निर्वाचन क्षेत्र पूर्वाधार कोषबाट खानेपानी सुविधा
प्रकाशित मिति : २०७३, १८ पुष सोमबार १२:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, १८ पुस । लेखनाथ नगरपालिका–१६ भरतपोखरीस्थित तिक्लाङमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषअन्तर्गतको रु १० लाखको सहयोगबाट लगभग रु ३० लाखबराबरको खानेपानी आयोजना सम्पन्न भएको छ ।
Advertisement
व्यवस्थापिका–संसद् विकास समितिका सभापति एवम् कास्की निर्वाचन क्षेत्र– न. ३ का सांसद रवीन्द्र अधिकारीमार्पm निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको आर्थिक वर्ष २०७२÷७३ को रु १० लाख सहयोग भए पनि स्थानीय जागरुकताका कारण जनश्रमदान समेतका आधारमा आयोजना सफल बनेको हो ।
तिक्लाङस्थित मोहन खोलामा २०÷२० हजार लिटर क्षमताका दुईवटा पानी ट्याङ्की निर्माण गरी लगभग २०० मिटरको दुरीबाट ल्याइएको सो खानेपानी योजनाबाट १२० घरपरिवारलाई सुविधा पुगेको छ ।
‘एक घर एक धारा’ अभियानका रुपमा सात महिनाअघि निर्माण सुरु गरिएको सो खानेपानी योजना स्थानीय वासिन्दाको अथक प्रयासबाट सम्पन्न गरिएको खानेपानी उपभोक्ता समितिका संयोजक गोपबहादुर बाँनियाले जानकारी दिनुभयो ।
विकास समितिका सभापति रवीन्द्र अधिकारीले आज यहाँ आयोजित एक कार्यक्रमकाबीच निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको उद्घाटन गर्दै निर्वाचन क्षेत्र पूर्वाधार र सांसद विकास कोष रकमले विकास निर्माणप्रति जनतामा उत्साह थपेको बताउनुभयो ।
कार्यक्रममा आयोजना सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्नुहुने समितिका अध्यक्ष मेघनाथ ढकाललगायत ११ जनालाई खाँदा र सम्मानपत्रले सम्मान गरिएको थियो ।
नेकपा (एमाले) कास्कीका सचिवालय सदस्यद्वय युवराज पौडेल र शिवप्रसाद आचार्य, क्षेत्रीय अध्यक्ष धनबहादुर नेपालीलगायतले खानेपानीको मुहान संरक्षण, संवद्र्धन गर्दै उपयोग गर्नसके आयोजनाले निरन्तरता पाउने बताउनुभयो ।