गण्डकी प्रदेशमा रहेका समाचारहरु
वालिङ, १९ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । स्याङ्जाको भौतिक विकास निर्माणका विषयमा सदरमुकाम आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “संविधान निर्माणका क्रममा जसरी दलहरु एकै ठाउँमा उभिएका थिए त्यसैगरी यसको कार्यान्वयनका लागि पनि सबै दल एकै ठाउँमा उभिनुपर्दछ ।” मन्त्री लेखकले देशलाई असफल राष्ट्र हुनबाट बचाउनका लागि पनि दलहरुले छिटोभन्दा छिटो निर्वाचनको मिति तय गरी तीनवटै तहको निर्वाचन...
फलेवास (पर्वत), १९ पुस । पर्वत जिल्ला अस्पतालमा पहिलोपटक बिरामीलाई रगत दिन थालिएको छ । सोमबार पहिलोपटक बागलुङ जिल्ला पैयुँपाटा– ८ की मधु केसीलाई रगत चढाएर सफल परीक्षण गरिएको हो । जिल्ला अस्पतालमा सुत्केरी भएकी खत्रीलाई अत्यधिक रक्तस्राव भइ सात मिलिग्राम डेसिलिटर पुगेपछि चिकित्सक सरोजचन्द्र दहालले रगत चढाएर सफल परीक्षण गर्नुभएको हो । सामान्यतया महिलाको शरीरमा १२ देखि १६ मिलिग्राम डेसिलिटर रगत हुनुपर्छ । अहिले खत्रीलाई एक पिन्ट रगत चढाएपछि अवस्था सामान्य...
गोरखा, १९ पुस । बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मुआब्जा रकम पाउने भएका छन् । जग्गाधनीबाट मुआब्जाका लागि निवेदन दिने समय आजसम्म रहेको र अहिलेसम्म करिब ३०० जनाले मुआब्जाका लागि निवेदन दिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । तीन गाविसमा गरी एक हजार हाराहारीमा मुआब्जा पाउन योग्य प्रभावित छन् । “केही दिनमा मुआब्जा वितरण सुरु हुन्छ”...
पोखरा, १८ पुस । लेखनाथ नगरपालिका–१६ भरतपोखरीस्थित तिक्लाङमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषअन्तर्गतको रु १० लाखको सहयोगबाट लगभग रु ३० लाखबराबरको खानेपानी आयोजना सम्पन्न भएको छ । व्यवस्थापिका–संसद् विकास समितिका सभापति एवम् कास्की निर्वाचन क्षेत्र– न. ३ का सांसद रवीन्द्र अधिकारीमार्पm निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको आर्थिक वर्ष २०७२÷७३ को रु १० लाख सहयोग भए पनि स्थानीय जागरुकताका कारण जनश्रमदान समेतका आधारमा आयोजना सफल बनेको हो । तिक्लाङस्थित मोहन खोलामा २०÷२०...
गोरखा, १८ पुस । गोरखाको स्वाँरा गाविस–९ स्थित थलाको जङ्गलभित्र ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ । बाख्रा चराउन आइतबार दिउँसो जङ्गल पुगेका स्वाँराका विष्णु तामाङले बोराभित्र विस्फोटक पदार्थ देखेपछि प्रहरी चौकी सौरपानीमा खबर गरेपछि प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो । प्रहरी चौकी सौरपानीका प्रहरी सहायक निरीक्षक रुकमानसिं खत्रीले भन्नुभयो – “ओडारको खोँचमा ढुङ्गाले च्यापेर राखेको अवस्थामा दुई बोरा तारसहित डेटोनेटर (बम बनाउन प्रयोग...
पोखरा, १७ पुस । सिँचाइमन्त्री दीपक गिरीले प्राकृतिक सम्पदाको संरक्षण राज्यको दायित्व भएको बताउनुभएको छ । रुपातालको पर्यापर्यटन तथा जैविक विविधताको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालन भएको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणका लागि सबैको एकता र सहकार्य आवश्यक हुने बताउनुभयो । पर्यावरणीय संरक्षणका लागि तालतलैयाको संरक्षण अपरिहार्य भएको उहाँको भनाइ थियो । तालको संरक्षणले वातावरण संरक्षणका साथै पर्यटकीय आकर्षण बढ्ने र आर्थिक आय आर्जनका सम्भावना...
फलेवास (पर्वत), १७ पुस । व्यवस्थित सहरबजार जस्तै यहाँको एक गाउँमा पनि घर घरमै धारा विस्तार गरिने भएको छ । उत्तरी पर्वतको माझफाँट गाविसका ८०० घरधुरीमा ‘एक घर एक धारा’ विस्तार गरिने भएको हो । गाविसमा सञ्ंचालित पुङ्दीखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ३ देखि ७ नंसम्मका वडा गरी पाँच वटा वडाका सबै घरधुरीमा खानेपानीका धारा निर्माण भइरहेको छ । अहिलेसम्म उक्त आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको खानेपानी तथा सरसफाइ...
१६ पुस, बाग्लुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । उनले संविधान निर्माणका क्रममा कांग्रेस र एमालेले अघि सारेको नौबुँदे प्रस्तावतर्फ इंग्लित गर्दै त्यसबेला गाँजाखाएर हस्ताक्षर गरेको हो ? भनेर प्रश्न गरे । मेलमिलाप दिवसको अवसरमा शनिबार आयोजित जनसभामा देउवाले ५ नम्बर प्रदेशबाट पहाडलाई अलग गराउन कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र केपी ओलीले हस्ताक्षर गरेको बताए । त्यही सहमति अनुसार...
पोखरा, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलबीचको राष्ट्रिय एकताबाट नै संविधान कार्यान्वयन हुन सक्ने दृढता व्यक्त गर्नुभएको छ । सामूहिक तमु ल्होछार कार्यक्रम मूल समारोह समिति पोखराद्वारा आज यहाँ आयोजित सामूहिक तमु ल्होछार कार्यक्रममा विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्र्दै उहाँले एकताबिना संविधान कार्यान्वयन असम्भव भएकाले एकताका लागि त्याग गर्न सबैसँग आग्रह गर्नुभयो । “त्याग गर्दा केही पाउन र केही गुमाउन पनि सकिन्छ”, उहाँले भन्नुभयो – “संविधान कार्यान्वयनपछि देश...
गोरखा, १६ पुस । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले जुनसुकै बेला स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सङ्केत गर्दै निर्वाचनका लागि तयारी अवस्थामा रहन गोरखाका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । शनिबार गोरखामा कार्यालय प्रमुखसँग गरिएको अन्तक्र्रियामा गृहमन्त्री निधिले भने, ‘स्थानीय तह वा निकाय जेमा राजनीतिक दलहरुबीच सहमति हुन्छ त्यसैको निर्वाचन गर्नेगरी सरकारले मिति घोषणा गर्छ । आउँदो चैत मसान्तदेखि वैशाख दोस्रो साताभित्रमा स्थानीय तह वा निकायको निर्वाचन गरिसक्छौँ ।’ संविधानको...