कैदीलाई उपचारका क्रममा नेल नलगाउन आयोगको निर्देशन
प्रकाशित मिति : २०७६, ९ असार सोमबार १४:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । कैदीलाई उपचारका क्रममा नेल नलगाउन आयोगले निर्देशन दिएको छ।राष्ट्रिय मानव अधिकार आयोगले कैदीबन्दीलाई उपचारका क्रममा नेलरहतकडी नलगाउन निर्देशन दिएको छ।
Advertisement
निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा उपचार गर्दा पनि नेल लगाइएको आयोगले गरेको अनुगमनका क्रममा भेटिएकोले आगामी दिनमा कैदीबन्दीको उपचारमा नेल वा हतकडी नलगाउन आयोगले सरकारलाई निर्देशन दिएको हो।
आयोगका निर्देशक मुरारिप्रसाद खरेलले विज्ञप्ति जारी गरेर चौधरीलाई उपचारको क्रममा नेल लगाइएको र हातहतियारसहितका सुरक्षाकर्मीको उपस्थिति रहेको अनुगमनमा पाइएको उल्लेख गरेका छन्।
नेपालको कारागार ऐन २०१९ को दफा ११ ९२० मा उल्लेखित स्वास्थ्य उपचारको क्रममा नेल, हतकडी लगाउन नपाउने व्यवस्था विपरीत चौधरीलाई नेल लगाइएको आयोगको ठहर छ।
आयोगले आगामी दिनमा कैदीवन्दीको उपचारका क्रममा शारीरिक र मानसिक अवस्थामा असर नपुग्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। साथै नेलसहित कैदीबन्दीलाई उपचार कक्षमा राख्न निर्देशन दिने कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन आयोगले आग्रह गरेको छ।