्ष, गाउँपालिकाको प्रमुखरउपप्रमुख र वडाध्यक्ष रिक्त भएको भए तीन दिनभित्र विवरण...

पहिरोले घर पुरिदा ४ जनाको मृत्यु,५ जना बेपत्ता

गुल्मी ।गुल्मीमा पहिरोले घर पुरिदा ४ जनाको मृत्यु भएको छ। पाँच जना वेपक्ता भएका छन्। जिल्लाको सत्यवती गाउँपालिको वडा ४ लिम्घामा गएराति पहिरो आउँदा तिन  घर पुरिँएको हो। पहिरोले चन्द्र बिक, धनबहादुर विक र चन्द्र बिकको घर पुरेको छ। अहिलेसम्म चार जनको शब निकालिएको छ। १ महिला, २ बालबालिका र एक अर्को व्यक्ति चिनिन नसक्ने अवस्थामा छन्। मृतकको नाम खुलेको छैन्। थप विवरण आउँन बाकी । ...

नेपालमा फेरि केही दिन भारी वर्षा हुने

काठमाडौं । नेपालमा फेरि मनसुन आउने भएको छ ।मौसमविद मञ्जु बासीका अनुसार, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ। यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ ।मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसको प्रभाव आइतबार त्यति धेरै नपरे पनि सोमबारबाट भने बढी देखिने छ ।‘भोलि केही स्थानमा र पर्सि देशैभर...

देशैभरीका जनप्रतिनिधीलाई सम्पत्ति विवरण बुझाउन ६० दिनको समय अवधी तोकियो

नेपालगन्ज ।देशैभरी सबै जनप्रतिनिधिहरुले सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। उनीहरुलाई  ६० दिनको समय अवधी दिइएको छ। हरेक आर्थिक वर्ष सकिएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रले आग्रह गरेको हो। सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण बुझाएरनबुझाएको अभिलेखको जानकारी सम्पत्ति विवरण राखेको निकायले छिटो साधनद्वारा केन्द्रमा उपलब्ध गराउन पनि केन्द्रले गोरखापत्रमा सूचना निकालेर आग्रह गरेको छ। जिल्ला...

विप्लवका चार कार्यकर्ता अदालतले रिहा गरे लगत्तै पक्राउ

तनहुँ ।विप्लव समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका कार्यकर्ता सन्तोष विक छन् । राजद्रोहको मुद्दामा गत...

अबदेखि सञ्चार माध्यममा कुनै पनि बिदेशी लगानी स्वीकार हुँदैन: मन्त्री बास्कोटा

काठमाडौं । अबदेखि सञ्चार माध्यममा कुनै पनि बिदेशी लगानी लगाउन नपाइने भएको छ।  ‘संचार माध्याममा विदेशी लगानी स्वीकार हुँदैन ।कुनै पनि हालतमा हुदैन’ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए। आज काठमाडौंमा सञ्चार उद्यमीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरूमा लगानी गर्न नदिने चेतावनी पनि दिए। उनले सञ्चार माध्यमहरूलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही...

बाढि आउने स्थानका बासिन्दाहरुका लागी “जनहितमा जारी” सन्देश

बाढि आउन सक्ने स्थानका बासिन्दाका लागी अति जरुरी सन्देश….. सबैभन्दा पहिला सुरक्षा फौजलाई खबर गर्नुहोस। सुरक्षाकर्मीहरु तपाइको मदतको लागी खटिएका छन् । १. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ । २. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ । ३. एउटा टर्च राखिराख्नोस । काम लाग्छ । ४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस । ५. बिरामी र उनिहरुको औषधि , वृद्ध...